Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सांसदहरूलाई ओलीको निर्देशन : काँधमा चढ्न नखोज्नुहोस्
सांसदहरूलाई ओलीको निर्देशन : काँधमा चढ्न नखोज्नुहोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २८, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको चालु नवौँ अधिवेशन सुरुकै दिनदेखि अवरोध गरिरहेको छ । आफूले कारबाही गरेका तत्कालीन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले विरोध सुरु गरेको हो । नेपालसहितका नेताले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरिसकेको छन् । २३ भदौदेखि सुरु भएको संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा विरोध प्रदर्शन गरिरहेको छ । यद्यपि एमालेको विरोधका बीच प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश, ०७८ र चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक प्रस्तुत भइसकेका छन् । २३ भदौमा राजनीतिक दलसम्बन्धी अध्यादेश र २५ भदौमा बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले चालु आवको बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई विधेयक प्रस्तुत गर्न समय दिएपछि प्रतिपक्षी सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए । यद्यपि निकै छरितो ढंगले कुदेर रोस्ट्रममा पुगेको अर्थमन्त्री शर्माले नाराबाजीका बीच विधेयक प्रस्तुत गरे । उनले विधेयक प्रस्तुत गरिरहँदा एमाले सांसदहरूले रोस्ट्रममा उभिने निकै प्रयत्न गरे । उनीहरू मर्यादापालकमाथि जाइलाग्नुका साथै एकअर्काको काँधमा चढेर रोस्ट्रममा उक्लिने प्रयास गरेका थिए । केही सांसदले घम्साघम्सीका क्रममा मर्यादापालकहरूलाई टोकेको समाचारसमेत सार्वजनिक भएका छन् । त्यति मात्र होइन सांसद रेखाकुमारीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडको माइक तानेर रोस्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास पनि गरे । गृहमन्त्रीको टेबुलको माइक तानेर रोस्ट्रमतर्फ फ्याक्न खोज्ने सांसद रेखा कुमारीले बैठकपछि पत्रकारहरूसँगको कुराकानीको क्रममा सभामुखलाई र अर्थमन्त्रीलाई हान्न माइक तानेको बताइन् । उनले सभामुखको गैरसंवैधानिक कामका कारण टाउको फुटाउने अवस्था रहेको भन्दै गैरसंवैधानिक गतिविधि गर्न नहुने, संसदको मर्यादा हुन्छ कायम गर्न सक्नु पर्ने बताइन् । उनले माइकले हान्ने योजना नै रहेको बताएकी थिइन् । त्यसपछि एमालेको आलोचना भएको थियो । माइकले हान्ने योजना थिएन एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सभामुखलाई माइकले हान्ने पार्टीको कुनै पनि योजना नरहेको स्पष्टीकरण दिएका छन् । आइतबार पार्टीको संसदीय दलको बैठकमा संसदीय मर्यादाविपरीतका गतिविधि बन्द गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिँदै सो कुरा बताएका हुन् । ओलीले भने, ‘मैले कतिपय साथीहरूले बोलेको भन्ने रिपोर्ट पनि सुनेँ हाम्रो चाहिँ सभामुखलाई माइक हान्ने षड्यन्त्र थियो, योजना थियो भनेर । त्यस्तो थिएन । त्यस्तो नभएको कुरा हामीले मिडियामा बोल्न हुँदैन । मिडियामा हुँदै नभएको कुरा बोल्नु वाञ्छनीय हुँदैन । हाम्रो त्यस्तो योजना छँदै थिएन । त्यसकारण हाम्रा माननीयजीहरूले बोल्दा, व्यवहार गर्दा जिम्मेवारीपूर्वक बोल्ने, व्यवहार गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष ओलीले सांसदहरूलाई संसदमा विरोध गर्दा बेलभन्दा बाहिर नजान र अर्मादित क्रियाकलाप नगर्न पनि निर्देशन दिएका छन् । ‘एक जनाको व्यवहारले अथवा काँध चढेर माथि जाने, खेल्ने कुराहरू नगरौँ । किनभने, त्यो एउटा देखाउने कुरा मात्रै हुन्छ । के हामीले साँच्चै मर्यादापालकहरूको घेरा तोड्न खोजेको भए बेग्लै ढंगले प्रस्तुत हुन्थ्यौँ होला नि । मर्यादापालकहरूको घेरा हामीले तोड्न खोजको होइन,’ उनले भने, ‘मर्यादापालकहरूले घेरा लगाउँछन्, लगाऊन् । हामी आफ्नो ठाउँमा नारा लगाउँछौँ । तर, नारा लगाउनका लागि बेलमा स्पेस दिने गरी मर्यादापालकहरू रहनुपर्ने हुन्छ । हामी त्यो कुरा सत्तापक्ष र सभामुखलाई सचेत गराउन चाहन्छौँ । हामी संसदलाई अस्तब्यस्त बनाउने गरी विरोध प्रदर्शन गर्ने पक्षमा छैनौँ ।’ उनले संसदीय मर्यादा र सीमाको ख्याल गर्न पनि पार्टीका सांसदहरूलाई सचेत गराए । उनले भने, ‘म माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरू छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौँ । हामी वेलमा जान्छौँ । नारा लगाउँछौँ । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुन सक्छ । तर हामीले नारा लगाउने र बेलमा जानेभन्दा बाहिर जानु हुँदैन ।’
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०३:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP