Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
  • #कोशी_राजमार्ग_अवरुद्ध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसले तरुणका समस्या समाधान गर्नुपर्छ : नेता भण्डारी
कांग्रेसले तरुणका समस्या समाधान गर्नुपर्छ : नेता भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
shankar bhandari2
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गरे । उनले भने, ‘तरुण विभागले विभिन्न समिति गठन गरी तरुण युवाहरूलाई कांग्रेसको पहिचान दिने काम गरेका छौँ ।’ देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उनले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गरे । आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिए । तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताए । तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको भन्दै भण्डारीले सक्रियता बढाउन सुझाव दिए । तरुणले नै देशमा परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उनले पार्टीको आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताए । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । तरुणले नै पार्टीलाई ऊर्जा दिने बताउँदै संग्रौलाले कांग्रेसको वर्तमान तरुण नै भएको सुनाए । तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता संग्रौलाले आपत्ति व्यक्त गरे । कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो । विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उनले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताए । पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा.संग्रौलाले अहिलेको अवस्थामा दुविधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिए । कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका सदस्यहरू पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन  तयारी पूरा
एमाले विधान महाधिवेशन  तयारी पूरा बिहीबार, भदौ १९, २०८२
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’ बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP