Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहाल र डा.भट्टराई एउटै मञ्चमा
दाहाल र डा.भट्टराई एउटै मञ्चमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ४, २०७८
download
Hardik health
काठमाडौं– राजनीतिमा लामो समयसम्म सहकार्य गरेर अलग भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई बिहीबार एउटै मञ्चमा देखिएका छन् । तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेला नजिकबाट सहकार्य गरेका उनीहरू माओवादी शान्ति प्रक्रियामा आएको केहीसमयपछि छुट्टिएका थिए । माओवादी शान्तिप्रक्रियामा आएको बखत एउटै प्रकारको ड्रेसअपसमेत गर्ने उनीहरू संविधान जारी हुनेबित्तिकै अलग भए । डा.भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेर अलग राजनीतिक यात्रा अघि बढाए । हाल उनी संघीय समाजवादीसँग एकीकरण गर्दै जसपामा आइपुगेका छन् । लामो समयदेखि राजनीतिक रूपमा मतभेद रहेका उनीहरू बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा एउटै मञ्चमा देखिएका हुन् । नेकपा एमालेबाट माधवकुमार नेपाल समूह अलग भएको भोलिपल्ट दुई नेता एक ठाउँमा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल पक्षले पनि नयाँ पार्टी गठन भएपछि वृहत कम्युनिस्ट मोर्चा निर्माण गर्ने बताइरहेको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । ‘नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर,’ उनले भने, ‘बिहान सबै पार्टीका नेताहरूको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ । जति छिटो उहाँको सनाखत हुन्छ । त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ उनले विगतमा केपी ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भए पनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको भन्दै अध्यादेशको प्रतिरक्षा गरे । उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यो दुईवटामा आकाश, जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ ।’ यस्तै अन्तक्र्रियामा बोल्दै जसपा अध्यक्ष डा. भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याए । नेताहरूले पुराना पार्टीको चुनाव चिह्न छाड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए । ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि शुक्रबार, भदौ २०, २०८२
एमाले विधान महाधिवेशन  तयारी पूरा
एमाले विधान महाधिवेशन  तयारी पूरा बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP