Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वाग्मतीमा फेरियो सरकार
वाग्मतीमा फेरियो सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३, २०७८
Hardik health
काठमाडौं– वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री फेरिएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीका रूपमा सत्तारुढ दल नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य नियुक्त भएकी हुन् । बुधबार नै प्रदेश प्रमुख विष्णु प्रसाईंले पौडेलको राजीनामा स्वीकृत गर्दै शाक्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाक्यको बुधबार नै शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । त्यसअघि बुधबार बसेको एमाले प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको थियो । पौडेलकै प्रस्तावमा शाक्य संसदीय दलको नेता चयन भएकी थिइन् । नेकपा एमालेको विभाजनसँगै शाक्यले मुख्यमन्त्री बन्ने मौका पाएकी हुन् । उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन् । राजनीतिमा लामो योगदान र अनुभव भएकी उनको नेतृत्वमा वाग्मती प्रदेशको समृद्धि र विकासले सार्थकता पाउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री शाक्य यसअघि नेता माधवकुमार नेपाल पक्षमा थिइन् । तर, उनले पार्टी विभाजनमा नेपाललाई साथ नदिने भन्दै केही समय पहिलेदेखि नै संस्थापन पक्षसँग निकटता बढाएकी थिइन् । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकीलगायत प्रदेशसभामा नेपाल पक्षका प्रदेशसभा सदस्यले संस्थापन पक्षविरुद्ध मोर्चाबन्दीमा सामेल भए पनि प्रदेश १ र वाग्मती प्रदेशमा नेपाल पक्षका सांसदहरूले पार्टीविरुद्ध गएका थिएनन् । तुलनात्मक रूपमा प्रदेश १ र वाग्मतीमा नेपाल पक्षको उपस्थिति बलियो भए पनि उनीहरूले पार्टीविरुद्धको मोर्चाबन्दीमा साथ दिन अस्विकार गरेका थिए । विशेष गरेर शाक्य आफैँले पार्टी एकताको पक्षमा जोड दिँदै आफ्नै दलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने अडान लिइकी थिइन् । उनले वाग्मती प्रदेशबाट पार्टीको नेताहरूले सिक्नुपर्ने भन्दै पार्टी एकताका लागि सबै कुरा बिर्सिएको प्रतिक्रिया दिएकी थिइन् । संस्थापन पक्षले पनि पार्टी औपचारिक रूपमा विभाजन हुने नै भएपछि हतारमा शाक्यलाई मुख्यमन्त्री पद सुम्पिएको हो । प्रदेशसभा गठन हुनेबित्तिकै भएको प्रदेशसभा संसदीय दलको निर्वाचनमा शाक्य पौडेलसँगै पराजित भएकी थिइन् । त्यसयता पार्टी नेतृत्वसँग असन्टुष्ट रहँदै आएकी उनी बल्ल प्रदेशसभाको आयु डेढ वर्ष बाँकी रहँदा मुख्यमन्त्रीको कुर्सीमा पुगेकी हुन् । मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिएपछि संस्थापन पक्षले शाक्यलाई मुख्यमन्त्री दिएको हो । उनी नेपालसँगै अर्को पार्टीमा जान सक्ने आँकलन गर्दै संस्थापन पक्षले हतारमा उनलाई मुख्यमन्त्रीको कुर्सी सहजै सुम्पिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP