Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
  • #कोशी_राजमार्ग_अवरुद्ध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बैठकः सबैलाई फर्कन आह्वान
एमाले बैठकः सबैलाई फर्कन आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
uml photo
Hardik health
काठमाडौं– लामो रस्सकस्सीपछि नेकपा एमालेमा तेस्रो धार भनिएको पक्ष संस्थापन पक्षमा समेटिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि यसअघि उनीनिकट रहेका दोस्रो तहका नेताहरू औपचारिक रूपमै संस्थापन पक्षमा फर्किएका हुन् । पार्टी एकताको पक्षमा रहेका उनीहरू मंगलबार एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेयता संस्थापन पक्षले बोलाएको कुनै पनि औपचारिक बैठकमा सहभागी नभएका उनीहरू मंगलबार आफ्नै माग बमोजिम अध्यक्ष केपी ओली बैठक राख्न सहमत भएपछि सहभागी भएका हुन् । यसअघि नेपालनिकट उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र सुरेन्द्र पाण्डे मंगलबारको बैठकमा सहभागी भएका थिए । स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ ०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र भुसाल, स्थायी कमिटी सदस्य पाण्डे र लेखराज भट्ट रहेका छन् । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ ०७५ अगाडिको आधारबाट अगाडि बढाउने निर्णय पनि गरेको छ । सदस्यता नवीकरणलाई पनि २ जेठको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र ३ जेठ ०७५ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरूलाई २ जेठ ०७५ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले जानकारी दिए । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ । दशौँ महाधिवेशन मंसिर दोस्रो साता एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । मंगलबारको स्थायी कमिटी बैठकले १०, ११ र १२ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि २७ र २८ भदौ हुने तय भएको विधान अधिवेशनको मिति पनि केही हेरफेर गरेको हो । नेपाल पक्षलाई पार्टीमा फर्कन आह्वान एमालेले हालै विभाजित भएर गएको समूहलाई मुलधारमा फर्किन आह्वान गरेको छ । मंगलबार सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो । प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरूलाई हामी आग्रह गर्छौँ– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित एतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यसतो गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मुलघरमा फर्किनुहोस ।’ विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरूलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ । नेपाल समूहलाई खनालको सम्बोधन भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरूको चर्को आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए । ‘मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रूप हो । यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउँछ र मध्यपन्थको आयु लामो हुँदैन ।’ स्थायी कमिटीका नेताहरू एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिब करिब अन्त्य भएको बताए । उनले अघि भने, ‘अब प्रदेशमा होस् वा जिल्लामा होस्, मध्यपन्थका बीऊहरू देखा पर्नेछन् ।’ त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनले बताए । खनालले अघि भने, ‘कहिलेकाहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिनसक्छ, तर यसका लागि सशक्त वैचारिक राजनीतिक प्रवाह सिर्जना गर्न सक्नुपर्छ ।’ अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने समेत जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन  तयारी पूरा
एमाले विधान महाधिवेशन  तयारी पूरा बिहीबार, भदौ १९, २०८२
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’ बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP