Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालको नेतृत्वमा बृहत्त समाजवादी पार्टी बन्ने दाबी
नेपालको नेतृत्वमा बृहत्त समाजवादी पार्टी बन्ने दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ६, २०७८
Today program
Hardik health
काठमाडौं– माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरू बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पारेका छन् । शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकाले यो अवस्था आएको आरोप लगाएका छन् । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकाले आफूहरूले बाध्य भएर पुनर्गठन गरेको उनको भनाइ छ । उनले आफूहरू एमालेको पुनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको पनि जिकिर गरे । चौधरीले अब ओली र नेमकिपाका नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिस्ट पार्टी बन्ने र उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने पनि खुलासा गरे । उनले आफूहरू र ओलीपनि सँगै रहँदा पनि नेकपा (एमाले) समाप्त हुने स्थिति रहेकोले नयाँ दल दर्ता गरेको स्पष्ट पारे । उनले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधान र कानुनसम्मत् रहेको पनि दाबी गरे । उनले आफूहरूको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गरे । उनले आफूहरू धेरै ठूलो चुनौति र जोखिम मोलेर यो कदम चालेको भन्दै कुनै पनि हालतमा सफल भएरै छाड्ने पनि बताए । उनले एमालेका दोस्रो पुस्ताका नेताहरूले एकताका लागि प्रयास गरे पनि उनीहरूको प्रयास र प्रयत्न खेर जाने दाबी गरे । उनले ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे । उनले ओली जिउँदो रहँदासम्म आफू मात्रै एकछत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिएको पनि सुनाए । उनले माधव नेपालले चालेको स्टेप र लिएका निर्णयका कारण आज संविधान र संसद् बचेको दाबी गरे । उनले निर्वाचन आयोगले दल दर्ताको सनाखत गर्नेबित्तिकै आफूहरू सरकारमा जाने पनि बताए । उनले दोस्रो पुस्ताका नेताहरू पनि आगामी बुधबारसम्म आफूहरूको कित्तामा आइसक्ने दाबी गरे । उनले माधव नेपाललगायत आफूहरू १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली युवा नेता हिक्मत कार्कीले पार्टी एकताका लागि आफूहरू दशबुँदे सहमतिलाई पूर्ण रूपपमा कार्यान्वयन गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले अहिले पार्टीभित्र देखिएका केही खालका चूनौति र समस्या समाधान गर्नका लागि आफूहरू लागिपरेको पनि बताए । उनले माधव नेपाल आफ्नो आदर्श नेता भएको उल्लेख गरे । तर, नेपालले अहिले लिएको बाटो भने गलत भएको र नेपाल सही गन्तव्यमा नपुग्ने पनि उनको दाबी छ । मन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कारण एमालेभित्र समस्या उत्पन्न भएको पनि जिकिर गरेका छन् । उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भुल भएको जिकिर गरे । उनले एमाले र माओवादीको एकतासँगै एमालेका नेताहरू ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले एमाले र माओवादी एकता नै ऐतिहासिक भुल थियो भन्ने धारणा दोहो¥याए । उनले दाहालमा एकल भूमिकामा स्थापित हुने चाहना बढी हाबी भएको पनि सुनाए । अहिलेसम्म ३४ वर्षसम्म दाहालले आफ्नो पार्टीको महाधिवेशन पनि नगरेको उनको टिप्पणी छ । उनले पार्टी अध्यक्ष ओलीलाई आफूहरूले देवता नभनेको र दूधले नुहाएको व्यक्ति नभनेको पनि सुनाए । उनले ७० वर्ष पुगेको नेपालले नयाँ पार्टी खोलेकोमा व्यंग्यसमेत गरे । उनले पार्टी विभाजनको दोष ओलीलाई मात्रै दिनु पनि गल्ती हुने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP