Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पौडेल पक्ष महाधिवेशनमा केन्द्रित
पौडेल पक्ष महाधिवेशनमा केन्द्रित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
Hardik health
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ९ देखि १३ मंसिरमा १४औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । यद्यपि महाधिवेशन १८ भदौदेखि नै सुरु हुनेछ । उक्त दिन गाउँ तथा नगरपालिकाको वडा अधिवेशन गर्ने कार्यतालिका छ । वडा अधिवेशन गर्नुपर्ने दिन नजिकिँदै जाँदा कांग्रेस महाधिवेशन फेरि सर्ने हो कि भन्ने आशंका उब्जिएको थियो । मुलतः क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा पटक–पटक सारिएको महाधिवेशन यसपटक पनि हुनेमा धेरैले शंका गरिरहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरू नै पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेपछि महाधिवेशन नहुने हो कि भन्ने आशंका सर्वत्र थियो । तर, शुक्रबार साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीचको भेटमा महाधिवेशन तोकिएकै मितिमा गर्ने विषयमा सहमति भएपछि महाधिवेशन हुनेमा आसा बढेको छ । जिल्ला सभापति तथा अन्य जिल्लाका नेता कार्यकर्ताले विभिन्न माग राखी सानेपा दिइरहेको धर्नाको सम्बन्धमा समेत दुई शीर्ष नेताबीच छलफल भएको थियो । उक्त छलफलमा अनसनरत नेताहरूको माग सम्बोधन गर्ने सहमति बनेको थियो । शुक्रबारको सहमतिलगत्तै शनिबार संस्थापनइतर पक्षका शीर्ष नेताहरूको बैठक बसेको थियो । उक्त बैठकले महाधिवेशन हुने परिस्थिति बनेको निष्कर्ष निकाल्दै महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेपछि कांग्रेस महाधिवेशन हुने कांग्रेस कार्यकर्तामा आसा सञ्चार भएको छ । सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले शनिबार आफूनिकट नेता र जिल्ला सभापतिहरूसँग कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका छ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरूले राखेको माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै ८ भदौदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन सुरु गरेका थिए । पौडेल पक्षको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने गरी केन्द्रित भएर लाग्ने निर्णय गरेको नेता सिंहले जानकारी दिए । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको उनले बताए । पौडेल पक्षले पछिल्लोपटक तोकिएको निर्वाचन कार्यतालिका अनुसार महाधिवेशनको कार्यक्रम नगरिए पार्टीको वैधानिकता नै संकटमा पर्ने निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गरेको छ । ५३ जिल्लाको सूची सार्वजनिक कांग्रेसले हालसम्म ४३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । संस्थापनइतर पक्षको तीव्र दबाबका बीच १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार ती जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । वडा अधिवेशनका लागि शनिबार पाँच जिल्लाको विवरण सार्वजनिक गरिएको छ । शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो । गएको बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप १० जिल्लाको नामावली सार्वजनिक गरेको थियो । निर्वाचन समिति संयोजक महादेव यादवले सदस्यता सूची सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृतलाई खटाइएका छन् । निर्वाचन समितिले शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा सार्वजनिक गरेको थियो । निर्वाचन समितिले बिहीबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापाको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । यस्तै दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची सार्वजनिक गरेको थियो । त्यस्तै, नवलपरासी, रूपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्लाका साथै बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता सूची पनि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लाको पनि चाँडै सदस्यता विवरण सार्वजनिक गर्ने संस्थापन पक्षले प्रतिवद्धता जनाएको छ । वरिष्ठ नेता पौडेलसँग शुक्रबार भएको छलफलमा सभापति देउवाले अन्य जिल्लाको सूची चाँडै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए । पौडेल पक्षले बाँकी जिल्लाको सूची सार्वजनिक गर्न दुई दिनको अल्टिमेटम दिएको छ । शनिबारको बैठकबाट पौडेले पक्षले सो अल्टिमेटम दिएको हो । तोडियो अनशन कांग्रेसको मुख्यालय सानेपामा पौडेलनिटक जिल्ला सभापतिहरू गत बुधबारदेखि बसेको रिले अनशन तोडिएको छ । प्रत्येक दिन तीन जिल्लाका सभापतिहरू रिले अनसनमा बसिरहेका थिए । कांग्रेसकोे १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही १८ भदौ, गाउँ/नगरपालिका अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP