Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभामुख र आयोगविरूद्ध प्रतिवाद
सभामुख र आयोगविरूद्ध प्रतिवाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ११, २०७८
uml-1
Hardik health
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) गठन गरेको नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना टाँस नगरेको भन्दै नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट छ । सभामुखको भूमिकाका विषयमा एमाले अध्यक्ष केपी ओलीले पटक–पटक प्रश्न उठाइसकेका छन् । एमाले सांसदहरूले सभामुखको कार्यकक्षमा पुगेर दुईपटक धर्ना नै दिएका थिए । तर, एमालेको मागअनुसार सभामुखले कारबाहीको सूचना टाँस नगरी विचाराधीन रहेको भन्दै कारबाही अगाडि बढाएनन् । एमालेले आफ्नो पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउँदै आएको छ । सभामुखकै कारण निर्वाचन आयोगले पार्टीले कारबाही गरेकाहरूलाई सनखतका लागि बोलाएको निष्कर्ष निकालेको छ । त्यस्तै, निर्वाचन आयोगसँग पनि एमाले रुष्ट छ । आयोगलाई १४ सांसदलाई कारबाही गरिएको सूचना दिँदा पनि सनखतमा सामेल गराएको एमालेको आरोप छ । एमालेले अब सभामुख सापकोटा र आयोगविरुद्ध कानुनी प्रतिवाद गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ । बैठकका निर्णय जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख र निर्वाचन आयोग दुवैले गल्ती गरेकाले त्यसविरुद्ध एमालेले कानुनी प्रतिवादमा उत्रने निर्णय गरेको जानकारी दिएका छन् । ‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णयहरू भएका छन् । पार्टीले कारबाही गरेर त्यसको सूचना दिएका व्यक्तिहरूलाई समेत गणना गरेर नयाँ पार्टी गठनमा सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरूलाई पनि सनाखत गराउनेलगायत गलत कामहरू भएका छन्’ ज्ञवालीले भने, ‘हामी यसको कानुनी प्रतिवाद गर्छौँ ।’ ‘सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो,’ उनले भने, ‘तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो ।’ एमालेले पार्टी विभाजनसम्बन्धी सरकारले अध्यादेश जारी गर्दा संविधानले परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीले समेत दल त्याग गर्नसक्ने व्यवस्थाको पनि विरोध गरेको छ । त्यसलाई एमालेले संविधानको मर्मविपरीत भएको निष्कर्ष निकाल्दै त्यसको समेत कानुनी उपचार खोज्ने भएको छ । ‘सरकारले दल विभाजनसम्बन्धी जारी गरेको अध्यादेशमा संविधानको मर्मविपरीत स्थानीय तहका पदाधिकारीले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको छ । यो संविधानको मर्मअनुसार छैन,’ ज्ञवालीको भनाइ छ । बिहीबारकै बैठकले एमालेले यसअघि पार्टी एकताका लागि तयार पारेको १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । स्थायी समिति बैठकबाट पारित १० बुँदे एकता प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको हो । ‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रूप दिएको छ’ ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP