Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संयमित होला एमाले ?
संयमित होला एमाले ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २७, २०७८
Yoesh-Bhattarai
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अवरोधको प्रयास गरिरहेको छ । विशेषगरी आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ जनालाई सूचना टाँस नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेद्पूर्ण व्यहार गरेको भन्दै एमालेले २३ र २५ भदौमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अवरोध गर्ने प्रयास ग¥यो । तर, एमाले सांसदहरूको नाराबाजी र विरोधकाबीच सरकारले दुवै सदनमा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गरिसकेको छ भने प्रतिनिधिसभाको बैठकमा बजेटसम्बन्धी विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरिसकेको छ । एमालेले सदनमा नाराबाजी गरेसँगै केहीले ‘एमालेलाई सुहाउने प्रतिपक्ष कै भूमिका’ भएको टिप्पणी गरेका छन् । त्यसअघि सत्ताबाट बाहिरिएलगत्तै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले संसदलाई गरेको सम्बोधनपछि एमालेलाई सशक्त प्रतिपक्षी भएको भनिएको थियो । त्यसअघि नेकपा सरकार हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका प्रभावकारी नभएको टिप्पणी हुने गरेको थियो । केहीले त ‘मुलुकमा प्रतिपक्षी दल नै नभएको’ समेत भन्न भ्याएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि एमालेले लामो समय प्रतिपक्षी कै भूमिकामा खुम्चनु प¥यो । लामो समय प्रतिपक्षी दलको अभ्यास गरेको एमालेले विभिन्न कालखण्डमा गरेको सदन अवरुद्धको विषयमा चर्चा हुने गरेको छ । ०५४ सालमा विमान खरिदमा घोटला भएको भनिएको सन्दर्भ (लाउडा प्रकरण)मा एमालेले सडक र संसद दुवै तताएको थियो । उक्त घटनामा एमालेले ५९ दिनसम्म लगातार संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारविरुद्ध खनिएको एमालेको शैली बारुलाको जस्तो थियो । त्यसअघि ०५० सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिँदा पनि एमालेले सडक र सदनमा प्रभावकारी उपस्थिति देखाएको थियो । अहिले एमालेको विरोध स्वयं सभामुख सापकोटाविरुद्ध नै छ । एमालेले सभामुखको भूमिकामाथि निरन्तर प्रश्न उठाइरहेको छ । एमालेले पार्टी विभाजनको विषयमा सभामुख र निर्वाचन आयोगविरुद्ध समेत सर्वोच्च अदालतमा रिट दायर गरेको छ । उक्त मुद्दा विचाराधीन रहेको बेला सदनमा संघर्षलाई जारी राखेको छ । दुई दिनको बैठकमा एमालेको गतिविधिले विगतको झल्को दिन्थ्यो । शुक्रबार सदनमा एमाले सांसदलहरूले उत्तेजित हुँदै अमर्यादित शब्द मात्र प्रयोग गरेनन्, रोस्ट्रममा उक्लिन मर्यादापालकहरूसँग बैठक अवधिभर घम्साघम्सी गरिरहे । केही मर्यादापालकलाई एमाले सांसदहरूले टोकेको, चिथोरेको सार्वजनिक भएका छन् भने केही सांसद्ले सभामुख र मन्त्रीलाई हिर्काउन गृहमन्त्रीको अगाडिको माइक खोस्न खोजेको कुरासम्म बाहिर आएका छन् । एउटा परिपक्व राजनीतिक दलको गतिविधिले संसदको मर्यादा कायम हुन नसकेको भन्दै एमालेको आलोचना गर्ने पंक्ति पनि ठूलो भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको प्रस्तुति आक्रामक थियो । हुन त सभामुख सापकोटाले बलपूर्वक संसद सञ्चालन गरेकै हुन्, तर एमाले सांसदहरूको आक्रामक हर्कतको विरोध भएको छ । त्यसैले एमालेले आफ्ना सांसदहरूलाई संयमित हुन निर्देशन दिएको छ । शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रतिनिधिसभामा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन सांसदलाई निर्देशन दिएको हो । बैठकले सांसदहरूको भूमिकामाथि समीक्षा गर्दै एमालेको मर्यादित र शिष्ट राजनीतिक संस्कार तथा नीतिभित्र रहेर सांसदले भूमिका खेल्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भट्टराईले सांसदको भूमिकाका बारेमा थप छलफल र निर्देशन दिनका लागि आइतबार १२ बजे संसदीय दलको बैठक बोलाइएकोसमेत जानकारी दिए । भट्टराईले सभामुखको भूमिका एमाले विभाजनमा निर्णायक रहेको र सत्तापक्षको सहयोगीका रूपमा देखिएकाले आफूहरू विरोधमा उत्रिएकोसमेत बताएका छन् । एमालेले बजेट प्रतिस्थापन विधेयकले एमालेको सरकारले ल्याएका लोकप्रिय कार्यक्रम हटाएको र सडकहरूका निर्माणका लागि विनियोजित बजेट कटाएको भन्दै विरोध जनाएको छ । एमालेले संसदमा मर्यादित रूपमा प्रस्तुत हुन निर्देशन दिए पनि संसदमा विरोध जारी राख्ने संकेत गरेको छ । यद्यपि आइतबारको संसदीय दलको बैठकले यसबारे थप निर्णय गर्नेछ । सभामुखले बलपूर्वक सदन सञ्चालन गरेमा उनीविरुद्ध महाअभियोग लगाउनेसम्मको एमालेले चेतावनी दिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेलाई महाअभियोगको बाटोमा जबर्जस्ती लगिरहेको बताएका छन् । यद्यपि अहिलेकै परिस्थितिमा सभामुखविरुद्धको महाअभियोग पारित हुने संभावना भने देखिँदैन । स¥यो विधान महाधिवेशन नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटी बैठकले ४ देखि ६ असोजसम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । अब विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । विधान महाधिवेशनका लागि प्रतिवेदन तयार पार्ने, विधान मस्यौदा टुंगोलगाउनेलगायत विषयमा छलफल गर्न ३ असोजमा स्थायी कमिटी बैठक बोलाइएको छ । त्यस्तै ८ असोजमा केन्द्रीय कमिटी बैठक बस्ने भट्टराईले जानकारी दिए । एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरूको टुंगो लगाएको छ । महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी गराउने सैद्धान्तिक टुंगो लागेको छ । राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन–कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको हो । भट्टराईका अनुसार महाधिवेशनमा केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्च, प्रदेश र सो सरहका कमिटी, विशेष कमिटीका पदाधिकारी र सदस्य सहभागी हुनेछन् । त्यस्तै, जिल्ला कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सहभागी हुनेछन् ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP