Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अफगानिस्तान हिंसाः नेपालीलाई सम्पर्कमा आउन आग्रह
अफगानिस्तान हिंसाः नेपालीलाई सम्पर्कमा आउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ३२, २०७८
Hardik health
काठमाडौं– अमेरिकी सेना अफगानिस्तानबाट फर्किएसँगै तालिबान लडाकूहरूले देशका प्रमुख सहरहरू कब्जामा लिन थालेका छन् । पछिल्लो समय राजधानी काबुललाई नै नियन्त्रणमा लिन लागेपछि अफगान राष्ट्रपति असरफ घानीले मुलुक छाडेर बाहिरएका छन् । विद्रोही लडाकूहरूको धम्कीपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । त्यहाँको अवस्थामा बिग्रँदै जाँदा रोजगारीका साथै अन्य कामका लागि अफगानिस्तान पुगेका नेपालीहरूको अवस्थाको बारेमा चासो बढ्न थालेको छ । सरकारी सुरक्षाकर्मीसँग तालिबानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । त्यहाँ रहेको नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन संसदमै आवाज उठेपछि सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कका लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू पनि सार्वजनिक गरेको छ । उद्धारका लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने जनाएको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपेली युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरूलाई औपचारिक पत्राचार पनि गरेको छ । त्यस्तै, अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँदिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ । त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूसँग त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ । यसअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरूलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको थियो । समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो । औपचारिक क्षेत्रमा कार्यरत करिब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरूसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले समितिमा बताएका थिए । आइतबार मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको थियो जसमा सिसिएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन् । म्यानपावर कम्पनीलाई बोलाइयो वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ । नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरूलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनिएको छ । नेपालीको अवस्थाबारे म्यानपावर व्यवसायीसँग छलफल गरिने उनले जानकारी दिएका छन् । विभागले अफगानिस्तानको कुन ठाउँमा नेपालीहरू कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरूको उद्धार गर्न सहज हुने भट्टराईको भनाइ छ । विभागका अनुसार पछिल्लो डेढ वर्षमा करिब १२ सय जना नेपाली वैधानिक रूपमा अफगानिस्तान पुगेको देखिएको छ । अवैध बाटो भएर कति जना अफगानिस्तान गए भन्नेबारे यकीन जानकारी सरकारसँग छैन । दुबईका सेक्युरिटी कम्पनीहरूले पनि अफगानिस्तानमा पठाउने गरेका छन् । जुन विवरण नेपालमा उपलब्ध छैन । नेपालबाट अफगानिस्तानमा रहेका नेपालीको विस्तृत विवरण लिएपछि त्यसलाई भारतमा रहेको नेपाली दूतावासमा जानकारी दिइने विभागले जनाएको छ । काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । क्यानाडा दूतावास भने दुई दिनअघि नै बन्द भइसकेको थियो । विदेशीलाई जान दिन्छौँ– तालिबान विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् । तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकूहरूलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ । पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकूहरू प्रवेश गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०३:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP