Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शाक्य र आचार्य अल्पमतमा !
शाक्य र आचार्य अल्पमतमा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १६, २०७८
astalaxmi-shakya-and-bhim-acharya
Hardik health
काठमाडौं– नेकपा एमालेको विभाजन अघि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका अष्टलक्ष्मी शाक्य वाग्मती र भीम आचार्य प्रदेश १ का मुख्यमन्त्री छन् । नेता नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा उनलाई साथ नदिई एमालेमै बसेबापत शाक्य र आचार्यले मुख्यमन्त्री पद उपहार पाएका हुन् । यसअघि उनीहरू एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए । एमाले सचिवसमेत रहेका आचार्य शेरधन राईसँग पराजित भएका थिए भने उपाध्यक्ष शाक्य डोरमणि पौडेलसँग पराजित भएपछि मुख्यमन्त्री बन्नबाट रोकिएकी थिइन् । उनीहरू तुलनात्मक रूपमा आफूभन्दा जुनियर नेतासँग संसदीय दलको नेतामा पराजित भएका थिए, जबकि संसदीय दलमा उनीहरूको समर्थक बढी भएको भन्ने गरिएको थियो । विभाजनतर्फ नलागेकाले पाएको मुख्यमन्त्री पद अब जाने लगभग निश्चितजस्तै भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातामै उनीहरूले बहुमत गुमाएर अल्पमतमा परेका छन् । यसअघि आफूनिकट प्रदेशसभा सदस्यहरूलाई रोक्न नसक्दा शाक्य र आचार्यको मुख्यमन्त्री पद चाँडै गुम्ने अवस्था सिर्जना भएको हो । उनीहरूले नेता माधव नेपालको साथ छाड्दा थुप्रै आलोचना पनि सहनु परेको थियो । यद्यपि आफूहरू विभाजनको पक्षमा नलाग्ने बताएका उनीहरूलाई अन्यले साथ दिएनन् । नेपालनिकट प्रदेशसभा सदस्यहरूले एकीकृत समाजवादी नरोजेको भए उनीहरूले करिब डेढवर्ष मुख्यमन्त्री बन्ने पाउने थिएनन् । तर, अब उनीहरूको त्यो सपना पूरा नहुने दिशातर्फ अघि बढेको छ । निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी विभाजनपछि उक्त पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधि दिएको छ । आगामी २२ भदौसम्म दल रोज्न आयोगले जनप्रतिनिधिलाई समय उपलब्ध गराएको हो । उक्त समयभित्र जिल्ला निर्वाचन कार्यालयमा गएर दल रोज्न दिइएको छ । सोहीअनुसार मंगलबार वाग्मती प्रदेशका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मंगलबार सामाजिक विकासमन्त्री कृष्ण खनालसहित १२ जना सांसदले नेकपा (एमाले) छाडेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । उनी नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएकै दिन २ भदौमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । उनले त्यही दिन नेपाल पक्षका सांसद खनाललाई मन्त्री नियुक्त गरेकी थिइन् । खनालसँगै उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेकी थिइन् । नेपाल पक्षका सांसदलाई रोक्ने प्रयासमा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरिएको छैन । तर, मंगलबार मन्त्री खनालले निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर एकीकृत समाजवादीमा गएको सनाखत गरेका छन् । ११० सदस्यीय वागमती प्रदेशमा अहिले १०९ सदस्य छन् । एमालेबाट निर्वाचित दोलखाका सांसद पशुपति चौलागाईंको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको थियो । प्रदेशमा एमालेका ५५ सांसद थिए । १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै एमालेमा ४३ सांसद रहेका छन् । सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । वाग्मतीमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण खनालले एमाले छाडेर एकीकृत समाजवादीको पक्षमा सनखत गरेका छन् । नेपाल पक्षले केही सांसद अझै आउने दाबी गरेको छ । निर्वाचन कार्यालयमा सनखत गरेसँगै प्रदेशसभा सदस्य पाण्डेले अहिलेको सरकार अल्पमतमा परेको र आफू मुख्यमन्त्री बन्ने घोषणा गरेका छन् । आचार्य पनि अल्पमतमा त्यस्तै प्रदेश १ मा पनि नेपालनिकट रहेका भीम आचार्य मुख्यमन्त्री बनेका थिए । उनी पनि अल्पमतमा पर्ने लभगभ निश्चित देखिएको छ । एमालेका १० प्रदेशसभा सदस्यले एमाले छाड्ने तयारी गरेकाले उनी पनि अल्पमतमा पर्ने देखिएका हुन् । एमालेका राजेन्द्र राईसहितका १० जनाले बुधबार धनकुटा पुगेर निर्वाचन कार्यालयमा एकीकृत समाजवादी राजेर सनखत गर्नेछन् । सोही तयारीसहित उनीहरू मंगलबार नै धनकुटा पुगिसकेका छन् । आचार्य गत बिहीबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले छाडेका एक सांसदका अनुसार आचार्यले नयाँ पार्टीमा जानबाट ८ सांसदलाई रोकेका छन् । माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश १ मा उनको पक्षमा १८ सांसद थिए । प्रदेश १ मा कुल ९२ प्रदेशसभा सदस्य छन् । जसमा एमाले ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ जना छन् । सरकार टिकाउनका लागि आचार्यलाई ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । तर, १० जनाले छाड्दा एमाले ४१ सिटमा खुम्चिने छ । स्रोतका अनुसार प्रदेश १ मा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनीता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् । यदि अहिलेको सत्तारुढ गठबन्धन कायम रहेको र माधव नेपालले नेतृत्व पाउने अवस्थामा राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्नसक्ने देखिएको छ । शाक्य र आचार्यको विकल्प मंगलबार वाग्मती प्रदेशमा शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ । प्रदेश १ का आचार्यले पनि संभवत बुधबार बहुमत गुमाउने छन् । आयोगले २२ भदौसम्म दल रोज्ने समय दिएकाले २३ भदौदेखि नै प्रदेश सरकार परिवर्तनको कसरत सुरु हुने देखिन्छ । त्यसबेला दुवै प्रदेशका मुख्यमन्त्रीलाई पार्टी परिवर्तन गरेर मुख्यमन्त्री पद जोगाउने कि विश्वासको मत लिन प्रयत्न गर्ने भन्ने विकल्प हुनेछन् । यदि दुवै जनाले एकीकृत समाजवादी रोजेर गठबन्धन सरकारको नेतृत्व गर्ने प्रयास गरेमा मुख्यमन्त्री पद जोगिने अवस्था आउन सक्छ । नत्र अहिलेकै सरकारको निरन्तरताका लागि प्रदेशसभामा अन्य दलको समर्थन लिएर विश्वासको मत आर्जन गर्नु हुनेछ । तर, अहिले केन्द्रीय राजनीतिले पनि उनीहरूले अन्य दलको समर्थन पाउने अवस्था देखाउँदैन । त्यसैले कि त दल परिवर्तन वा प्रदेशसभाबाट बहिर्गमन कै बाटो हुनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP