Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी विवाद : दाहाल आफैँलाई गलपासो !
एमसिसी विवाद : दाहाल आफैँलाई गलपासो !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १, २०७८
Hardik health
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको प्रमुख कारणमध्ये अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको सम्झौता पनि एक थियो । एकता भंग हुनुपूर्व नेकपामा अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओली एमसिसी प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने पक्षमा थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल भने एमसिसीको केही बुँदा संशोधन नगरी पारित गर्न नहुने पक्षमा थिए । अझ बाहिर त उनी एमसिसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने स्पष्ट अडान राख्ने गर्दथे । एमसिसीका कारण तत्कालीन नेकपा फुटेको र ओली सरकार ढलेकोसम्मका चर्चा नेपाली राजनीतिक वृत्तमा चल्ने गरेका छन् । त्यति मात्र होइन, तत्कालीन सभामुख कृष्णबहादुर महरालाई ‘रोशनी शाही काण्ड’ लाग्नुको कारणलाई पनि एमसिसी सम्झौतासँगै जोडेर हेर्नेको संख्या पनि उल्लेख्य छ । महरा र अहिलेका सभामुख अग्निप्रसाद सापकोटाले दाहालकै निर्देशनमा ओली सरकारले संसदमा टेबुल गरिसकेको एसिसी सम्झौता संसदमा प्रस्तुत नगरेको बुझाइ ओली पक्षको थियो । नेकपाको विवाद सडकसम्म पुग्दा माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताले एमसिसीको चर्को विरोध गर्ने गरेका थिए । उनीहरूले ओली सरकारले संसदबाट पारित गर्न चाहेको एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ रहेको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने बताउने गरेका थिए । तर, सोही आन्दोलनका क्रममा पुल्चोकको एक आन्दोलनमा सहभागी हुन पुगेको अध्यक्ष दाहालले एमसिसीविरुद्धको नारा नलगाउन निर्देशन दिए । आन्दोलनका मोर्चामा रहेका नेतृ पम्फा भुसाललगायत नेताहरूलाई उक्त नारा रोक्न निर्देशन दिए । फेरि सोही नारा दोहोरिएपछि उनी आन्दोलन छाडेर हिँडेका थिए । ओली सरकार ढलेपछि बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केहीदिन अघि ‘सरकारको न्यूनतम् साझा कार्यक्रम’ सार्वजनिक ग¥यो । तर, उक्त कार्यक्रममा एमसिसीबारे केही उल्लेख गरिएन । त्यसपछि संसद बैठकमा बोलेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले सरकार र प्रधानमन्त्रीको चर्को आलोचना गरे । उनले संसदमा सरकारलाई सोधे, ‘प्रधानमन्त्रीज्यू एमसिसी के गर्नुहुन्छ ? जनता जान्न चाहन्छन्, एमसिसी के गर्नुहुन्छ ?’ त्यसपछि गत शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि उक्त विषय उठ्यो । केन्द्रीय सदस्यहरूले एमसिसीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले जवाफ दिए ‘एमसिसीका बारेमा माओवादी अध्यक्ष प्रचण्डले केही नलेखौँ भनेकाले केही नलेखिएको हो, कांग्रेस एसिसी परियोजना पारित गर्नुपर्ने पक्षमा छ ।’ कांग्रेस बैठकमा मात्र होइन, शुक्रबार र शनिबार बसेको माओवादी केन्द्रको बैठकमा पनि उक्त विषय उठ्यो । बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा केन्द्रीय सदस्यहरूले एमसिसी परियोजनाबारे सरकारको न्यूनतम् साझा कार्यक्रममा किन मौन बसेको भनेर कुरा उठाए । उनीहरूले एमसिसीका बारेमा पार्टीको आधिकारिक धारणा माग गरे । उनीहरूले जनतामाझ जाँदा स्पष्ट जवाफ दिनुपर्ने भन्दै नेतृत्वको धारणा माग गरे । तर, अध्यक्ष दाहालले उक्त विषयको स्पष्ट जवाफ दिएनन् । तत्कालीन नेकपा विवादलाई आफू पक्षमा पार्न र ओली सरकारलाई विस्थापित गर्नका लागि गतिलो हतियारका रूपमा माओवादी अध्यक्ष दाहालले प्रयोग गरेको ‘एमसिसी’ परियोजना पछिल्लोपटक आफ्नै लागि ‘गलपासो’ बन्न थालेको अनुभूति हुन थालेको छ । अध्यक्ष दाहालले बेलाबखत एमसिसी सम्झौताको केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने धारणा राख्ने गरेका छन् । तर, माओवादी केन्द्रकै नेताहरू देवप्रसाद गुरुङ, लिलामणि पोखरेललगायत एमसिसी कुनै पनि हालतमा पारित हुन नहुने अडानमा छन् । सत्ता साझेदार दल कांग्रेस त पहिलेदेखि नै एमसिसी पारित हुनुपर्ने पक्षमा छ । एमसिसी परियोजनामा सकारात्मक रहेको कांग्रेस यथाशीघ्र संसदबाट एमसिसी पारित हुनुपर्ने पक्षमा छ । कांग्रेसकै पालामा अघि बढेको र तत्कालीन अर्थमन्त्री तथा हालका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरेको भन्दै कांग्रेसले यसको स्वामित्व लिनुपर्ने भन्दै कांग्रेस नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् । मन्त्री कार्कीले त संसदमा एमसिसी परियोजना मुलुकको हितप्रतिकूल नभएको भन्दै यसलाई चाँडो संसदबाट पारित गर्नुपर्ने भनिसकेका छन् । पार्टी सभापति तथा प्रधानमन्त्री देउवा पनि एमसिसीको विरुद्धमा छैनन् । यहाँसम्म कि कांग्रेसका नेता मात्र होइन कार्यकर्तासमेत एमसिसी परियोजनाको विपक्षमा रहेको खासै देखिएको छैन । माओवादी संलग्नता नेपालमा एमसिसीको बहस सन् २०१० बाट आरम्भ भए पनि यसले आकार लिने काम ५ माघ ०६८ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री बनेका डा.बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुनको पालामा नेपाल एमसिसी थ्रेसहोल्डमा छनोट भएको थियो । २७ माघ ०६८ मा तत्कालीन अर्थमन्त्री पुनको प्रस्तावमा एमसिसी परियोजना समन्वय गर्नका लागि नेपाल सरकार वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखलाई सम्पर्क अधिकृत नियुक्ति गर्ने निर्णय गरिएको थियो । त्यस्तै, २१ पुस ०७० मा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री शंकरप्रसाद कोइरालाको कार्यकालमा विकास अवरोध पहिचानका लागि नेपाली अर्थशास्त्रीहरूको समूह गठन गरी पूर्वाधार विकासका चुनौती ‘बोमा’ रिपोर्ट तयार पार्ने काम भयो । ०७१ माघमा सुशील कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री भएको बेला एमसिसीले नेपाललाई एमसिसी कम्प्याक्टका लागि छनोट गरेको थियो । त्यस्तै, ५ साउन ०७३ मा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेल रहँदा एमसिसीबाट प्राप्त लगानी सम्बन्धमा सम्भावित आयोजना अध्ययनका लागि प्राविधिक अनुदान स्वीकार गर्ने सम्झौतामा भयो । त्यसपछि १८ जेट ०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीमा कृष्णबहादुर महराको पालामा मन्त्रिपरिषद् बैठकले एमसिसी सहायता स्वीकारसँग सम्बन्धित एमसिसी सम्झौताको मस्यौदा तयार गर्नेगरी द्विपक्षीय वार्ता गर्नका लागी नेपालको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरिएको थियो । त्यस्तै, १० साउन ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको माओवादी केन्द्रसमेत सामेल भएको गठबन्धन सरकारले एमसिसी सहयोग स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न एमसिए नेपाललाई स्वीकृति प्रदान गरेको थियो । १९ भदौ ०७४ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितको टोलीलाई नेपाल र एमसिसीबीच अनुदान सहायता सम्झौताको लागि अमेरिका प्रस्थान गर्न अनुमति दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार २९ भदौ ०७४ मा माओवादी केन्द्रसहितको गठबन्धन सरकाका तर्फबाट अर्थमन्त्री कार्कीले एमसिसी सम्झौतामा अमेरिकाको वासिंटन डिसी पुगेर हस्ताक्षर गरेको थियो । आफूसमेत संलग्न सरकार हस्ताक्षर गरेको एमसिसी सम्झौताको विरोधमा माओवादी केन्द्रका अध्यक्ष दाहालले राम्रै जनमत तयार पारेका छन् । तर, अहिले भने एमसिसी दाहाल आफैँलाई गलपासो बन्न थालेको बताइन्छ । पार्टीभित्र मात्र होइन, यसले सत्ता साझेदारीलाई समेत प्रभाव पार्नसक्ने विश्लेषण गरिन्छ । यसैका कारण सरकार ढल्नसक्ने बुुझेको दाहालले केन्द्रीय कमिटी बैठकमा निष्कर्ष सुनाएका छन्, ‘वर्तमान सरकार जतिबेला पनि ढल्न सक्छ, फेरि अर्को प्रतिगमनको खतरा कायमै छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP