Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आचार्यलाई बहुमत पुर्‍याउन ३० दिनको समय
आचार्यलाई बहुमत पुर्‍याउन ३० दिनको समय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २८, २०७८
bhim-acharya-1230
Hardik health
मोरङ –प्रदेश सभा सदस्यमध्ये १० जनाले एकीकृत समाजवादी पार्टीलाई चयन गरेपछि मुख्यमन्त्री भीम आचार्यलाई बहुमत पुर्‍याउन धौ धौ देखिएको छ । प्रदेश १ सरकारको नेतृत्व जोगाइराख्न एमालेलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ तर ५१ जना एमाले प्रदेश सभा सदस्यमध्ये १० जनाले एकीकृत समाजवादी पार्टीलाई चयन गरेपछि मुख्यमन्त्री आचार्यलाई बहुमत पुर्‍याउन धौ धौ पर्ने देखिएको छ । प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार निर्वाचन आयोगले १० जना प्रदेश सभा सदस्यको नाम २५ भदौ शुक्रबार सनाखत गरेको पत्र विराटनगरस्थित प्रदेश सभामा पठाएको छ । आयोगबाट शुक्रबार दल र प्रदेश सभा सदस्य सनाखतको पत्र जानकारीमा आइसकेको उनले बताए । प्रदेश सभा सचिव पराजुलीले वर्तमान सरकारलाई विश्वासको मत लिन शुक्रबारबाट ३० दिनसम्मको समय दिइएको छ । सचिव पराजुलीका अनुसार आयोगले १० जनाको नाम समाजवादीमा सनाखत गरेसँगै अब एमालेमा ४१ जना प्रदेश सभा सदस्य रहनेछन् । वर्तमान सरकारले बहुमत पुर्‍याउनका लागि ३० दिनभित्र ४७ जना सदस्य आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । तर, सो संख्या पुर्‍याउने सम्भावना न्यून रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए । विपक्षी गठबन्धनको प्रमुख दलको हैसियतमा अबको सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने उनको भनाइ छ । एमालेका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले राजनीतिमा सम्भावनाको स्थान भएको हुँदा सरकारमा बहुमत पुर्‍याउन कांग्रेससँग पनि सहकार्य हुन सक्ने बताए । उनले बहुमत पुर्‍याउन दलबीच परामर्श भइरहेको जानकारी दिँदै सम्भावनाको ढोका खुला रहेको हुँदा सहमतिका लागि प्रयत्न जारी रहेको बताए । सहमतिका लागि नेतृत्व बाँड्न सकिन्छ भन्ने सन्दर्भमा उनले सो विषय द्विपक्षीय आपसी समझदारीमा निहित रहने बताए । यद्यपि, एमाले विश्वासको मतका लागि अघि बढ्ने र नतिजा जे भए पनि स्विकार्ने मनस्थितिमा छ । प्रदेश सरकारको नेतृत्वबारे गठबन्धन दलबीच कुनै छलफल भइनसकेको नेपाल समाजवादी पार्टीको संसदीय दलको नेता जयराम यादव बताए । उनले गठबन्धन दलका नेता विराटनगरबाहिर भएको हुँदा यस विषयमा गहन छलफल हुन नसकेको बताए । गठबन्धन दलमध्येबाट सर्वसम्मत चयन भएर एक दलले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेससँगै अन्य दलमा सहमति जुटे आपत्ति नहुने बताए । प्रदेश १ मा माओवादी केन्द्र भने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने रणनीतिमा छ । गठबन्धनलाई मजबुत बनाउनेतर्फ केन्द्रित हुँदै प्रदेश १ मा आफ्नै नेतृत्व बनाउनेतर्फ नेताहरू रणनीति बनाउँदै अघि बढेका छन् । केन्द्रीय गठबन्धनमा समेत नेताले सुदूरपश्चिममा समाजवादी, वाग्मतीमा कांग्रेस र प्रदेश १ मा माओवादी नेतृत्व बनाउन सकिनेबारे सुझाव दिँदै आएका छन् । अर्कोतर्फ, मुख्यमन्त्री आचार्यले ३० दिनभित्र बहुमत जोड्न नसके सरकारबाट निस्कनुपर्ने हुन्छ । ४१ जना प्रदेश सभासदस्य रहेको एमालेका लागि थप ६ जना सांसद संख्या पु¥याउनु चुनौतीपूर्ण देखिएको छ । एमालेको ४१, एकीकृत समाजवादीको १० सँगै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको २१, माओवादी केन्द्र १५, जनता समाजवादी ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समान १ जना प्रदेश सभा सदस्य छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP