Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीबारे नबोल्न निर्देशन
एमसिसीबारे नबोल्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २३, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का बारेमा नबोल्न निर्देशन दिएका छन् । संघीय संसदको अधिवेशन सुरु हुने एक दिनअघि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीबारे अनावश्यक भ्रम सिर्जना भएको भन्दै यसबारे बुझेकाले मात्र बोल्ने र नबुझ्नले केही पनि नबोल्न निर्देशन दिएका हुन् । उनले एमसिसी परियोजनाबारे नबुझेकाले नबोल्न सांसदहरूलाई निर्देशन दिएका छन् । एमसिसीबारे चाहिनेभन्दा नचाहिने कुराहरू बाहिर आएकाले बुझेकाले मात्र यस बारेमा बोल्न र नबुझेकाले नबोल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक सांसदले बताए । बैठकमा सभापति देउवाले एमसिसी एकैपटक आएको नभई यसमा सबै दल र सरकारले विभिन्न प्रक्रिया अघि बढाएकाले पारित गर्नुपर्ने धारणा राखेको ती सांंसदले बताएका छन् । एमसिसी नेपालमा एकाएक नआएको भन्दै प्रक्रिया पूरा गरेर आएको र यसमा धेरै दलहरूको सहभागी रहेको पनि प्रधानमन्त्री देउवाले बताएको ती सांसदले बताएका छन् । उनका अनुसार प्रतिस्पर्धाका आधारमा एमसिसी नेपालमा आएकाले अब संसदले अनुमोदन गरेर हिजोको निरन्तर प्रक्रियालाई अघि बढाउने मात्रै भएको भन्दै प्रधानमन्त्री देउवाले जुनसुकै सहयोगमा पनि सर्तहरू हुने बताए । बैठकमा सभापति देउवाले सांसदहरू बैठकमा उपस्थित हुुन र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको बताइको छ । उनले छिट्टै सरकारले पूर्णाता पाउने र संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले सांसदहरूलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको बताइएको छ । संसद अधिवेशन आह्वान भएसँगै फेरि एमसिसीको बारेमा मतभेद सुरु भएको छ । सरकारमै सहभागी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी परिमार्जनसहित एमसिसी संसदले अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन् । यता, बुधबारको संसद बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पेस हुने प्रधानमन्त्री देउवाले बताएका छन् । मंगलबार बसेको बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले दल विभाजन सम्बन्धी अध्यादेश पेश हुने बताएका हुन् । २० प्रतिशत संसदीय दलका सदस्य वा केन्द्रीय सदस्य पार्टी विभाजन गर्ने व्यवस्थालाई सरकराले संसदमै पेस गर्ने भएको हो । सरकारले यो अध्यादेशलाई विशेष राजीतिक परिस्थितिको उपज भन्दै आएको थियो । यस अघिको सरकारले ल्याएको अध्यादेशको खरो विरोध गर्ने दल नेपाली कांग्रेस अहिले सरकारमा छ । उसैको विरोधका कारण तत्कालीन सरकारले सो अध्यादेश फिर्ता लिएको भएको भए पनि अहिले भने कांग्रेसले सो अध्यादेशलाई संसदमा नै लग्ने निर्णय गरेपछि अब सरकारमाथि अविश्वासको चिराहरू उत्पन्न हुन थालेका छन् । संसदबाट अध्यादेश स्वीकृत भयो र सरकारले प्रतिस्थापन विधेयकमार्फत कानुन बनाएमा दल विभाजन सहज हुने र कुनै पनि दल सिंगो नरहने भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । एमसिसी संशोधन आवश्यक यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी सम्झौता पारित हुनुपर्ने हो भने संशोधन आवश्यक रहेको बताएका छन् । मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाइसिएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसी सम्झौता पारित गर्नै पर्ने हो भने संशोधन हुनुपर्ने बताएका हुन् । अध्यक्ष दाहालले सम्बोधन गर्दा एमसिसीबारे केही बोल्न चाहेका थिएनन् तर, बैठकमा सहभागीहरूले एमसिसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि दाहालले फेरि सम्बोधन गरेर उनले यस्तो बताएका हुन् । ‘एमसिसी पास हुँदैन किनभने हामीले यसबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन,’ अध्यक्ष दाहालले बताएको एक नेताले बताएका छन् । उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने भन्दै एमसिसीबारे अमेरिकाले स्पष्ट नपारेसम्म पारित नहुने बताए । सम्झौता संशोधनका लागि कूटनीतिक पहल भइरहेको भन्दै संशोधन नभई पारित नहुने उनले बताएका छन् । त्यसो त एमसिसी सम्झौतालाई लिएर अहिले राजनीतिक बजारमा निक्कै चर्को मतभेद उत्पन्न भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०२:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP