Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको बटमलाइन : सूचना टाँस्ने वा राजीनामा
एमालेको बटमलाइन : सूचना टाँस्ने वा राजीनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २९, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि सुरु भएको संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक लगातार अवरुद्ध पार्दै आएको छ । सरकारले संसद अधिवेशन हतारमा स्थगित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको र त्यसमा सभामुख अग्निप्रसाद सापकोटाले ‘मतियार’को भूमिका खेलेको भन्दै एमालेले संसदमा विरोध जारी राखेको हो । जारी अधिवेशनको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई सहभागी गराए सदन अवरुद्ध पार्ने चेतावनी दिएका थिए । २३ र २५ भदौको प्रतिनिधिसभा बैठक सभामुख सापकोटाले बलपूर्वक सञ्चालन गर्ने तयारी गरे । उनले अझ एमाले सांसदहरुलाई संविधानको धारा १२५ र प्रतिनिधिसभा सञ्चालन नियमावलीको २१ ‘ख’ र ‘ग’ आकर्षित गराउँदै चेतावनीको भाषा बोले । उनी एमाले सांसदहरुसँगै जंगिएका थिए । त्यसपछि २५ भदौको बैठकमा पनि उनी सोही शैलीमा उपस्थित भए । पहिलो दिनको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा प्रस्तुत गरे भने दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रतिष्थापनसम्बन्धी विधेयक पेस गरे । उक्त दिन संसदमा केही रोचक दृश्य पनि देखिएका थिए । त्यसपछि २७ भदौमा बसेको बैठकपछि भने बल्ल सभामुख सापकोटाले एमालेसँग संवाद थालेका थिए । उक्त दिनको बैठक एमालेले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गर्दै एमाले प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरीलगायतसँग सम्वाद गरे, यद्यपि सहमति हुन सकेन । एमालेले संसदमा विरोध जारी राख्ने निर्णय गरेपछि सभामुख सापकोटाले संवादको प्रयास थालेका छन् । उनले सोमबार सर्वदलीय बैठकसमेत बोलाएका थिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । बैठक अघि एमालेका प्रमुख सचेतक भट्टराईले सभामुखलाई फोन गरी क–कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए । प्रमुख सचेतक भट्टराईले भने नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका थिए । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’ उनले सभामुखलाई भने । यसअघि आफू प्रधानमन्त्री रहेको बेला बोलाएको संवैधानिक परिषद्को बैठक बहिष्कार गरेको भन्दै ओली सभामुख सापकोटाले बोलाएकै कुनै कार्यक्रममा हालसम्म सहभागी भएका छैनन् । सापकोटाले सभामुखको रुपमा भन्दा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा माओवादी कार्यकर्ताको रुपमा भूमिका खेलेको उनको आरोप छ । त्यसैले पनि ओलीले सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएको स्रोतको दाबी छ । संसद खुलाउने एमालेको विकल्प एमालेले संसद खुलाउनका लागि दुईवटा विकल्प अघि सारेको छ । एमालेले कि त आफूहरुले १ भदौमा संसद सचिवालयमा दर्ता गराएको पत्रअनुसार १४ सांसदलाई कारबाही गरिएको सभामुखले सूचना टाँस गर्नुपर्ने वा सभामुख पदबाट राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ । संसद सुचारु गराउन उक्त दुई वटाबाहेकको अरु विकल्प नभएको एमालेले प्रष्ट पारेको छ । ‘एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा सभामुखले मार्गप्रशस्त गर्नुपर्छ,’ सचेतक भट्टराईले भने । १ भदौमा एमालेले पार्टीको निर्देशन पालना नगरेको भन्दै १४ जनालाई कारबाही गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो । संसद अधिवेशन स्थगित भएको अवस्थामा उक्त सूचना सभामुखले टाँस्नुपर्ने एमालेको माग थियो । तर, सभामुखले उक्त सूचना टाँस गरेनन् । तर, कारबाही गरिएकाहरुले एमाले विभाजन गर्दै निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गराएका छन् । ९ भदौमा उक्त दलले दर्ता प्रमाणपत्र समेत पाइसकेपछि सभामुख सापकोटाले १३ भदौमा ‘आयोगले फरक दलको मान्यता दिइसकेले केही गरिरहनु नपर्ने’ व्यहोराको निर्णय गराएका थिए । त्यसपछि एमालेले सभामुखले आफ्नो दल फुटाउन सभामुखले ‘मतियार’ बनेको आरोप लगाइरहेको छ । सभामुख सापकोटाले भने १४ सांसदबारे कानुनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेलाई मनाउन सुझाव एमाले बाहेकका दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी दललाई मनाउन अझै पहल गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुखको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकमा सहभागी अन्य दलले एमालेलाई मनाउन सुझाव दिएका हुन् । एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिँदैन भन्ने सुझाव नेताहरूको थियो,’ पौडलेले बैठकबारे जानकारी गराउँदै पत्रकारहरुसँग भनिन्, ‘फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP