Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस क्रियाशील सदस्य प्रकरण : नयाँ सदस्यता नबाँडेरै समाधान !
कांग्रेस क्रियाशील सदस्य प्रकरण : नयाँ सदस्यता नबाँडेरै समाधान !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
Hardik health
काठमाडौं– कांग्रेसको क्रियाशील सदस्य प्रकरणले नयाँ रूप लिने भएको छ । क्रियाशील छानबिन समितिले टुंग्याउन बाँकी विवाद समाधानको जिम्मा पाएका सदस्यहरूले विवाद भएका क्षेत्र र वडामा नयाँ सदस्यता वितरण नगरेर पुरानैलाई मात्र सदर गरेर विवाद समाधान भएको भनेपछि यो प्रकरणले नयाँ रूप लिने भएको हो । क्रियाशील छानविन समितिले टुंग्याउन बाँकी विवाद समाधानको जिम्मा पूर्वमहामन्त्री कृष्ण सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकले विवाद समाधानका लागि सैद्धान्तिक सहमति जुटाएको भनिए पनि विवाद भएका क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गर्नु समाधान हुँदै नभएको पनि कांग्रेसभित्रै भन्न थालिएको छ । समितिले त्यहाँ १३औँ महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुने भनिएको छ । समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे १२ भदौभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुने बताइएको छ । समायोजनका सम्बन्धमा देखिएको समस्या समाधान गर्न साझा मापदण्ड प्रस्ताव गरिएको छ । जसअनुसार ‘कुनै पनि वडामा समायोजनको संख्या नवीकरण भएका सदस्यको संख्याभन्दा बढी हुन नहुने’ सहमति बनेको छ । जसअनुसार कुनै वडामा कांग्रेसको नवीकरण भएकोभन्दा बढी समायोजनबाट आएका सदस्यहरू रहेछन् भने संख्या घटाइनेछ । क्रियाशील सदस्यताबारे सबैभन्दा बढी बारा र सप्तरीमा विवाद देखिएको थियो । सहमतिअनुसार सप्तरीको ३ नम्बर क्षेत्रका केही वडाहरूमा नयाँ सदस्यता स्थगन गएिको छ । त्यस्तै क्षेत्र नम्बर १, २ र ४ मा १३ औँ महाधिवेशनका सदस्यकै आधारमा अधिवेशन हुनेछ । समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे भदौ १२ गतेभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ । बाराको १ र ४ नम्बर क्षेत्रमा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यहाँ १३ औ महाधिवेशनका सदस्यहरूमात्रै अधिवेशनमा भाग लिनेछन् । त्यस्तै २ नम्बर क्षेत्रका ४४ वडामध्ये ३३ वटामा विवाद देखिएका थिए । तीमध्ये १७ वटा वडामा नयाँ सदस्यता स्थगन गरी १३ औँ महाधिवेशनकै सदस्यताबाट अधिवेशन हुने भएको छ । ५९ वटा वडा भएको बाराको ३ नम्बर क्षेत्रमा ३ वटा वडामा नयाँ सदस्यता स्थगन गरिएको छ । सिटौला नेतृत्वको समितिले गरेको सहमतिका आधारमा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । ती नेताहरू क्रियाशील सदस्यता छानविन समितिका सदस्य हुन् । उनीहरूले पछिल्लो सहमतिअनुसार क्रियाशीलको सूचीलाई अन्तिम रूप दिने बताइएको छ । शीर्ष तहमा भएको सहमतिअनुसार सिटौला नेतृत्वको समितिले सहमति गरेबाहेकका ठाउँमा क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेबमोजिम हुनेछ । नयाँ सहमति आकर्षित हुनेबाहेकका स्थानमा लेखक नेतृत्वको छानविन समितिले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकै बीचमा भएको छ । त्यस्तै नयाँ सहमति अनुसार क्रियाशील सदस्यताको सूची अद्यावधिक हुने कार्य सकिएलगत्तै प्रमाणीकरण गरेर सूची सार्वजनिक गर्ने सहमति समेत बनेको छ । निर्वाचन समितिलाई अन्तिम सूची दिने र समितिबाटै सार्वजनिक गराउने तयारी छ । सभापति देउवाले पनि प्रतिवेदन बुझ्दै सहमति भएको सदस्यता सार्वजनिक गर्न कुनै समस्या नहुने बताएका छन् । क्रियाशील सदस्यतामा सहमति जुटेसँगै कांग्रेस महाधिवेशन सुनिश्चित भएको शीर्ष नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP