Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
  • #कोशी_राजमार्ग_अवरुद्ध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले स्थायी कमिटी बैठक रावल पक्ष सहभागी हुने
एमाले स्थायी कमिटी बैठक रावल पक्ष सहभागी हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ८, २०७८
CPN UML
Hardik health
काठमाडौं– नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपालले नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । आयोगले दल दर्ताका लागि दिएको निवेदनअनुसार सनखतका लागि बुधबार बोलाएको छ । त्यसअघि उपाध्यक्ष भीम रावलको नेतृत्वमा रहेका तेस्रो धारका रूपमा चिनिएका नेताहरू र संस्थापन पक्षबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । एमाले विभाजन हुनुअघि नेपाल पक्षमा रहेका ५७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी ओलीलाई उक्त सहमति अक्षरस पालना गर्नुपर्ने माग गरेको थियो । नेपालपक्षको पार्टी दर्ता हुनुअघि नै अध्यक्ष ओलीले सहमति पालना नगरे आफूहरूले पनि फरक पार्टी दर्ता गर्न सक्ने उक्त समूहले चेतावनी दिँदै आएको थियो । उपाध्यक्षहरू रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योेगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायत नेताहरू त्यसबारे छलफल गर्न सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यसक्रममा एमालेलाई एकताबद्ध बनाउन कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने सहमति भएको हो । सहमति कार्यान्वयनका लागि मंगलबार पार्टीको स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा असन्तुष्ट पक्षका नेताहरू पनि सहभागी हुने तय भएको छ । नेकपा माओवादी केन्द्रसँगको एकता भंग भए यता उनीहरू संस्थापन पक्षले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् । ओली निवास बालकोटमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव कार्यान्वयनमा आइसकेको बताएका छन् । उनले भने, ‘असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको छ, यसलाई थप कार्यान्वयनमा लैजान मंगलबार ११ बजे पार्टी स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय भएको छ, भोलिको बैठकबाट पार्टी एकतामा देखापरेका केही समस्या समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौँ ।’ सहमति कार्यान्वयन भएपछि एमालेमा २ जेठ ०७५ मा कायम भएका नेकपा एमालेका कमिटीलाई क्रियाशील बनाइने भएको छ । उनले जेठ २ को बैठकको निरन्तरता १ साउनको बैठक बसेको बताउँदै त्यस बैठकमा सहभागी नहुने नेता पनि मंगलबारको बैठकमा सहभागी भएपछि २ जेठ अगाडिकै संरचनामा पार्टी अगाडि बढ्ने बताए । असन्तुष्ट पक्षले अध्यक्ष ओलीलाई नेता नेपाललगायत १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने माग गरेको थियो । त्यसविषयमा भने ओलीले सहमति जनाएनन् । उनले नेपालले अर्कै पार्टी दर्ता गरिसकेकाले कारबाही फिर्ता लिनुको औचित्य नभएको बताएका थिए । ‘माधव नेपालले अर्कै बाटो तय गरिसक्नु भएको छ, उहाँले पार्टी नै दर्ता गरिसक्नु भएको अवस्थामा उहाँ एकतामा फर्कनु हुन्छ भन्ने विश्वास कसरी गर्न सकिन्छ र ?,’ एमाले सचिव ज्ञवालीले भने, ‘हामी दल दर्ता प्रक्रियामा रहेका साथीलाई फर्केर आउनुस् र आफ्नै पुरानै जिम्मेवारी सम्हाल्नुस् भनेका छाँै, विभाजनमा नजानु भएका साथीले पुरानै जिम्मेवारी सम्हाल्नु हुन्छ, बैठकमा पनि त्यही छलफल भयो ।’ उनले दल दर्ता प्रक्रिया रोकेर पार्टीमा फर्केमा फेरि पनि पार्टीमा ठाउँ दिन सकिने बारेमा बैठकमा छलफल भएको जानकारी दिए । छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै असन्तुष्ट पक्षका नेता भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्तामा गएको बताएका छन् । नेता नेपालले आफूसँग रहेका केन्द्रीय कमिटीका सदस्यसँगको भेलाको ‘म्यान्डेट’ भन्दा बाहिर गएर आफू पक्षीय केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्यसँग छलफल नै नगरी हतारमा पार्टी विभाजनको निर्णय लिएको बताए । उनले अझै नेता नेपालसँग भेटेर एमालेमै फर्काउन पहल गर्ने बताए । पार्टी अध्यक्ष ओलीले पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुराना जिम्मेवारीलाई यथावत् राख्ने प्रतिबद्धता व्यक्त गरेको बताउँदै नेता भट्टराईले पार्टी विभाजन र दल दर्तालाई रोकेर फर्केर आएमा १४ जनामाथि भएको कारबाहीलाई रोक्न सकिने प्रतिबद्धता आएकाले एकताको प्रयास जारी रहने जानकारी दिए । नेता भट्टराईले २ जेठ ०७५ को सांगठानिक संरचना कायम भएकोले एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटी क्रियाशील गर्ने सहमति भएको भन्दै ती कमिटी कसरी क्रियाशील हुन्छन् भनेर मंगलबार बस्ने स्थायी कमिटीले सबै ढाँचा तयार पार्ने बताए । ‘एमालेमा बस्नेलाई फेससेभिङ’ नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले अब एमालेमै फर्किने सम्भावना नरहेको बताएका छन् । लामो समय नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा सहभागी नभएका पक्ष र अध्यक्ष ओलीबीच सोमबार १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भए पनि नेपाल पक्षले भने एमालेमा फर्कने कुनै संभावना नरहेको बताएको हो । दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादीका नेताहरूले सोमबारको सहमतिको कुनै अर्थ नभएको बताएका छन् । नेपाल समूहका नेता राजेन्द्र राईले बालकोट वार्तामा आफूहरूको प्रतिनिधि नभएको भन्दै आफूहरूको सहभागिता बिनाको सहमतिको मतलब नहुने प्रतिक्रिया दिए । यो माधव नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टीमा नआएका नेताहरूको ‘फेससेभिङ’का लागि मात्र भएको उनी बताउँछन् । ‘केही साथीहरू जसरी पनि जान चाहनुहुन्थ्यो, केहीलाई फेससेभिङ चाहिएको थियो, सहमति त्योभन्दा केही होइन,’ उनले भने । उनका अनुसार २ जेठमा फर्किनुपर्ने आफूहरूको सुरुवाती माग हो । तर, अहिले वैचारिक मतभिन्नता धेरै भएको भन्दै केन्द्रीय सदस्य राईले भने, ‘पार्टी एकताका लागि वातावरण चाहिन्छ, मिलेर काम गर्ने विश्वास हुनुपर्छ । सांगठनिक विषय र राजनीतिक वैचारिक मुद्दा मिल्नुपर्छ । तर अहिले यो कुनै पनि अवस्था छैन ।’ नेपाल पक्षीय सबै चन्द्रागिरि रिसोर्टमा नेता नेपालले भने आफूलाई समर्थन गर्ने सबै एमाले नेता तथा सांसदहरूलाई सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पु¥याएका छन् । बुधबार आयोगमा सनखतका लागि जानुपर्ने भएकाले सोमबारदेखि नै उनीहरूलाई रिसोर्टमा लगिएको हो । संस्थापन पक्षले आयोगमा जान रोक्नसक्ने वा फकाउनसक्ने भएकाले सबैलाई सुरक्षित राख्न त्यहाँ लगिएको अनुमान गरिएको छ । नेता नेपाल दुई दिनसम्म रिसोर्टमै बस्नेछन् । रिसोर्टमा झन्डै सय जनाका लागि कोठा बुक गरिएको स्रोतले जानकारी दिएको छ । नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य र सांसदहरू बैठकका लागि चन्द्रागिरि पुगेका हुन् । उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन  तयारी पूरा
एमाले विधान महाधिवेशन  तयारी पूरा बिहीबार, भदौ १९, २०८२
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’ बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP