Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्ततः एमाले र जसपा विभाजित
अन्ततः एमाले र जसपा विभाजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३, २०७८
RS_Ktm-2
Hardik health
काठमाडौं– करिब चारदशक लामो सहकार्यलाई अन्त्य गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक सहयात्रालाई विधिवत् रूपमा अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले विभाजित भएको हो । नेपाल नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएपछि प्रमुख प्रतिपक्षी दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । नेपाल पक्षले निर्वाचन चिह्नको रूपमा खुला किताब प्रस्ताव गरेको छ । तर, त्यस विषयमा भने विवाद देखिएको छ । उक्त चिह्न यसअघि नै दर्ता भइसकेको भन्दै विवाद भएको हो । एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि बनेको तत्कालीन नेकपाबाटै सुरु भएको विवाद अन्ततः विभाजनमा गएर टुंगिएको छ । २३ फागुन ०७७ मा नेकपाको एकीकरण सर्वोच्च अदालतले भंग गरिदिएपछि पनि एमालेभित्रको विवाद साम्य हुन सकेको थिएन । अध्यक्ष ओली र नेपाल पक्षबीचको विवाद समाधानका अनेक प्रयत्न भए पनि बुधबार अन्ततः पार्टी फुटेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिएका छन् । एमाले समाजवादी मा साविक एमालेको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् । उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ । एमालेको केन्द्रीय कमिटी २६० र संसदीय दल १५१ रहेको छ । ओली–नेपाल सहकार्य र संघर्ष करिब पाँच दशक अघिदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय नेताहरू ओली र नेपालबीच सहकार्य र संघर्ष भने ०५४ बाट देखिने गरी थालनी भएको थियो । एमालेको छैटौँ महाधिवेशनमा कार्यनीतिक दस्तावेज पेस गर्ने गरी ओलीलाई नेपालले पार्टीमा तेस्रो वरीयता दिलाएका थिए । ओलीलाई आफूभन्दा माथि राखेपछि रिसाएका वामदेव गौतमले महाधिवेशनमा फरक दस्तावेज नै पेस गरे । त्यसबेला मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए । गौतमलाई पछि पारेर ओलीलाई तेस्रो वरीयता दिलाउनुमा भने मदन भण्डारीको मृत्युपछि महासचिव बनेका नेपालले ओलीको साथ पाउनु नै हो । तत्कालीन समयमा संस्थापनविरुद्ध सिपी मैनाली सदाबहार प्रतिपक्षी भूमिकामा देखिनुले पनि ओली नेपालसँग नजिक हुनुपर्ने परिस्थिति बनेको बताइन्छ । सीपी र केपीबीच पहिलेबाटै सम्बन्ध राम्रो थिएन । तत्कालीन महासचिव भण्डारीको रहस्यमयी दुर्घटनामा निधनपछि नेपालले १४ वर्ष पार्टीको कार्यकारी प्रमुख भएर काम गरेका थिए । त्यसबखत सबै समय ओलीले नेपाललाई साथ दिएको उनी पक्षका नेताहरूको दाबी छ । पहिलोपटक वामदेव गौतमलगायतले एमाले विभाजन गरेर नेकपा माले बनाउँदा ओली र नेपालको सहकार्य बलियो थियो । महाकाली सन्धिका सन्दर्भमा देखिएको फरक मतमा ओली र नेपालको भने एउटै मत थियो । नेपाल र ओलीबीच सातौँ महाधिवेशनमा केही खटपट देखिएको थियो । ओलीले ०५९ सालमा भएको उक्त महाधिवेशनमा महासचिव पदमै दाबी गरेका थिए । अन्तिम समयमा उम्मेदवारी नदिए पनि उनले केन्द्रीय सदस्यमा पराजित भएकाहरूलाई केन्द्रीय कमिटीमा मनोनित नगरे पार्टी विभाजनकै चेतावनी दिएको नेपाल पक्षका नेताहरूको आरोप छ । ओलीले नेपाललाई कहिल्यै नबिर्सने गरी केही गुण पनि लगाएका छन् । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको ‘कू’ पछि गिरफ्तारीमा परेका बेला ओलीले नै नेपालको महासचिव पद जोगाएको ओली पक्षका नेताहरू बताउँछन् । त्यसबेला कार्यवाहक महासचिव बनेका झलनाथ खनालले केही नेताहरूको साथ लिएर नेपाललाई महासचिवबाटै हटाउने तयारी थाले पनि ओलीले रोकेका थिए । पहिलो संविधानसभाका बेला पनि तत्कालीन माओवादीको विरोधका बीच प्रधानमन्त्रीबाट राजीनामा नदिन नेपाललाई ओलीले बलियो साथ दिए । गुणको बदला नेपालले पनि ओलीलाई केही ठूला अवसरहरू आँखा चिम्लेर दिए । दोस्रो जनआन्दोलन ०६२÷६३ पछि बनेको अन्तरिम सरकारमा एमालेको नेतृत्व गर्दै ओलीलाई नेपालले परराष्ट्रसहित उपप्रधानमन्त्री बनाए । त्यस्तै ०६५ को आठौँ महाधिवेशनमा खनालविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका ओलीले नेपालको साथ पाउन नसकेपछि भने सम्बन्धमा चिसोपन आयो । त्यसबेला नेपाल मौन बसेपछि उनी निकटहरू ओली र खनालतर्फ बाँडिएका थिए । त्यसपछि थोरै सम्बन्ध सुधारको प्रयास चाहिँ भयो । ओलीलाई तेस्रो वरीयता दिलाउन नेपाल लागिपरे भने प्रधानमन्त्रीको भूमिकामा नेपाललाई ओलीले साथ दिए । आठौँ महाधिवेशनमा खनालसँग पराजित भएका ओली नवौँ महाधिवेशनमा भने नेपाललाई नै पराजित गर्दै अध्यक्ष भए । ०७१ साउनमा सम्पन्न नवौँ महाधिवेशन पछाडि भने ओली–नेपालबीचको सम्बन्ध कहिल्यै राम्रो भएन । पार्टीको जिम्मेवारी दिँदा र संवैधानिक नियुक्तिमा समेत ओलीले नेपाल पक्षलाई छानीछानी पन्छाउने गरेको उनीहरूको आरोप छ । अझ माओवादी केन्द्रसँगको एकीकरणपछि भने पुष्पकमल दाहालसँग मिलेर ओलीले आफूलाई सक्न खोजेको नेपालको बुझाइ थियो । सोही विषय बढेर एकअर्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नेसम्मको शृखंला विभाजनसम्म पुगेको छ । नेपालले ओलीलाई कारबाही गरेका थिए भने, एकता भंग भएपछि ओलीले नेपालसहित उनी पक्षीय नेतालाई पटकपटक कारबाही गरेका थिए । पछिल्लो पटक मंगलबारमात्रै पनि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेपछि ओलीले नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेका थिए । माधव समूह पनि विभाजित बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका नेपाल पक्षलाई दोस्रो तहका नेताहरूले साथ दिएनन् । उनलाई लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताहरूले पार्टी विभाजनमा साथ नदिने निर्णय सुनाएका हुन् । नेपाललाई पदाधिकारी तहका कोही पनि नेताले साथ दिएनन् । स्थायी कमिटीमा रहेको खनाल, बेदुराम भुसाल र मुकुन्द न्यौपानेबाहेकले साथ दिएनन् । तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा गएनन् । फुट्यो जसपा पनि निर्वाचन आयोगमा बुधबार नै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो । पार्टीभित्रको विवाद निरूपणका क्रममा आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि दलविहीन भएको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निवदेन दिएको हो । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान बनाएपछि त्यसको सबैभन्दा धेरै लाभ ठाकुर समूहले लिएको छ । ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP