Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
  • #कोशी_राजमार्ग_अवरुद्ध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालको दोस्रो पुस्तासँग दुखेसोः बलपूर्वक घचेटेर छाडे
नेपालको दोस्रो पुस्तासँग दुखेसोः बलपूर्वक घचेटेर छाडे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
1587471088
Hardik health
काठमाडौं– नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूसँग ठूलो गुनासो गरेका छन् । उनले दोस्रो पुस्ताका नेताहरूले नयाँ दल दर्ताका लागि आफूलाई बारम्बार घचेटेर अन्तिममा साथ छाडेको टिप्पणी गरेका हुन् । उनले भने, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’ पेसागत महासंघ नेपाल, वाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा अध्यक्ष नेपालले ‘आजै पार्टी फुटाऔँ, भोलि नै पार्टी फुटाऔँ’ भन्ने नेताहरूको पोजिसन परिवर्तन भएको देख्दा अचम्म लागेको बताए । २३ फागुन ०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरू विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरूले ‘आजै पार्टी घोषणा गरौँ, भोलि नै पार्टी घोषणा गरौँ’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए । उनले भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरू नै हो ।’ ‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरू भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरू जानुभएको थियो । माओवादीहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेन्द्र यादवलाई त्यो विश्वास दिलाउनु भएको थियो ।’ आफूहरूको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा तयार भएको उनले खुलासा गरे । त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरू चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्कौँ भने संख्या पुग्दैन । प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔँ, बहिष्कार गरौँ भनेँ,’ नेता नेपालले भने । त्यही योजनाअनुसार तत्कालीन प्रधानमन्त्री ओलीले गत २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरू संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए । फेरि प्रधानमन्त्री बनेका ओलीले सर्वोच्च अदालतको फैसलाविपरीत संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनु परेको उनले बताए । उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौँ । कसैको खुट्टा कामे काम्छ, म अगाडि बढेँ भनेर हिम्मत गरेँ ।’ नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरूतर्फ संकेत गर्दै उनले भने, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’ उनले ती नेताहरूलाई नयाँ पार्टीमा आउन आह्वान पनि गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको घोषणासमेत गरे । आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहो¥याए । अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन, यो । विचारको लडाइँ हो, यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।’
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन  तयारी पूरा
एमाले विधान महाधिवेशन  तयारी पूरा बिहीबार, भदौ १९, २०८२
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’ बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP