Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले विभाजनः नेपाल पक्षमा २७ प्रतिशत
एमाले विभाजनः नेपाल पक्षमा २७ प्रतिशत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १०, २०७८
RS_KTM_D3A3247_1
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा बनेको दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि बुधबार निर्वाचन आयोगले सनखत गराएको छ । उक्त पार्टीलाई आयोगले बुधबार नै १६६ नम्बरको दर्ताको प्रमाणपत्र पनि दिएको छ । आयोगले आफैँ सशरीर उपस्थित भएर सनखत गर्न निर्देशन दिएअनुसार एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित २०३ केन्द्रीय सदस्यमध्ये ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनखत गरेका हुन् । एमालेको प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभा ३३ गरी १५४ सांसद थिए । प्रतिनिधिसभाका २१ र राष्ट्रियसभाका ८ सांसदले नेपाललाई साथ दिएका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बुधबार बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो । उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुई जना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिएका छन् । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए । संघीय संसदका २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुुई जनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए । बुधबार एमालेका ५९ जना केन्द्रीय सदस्य र ३४ जना सांसद सनखतका लागि आयोगमा पुगे पनि अन्यको भने आयोगले सनखत गर्न अस्वीकार गरेको थियो । यसअघि दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख भएकाबाहेक अन्यलाई सनखत गराउन नसक्ने भन्दै आयोगले अस्वीकार गरेको हो । प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् । पाण्डे सुरुमा एमाले एकता अभियानमा थिए । माधव नेपालका सम्धी भएकाले उनी अन्तिममा एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले आयोगले सनाखत गर्न नमानेको हो । त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर, उनीहरू एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो । त्यसमध्ये केन्द्रीय कमिटीको सदस्यमध्ये २७ प्रतिशत पुगे पनि नेपाल पक्षले संसदीय दलमा भने २० प्रतिशत पु¥याउन सकेन । सरकारले नेपाल पक्षको सहजताका लागि नै अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । यसअघि दल विभाजन गर्नका लागि केन्द्रीय कमिटीको ४० र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन आवश्यक हुने प्रावधान रहेकोमा अध्यादेशमा भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका २० वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भए हुने व्यवस्था गरिएको छ । यसैबीच नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ । नेकपाएमालेबाट अलग भएका नेताहरू सम्मिलित सो दलका तर्फबाट निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता संघीय संसदका सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरेको छ । कम्युनिस्ट आन्दोलनलाई बद्नाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको सो दलले जनाएको छ । लोसपामा १४ सांसद र १७ केन्द्रीय सदस्य जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भई महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको पनि बुधबार नै सनखत भएको छ । आयोगले लोसपालाई पनि दल दर्ताका प्रयोजनका लागि सनखतमा बोलाएपछि उनीहरू आयोग पुगेका हुन् । ठाकुर नेतृत्वको लोसपामा जसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरू उभिएका छन् । यसअघि जसपामा प्रतिनिधिसभाका ३४ र राष्ट्रियसभाका ३ गरी ३७ सांसद थिए । त्यस्तै, ५१ सदस्यीय केन्द्रीय समितिमा रहेका मध्ये लोसपाको पक्षमा १७ जना रहेका छन् । लोसपाको पक्षमा केन्द्रीय कमिटीमा ३३ र संसदीय दलमा ३७ प्रतिशतको समर्थन पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP