Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पौडेल समूह भन्छ, साझा उम्मेदवार छान्छौँ
पौडेल समूह भन्छ, साझा उम्मेदवार छान्छौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
Hardik health
काठमाडौं– गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुनु एक दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति पदको साझा उम्मेदवार बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूको समूहबाट सभापति पदमा एक जना मात्र उम्मेदवार हुने प्रतिवद्धता जनाएका हुन् । उनीहरूले देशभरका आफू पक्षका कार्यकर्तालाई आश्वास्त पार्न प्रयत्न गरेका छन् । आगामी ९ देखि १३ मंसिरसम्म हुने पार्टीको १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने उक्त समूहका नेताहरूले बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा संस्थापनइतर समूहले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरू एकैसाथ एउटै मञ्चमा उपस्थित भएको जिकिर गरे । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो । ‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार सहमतिमा नै दिन्छौँ, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्दछु,’ पौडेलले भने । पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै पार्टीका महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित थिए । पौडेल समूहमा उनीबाहेक अन्य तीनजना पनि सभापति पदका आकांक्षी देखिएका छन् । यद्यपि बिहीबारको पत्रकार सम्मेलनमा पौडेलबाहेक अन्यले बोलेनन् । को होला पौडेल समूहको उम्मेदवार ? पौडेल पक्षले वडा अधिवेशन सुरु हुनपूर्व नै साझा उम्मेदवार घोषणा गर्ने प्रयत्न गरेको थियो । गत मंगलबार र बुधबार पौडेल पक्षका शीर्ष नेताहरूबीच उम्मेदवार तय गर्न छलफल भएको थियो । तर, छलफलमा सहमति जुट्न सकेन । उम्मेदवारको टुंगो नलागेपछि पौडेल पक्षले वडा अधिवेशनपूर्व पत्रकार सम्मेलन गरेर आफूहरू एकतावद्ध रहेको सन्देश दिने रणनीति तय गरेका थिए । पौडेल समूहबाट १४औँ महाधिवेशनमा सभापति पदमा चार जना आकांक्षी छन् । पौडेलसँगै महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । नेताहरूबीच महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउनेमा समझदारी भए पनि सबैजना पछाडि नहट्ने पक्षमा रहेको बताइन्छ । पौडेल यसअघि १३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मध्येका एक सबैभन्दा सिनियर नेताका रूपमा उनले यसपटक पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनले हालसम्म पार्टी र सरकारको समेत नेतृत्वको अवसर नपाएको भन्दै अब आफूले पालो पाउनुपर्ने बताउने गरेका छन् । यद्यपि उनी पार्टीभित्रको अन्तरद्वन्द्वका कारण गएको संघीय संसदको निर्वाचनमा समेत पराजित भएका थिए । उनी गृहजिल्ला तनहुँमा नै कमजोर रहेकाले अब उनलाई नेतृत्व दिन नहुने मत समूहभित्रै बलियो छ । ०४६ सालको आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका पुत्र प्रकाशमानले पनि सभापतिमा कुनै पनि हालतमा उठ्ने तयारी गरेका छन् । पार्टीमा आफ्नो योगदान अन्यको भन्दा कमजोर नभएको भन्दै उनले बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनले केही समयअघि विमलेन्द्र निधि र शशांक कोइरालासँग मात्रै बसेर संस्थापक नेताहरूको पुत्रको रूपमा पार्टीको विरासत आफूहरूले पाउनेपर्ने सन्देश पनि दिएका थिए । यद्यपि उनी यो महाधिवेशनमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने रणनीतिमा छन् । त्यस्तै, कोइराला परिवारको विरासत थाम्ने तयारीका साथ महामन्त्री डा.शशांक र डा. शेखरले पनि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । केही समयपहिले डा. शशांकले देउवालाई पार्टीमा हराउन सक्ने आफू मात्र रहेको उद्घोष नै गरेका थिए । तर, उनका आलोचकहरू डा. शशांकसँग पार्टी सञ्चालन गर्ने क्षमता नभएको आरोप लगाउने गर्दछन् । पुर्खाको विरासतका आधारमा मात्र पार्टीको नेतृत्वमा दाबी गर्ने कुरा सही नहुने भन्दै बरु शशांकभन्दा डा.शेखर बलियो उम्मेदवार रहेको तर्क पनि गर्दछन् । डा. शेखर विशेष गरेर युवा पंक्तिमा लोकप्रिय छन् । अरु नेताभन्दा बलि बढी उदार र सत्य कुरा बोल्ने नेताका रूपमा उनको छबी स्थापित छ । त्यसबाहेक उनी कांग्रेसको संगठन निर्माणका लागि लगभग मुलुकका सबै भाग पुगेको बताइन्छ । त्यसैले पार्टीमा कोइराला परिवारको विरासत थाम्ने र नेतृत्व क्षमताका हिसावले अरुभन्दा बलियो रहेकाले डा. शेखर देउवाको विकल्प हुने सक्ने चर्चा पनि राजनीतिक वृत्तमा चल्ने गरेको छ । पटक–पटकको बसाइँमा साझा उम्मेदवार छान्न नसकेको सो पक्षले अब पनि त्यति सजिलै साझा उम्मेदवार तय गर्ने कुरामा शंका गर्न सकिन्छ । तर, फेरि विभाजित भएर जाँदा महाधिवेशनबाट सबै पाखा लाग्ने कुरामा भने यो समूह सचेत देखिन्छ । त्यसैले बिहीबार उनीहरूले सबै उपस्थित भएर पत्रकार सम्मेलनमार्फत आफूहरू एकढिक्का रहेको सन्देश देशव्यापी कार्यकर्तालाई दिन खोजेका हुन् । केसी र थापा नै पौडेल समूहमा ! अघिल्लो महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बनेका गगन थापा दुवै जना बिहीबार पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । उक्त महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा डा.शशांक विजयी बनेका थिए । बिहीबार १३औँ महाधिवेशनमा तीनवटा समूहबाट महामन्त्री पदका प्रतिष्पर्धीहरू एउटै समूहमा उभिएको रोचक दृश्य देखियो । नेता थापाले १४औँ महाधिवेशनमा पनि महामन्त्री पदमा निर्वाचन लड्ने घोषणा गरिसकेको छन् । गत सोमबार आफ्नो निर्वाचन क्षेत्र कपनमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि सिटौला समूहमा रहेका उनले गुट परिवर्तन भएको प्रष्ट भएको छ । यद्यपि यो पटक सिटौला आफै पनि सभापति पदको उम्मेदवार नबन्ने संभावना रहेको चर्चा छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP