Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बैठकः सबैलाई फर्कन आह्वान
एमाले बैठकः सबैलाई फर्कन आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
uml photo
Hardik health
काठमाडौं– लामो रस्सकस्सीपछि नेकपा एमालेमा तेस्रो धार भनिएको पक्ष संस्थापन पक्षमा समेटिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि यसअघि उनीनिकट रहेका दोस्रो तहका नेताहरू औपचारिक रूपमै संस्थापन पक्षमा फर्किएका हुन् । पार्टी एकताको पक्षमा रहेका उनीहरू मंगलबार एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेयता संस्थापन पक्षले बोलाएको कुनै पनि औपचारिक बैठकमा सहभागी नभएका उनीहरू मंगलबार आफ्नै माग बमोजिम अध्यक्ष केपी ओली बैठक राख्न सहमत भएपछि सहभागी भएका हुन् । यसअघि नेपालनिकट उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र सुरेन्द्र पाण्डे मंगलबारको बैठकमा सहभागी भएका थिए । स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ ०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र भुसाल, स्थायी कमिटी सदस्य पाण्डे र लेखराज भट्ट रहेका छन् । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ ०७५ अगाडिको आधारबाट अगाडि बढाउने निर्णय पनि गरेको छ । सदस्यता नवीकरणलाई पनि २ जेठको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र ३ जेठ ०७५ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरूलाई २ जेठ ०७५ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले जानकारी दिए । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ । दशौँ महाधिवेशन मंसिर दोस्रो साता एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । मंगलबारको स्थायी कमिटी बैठकले १०, ११ र १२ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि २७ र २८ भदौ हुने तय भएको विधान अधिवेशनको मिति पनि केही हेरफेर गरेको हो । नेपाल पक्षलाई पार्टीमा फर्कन आह्वान एमालेले हालै विभाजित भएर गएको समूहलाई मुलधारमा फर्किन आह्वान गरेको छ । मंगलबार सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो । प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरूलाई हामी आग्रह गर्छौँ– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित एतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यसतो गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मुलघरमा फर्किनुहोस ।’ विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरूलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ । नेपाल समूहलाई खनालको सम्बोधन भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरूको चर्को आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए । ‘मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रूप हो । यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउँछ र मध्यपन्थको आयु लामो हुँदैन ।’ स्थायी कमिटीका नेताहरू एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिब करिब अन्त्य भएको बताए । उनले अघि भने, ‘अब प्रदेशमा होस् वा जिल्लामा होस्, मध्यपन्थका बीऊहरू देखा पर्नेछन् ।’ त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनले बताए । खनालले अघि भने, ‘कहिलेकाहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिनसक्छ, तर यसका लागि सशक्त वैचारिक राजनीतिक प्रवाह सिर्जना गर्न सक्नुपर्छ ।’ अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने समेत जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP