Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन फेरि बढ्यो अन्योल
कांग्रेस महाधिवेशन फेरि बढ्यो अन्योल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ११, २०७८
Hardik health
काठमाडौं– क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुन नसक्दा सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन पटकपटक सर्दै आयो । पछिल्लोपटक बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १८ भदौबाट महाधिवेशन प्रक्रिया सुरु गरेर आगामी मंसिर १३ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ । तर, महाधिवेशन सुरु हुन एक हप्ता मात्र बाँकी रहँदा पनि कांग्रेस महाधिवेशन हुनेमा भने आशंका बढेको छ । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरू नै केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा बसेपछि कांग्रेस महाधिवेशन हुनेमा आशंका थपिएको हो । जिल्ला सभापतिहरूले बुधबारदेखि रिले अनसन सुरु गरेका हुन् । कांग्रेसमा लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यताका सम्बन्धमा ७ भदौमा शीर्षतहमा सैद्धान्तिक सहमति भयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रूपमा बुझे । त्यसपछि कांग्रेस महाधिवेशन अपेक्षा गरिएको थियो । क्रियाशील सदस्यताबारे सहमतिले कांग्रेसमा ‘ब्रेक थ्रु’ गर्ने र महाधिवेशन निश्चित गर्ने धेरैको विश्वास थियो । तर, सहमतिको २४ घन्टा नबित्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्दोलन सुरु भयो । आन्दोलनरत संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले ३ बुँदे माग राखेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने, सार्वजनिक हुने सूचीमा भेटिने त्रुटि सुधारका लागि वैधानिक प्रबन्ध गर्नुपर्ने र जिल्ला सभापतिको उम्मेदवारका लागि सबैलाई समान मापदण्ड हुनुपर्ने उनीहरूको माग छ । मंगलबार पनि उनीहरूले पार्टी कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले सभापति देउवालाई तत्काल माग पूरा गर्न अल्टिमेटम दिँदा क्रियाशील सदस्यहरूको सूची सार्वजनिक नभएपछि उनीहरूले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, धादिङका रमेश धमला र काभ्रे जिल्ला सभापति मधु आचार्य अनशनमा बसेका थिए । दोस्रो दिन बिहीबार तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पाका अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनशनमा बसेका छन् । प्रत्येक दिन नयाँ तीन जिल्लाका सभापति अनसनमा बस्ने कार्यतालिका बनाइको छ । वरिष्ठ नेता पौडेलले बुधबार नै पार्टी कार्यालय पुगेर अनसनप्रति ऐक्यबद्धता जनाइसकेका छन् । धाँधली हुने आशंका संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले भने अनसन महाधिवेशनको पक्षमा नै भएको दाबी गर्छन् । निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्न आन्दोलन गरिएको उनीहरूको दाबी छ । क्रियाशील सदस्यता सार्वजनि नहुँदा महाधिवेशन निष्पक्ष नहुने उनीहरूको तर्क छ । ‘क्रियाशील सदस्यता क–कसलाई दिइयो ? हामीले जान्नै नपाउने हो र ? एकैपटक मतदाता नामावली ल्याउने तयारी छ तर क्रियाशीलमा त्रुटि भए सच्याउने व्यवस्था छैन । यसले धाँधली बढाउँछ,’ संस्थापनइतर एक नेताले भने । उनीहरूले एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाका सभापतिलाई महासमितिमा सहभागी हुन रोक लगाउने व्यवस्था भएकोले सच्याउन माग गरेका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नुवाकोटका सभापति जगदिशनरसिंह केसीले आफूहरू महाधिवेशनको विरोधी नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘हामीले महाधिवेशन भाँड्न खोजेको होइन । हामीले सभापतिहरूले पटक–पटक मिटिङ गर्ने काम गर्‍यौँ । नेताहरूलाई विशेष महाधिवेशन गरौँ भन्यौँ, अर्ली महाधिवेशन गर्ने हो भने पनि गरौँ भन्यौँ, पछि टाइम्ली महाधिवेशन गरौँ भन्यौँ । हामीले विगत तीन वर्षदेखि यो कुरा भन्दै आयौँ, सुझाव दिँदै आयौँ । तर, नेतृत्वले हाम्रो कुरा सुनुवाइ गरेन ।’ उनले पार्टीले तत्काल क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने बताए । ‘१४औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक हुनुपर्छ, आजसम्म मतदाता को हो भन्ने कुरा थाहा छैन । मेरो नाम छ कि छैन ? मलाई थाहा छैन । क्रियाशील सदस्यता सार्वजनिकीकरण गरिदिनुहोस् भन्यौँ । जिल्लाबाट विधिसम्मत रूपमा क्रियाशील टुंगो लगाएर पठाएको विषयमा पनि केन्द्रबाट प्रविधिको दुरूपयोग गरेर नाम हालिएको छ भन्ने कुरा आएको छ, यदि हो भने त्यो सच्याउनुपर्छ,’ उनले भने । उनले सिटौला, डा. रिजाल र लेखकको समितिले बुझाएको प्रतिवेदनमा सैद्धान्तिक र नीतिगत रूपमा मात्रै सहमति गरेकोले व्यवहारिक रूपमा समाधान हुनुपर्ने धारणा राखे । महाधिवेशन रोक्न नयाँ बखेडा : संस्थापन पक्ष पौडेल पक्षले थालेको आन्दोलनलाई संस्थापन पक्षले भने ‘अनावश्यक’ देखेको छ । कतिपय नेताले महाधिवेशन हुन नदिन ‘बखेडा’ झिकिएको आरोपसमेत लगाएका छन् । संस्थापन पक्षले जिल्ला सभापतिको मागलाई बेवासता गर्ने रणनीति लिएको छ । संस्थापननिकट नेताहरूले महाधिवेशन सुनिश्चित भइसकेपछि नयाँ विवाद झिकेर महाधिवेशनलाई प्रभावित पार्न खोजेको भन्दै आलोचना गरेका छन् । ‘पहिला क्रियाशीलमा विवाद गरियो अहिले त्यो सुल्झिएपछि नयाँ विवाद झिक्न खोजियो । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भनेकै छ । अरु माग पनि पार्टीको विधानविपरीत छन् । यो त सरासर महाधिवेशन रोक्ने खेल हो,’ सभापति देउवानिकट एक नेताले भने । महाधिवेशनमा जित सुनिश्चित नदेखेपछि महाधिवेशन सार्न खोजिएको संस्थापन पक्षको आरोप छ । संस्थापन पक्षले कतिपयले जिल्ला सभापतिहरू पद छाड्ने तयार नभएकाले आन्दोलनको नाटक गरिएको भन्ने बुझाइमा छन् । ‘चुनावसम्म अधिवेशन नहोस्, स्थानीय निर्वाचनको टिकट बाँड्न पाइयोस् भन्ने अधिकांश जिल्ला सभापतिको मनशाय छ । त्यसैले आन्दोलन गरिएको हो,’ संस्थापन पक्षका एक नेताको दाबी छ । संस्थापन पक्षले तत्कालै क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न नमान्नुको कारण ‘दालमे कुछ काला’ रहेको उनीहरूको आरोप छ । गाउँ÷नगर अधिवेशनको सम्मुखमा मात्र सूची सार्वजनिक गरेर संस्थापनइतरलाई चलखेल गर्न नदिने देउवाको रणनीति रहेको विश्लेषण गरिएको छ । सभापति देउवाल भने निर्वाचन समितिलाई बुझाएपछि मात्र क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गर्ने तयारीमा छन् । दुई पक्षको विवादले फेरि पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ । यसपटक पनि महाधिवेशन कार्यतालिका प्रभावित भए कांग्रेसको वैधानिकता माथिसमेत प्रश्न उठ्ने छ । नेपालको संविधानअनुसार आगामी १९ भदौदेखि कांग्रेसले वैधानिकता गुमाउने छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP