Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धन आगामी चुनावसम्म
सत्ता गठबन्धन आगामी चुनावसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३१, २०७८
download (1)
Hardik health
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटक–पटक आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्न चुनौती दिइरहेका छन् । उनले दाहाललाई कहिले कांग्रेस र कहिले एमालेको वैशाखी टेकेर अस्तित्व रक्षामा लागेको भनेर गिज्याइरहँदा दाहालले भने, वर्तमान वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न औपचारिक प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेस गर्दै वर्तमा सत्तासाझेदार गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनमा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भए पनि ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको दाहालको विश्लेषण छ । ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रूपमा दुरूपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको उनको आरोप छ । ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै दाहालले आफ्नो प्रस्तावमा भनेका छन्, ‘उनले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’ ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रूपमा दुरूपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको उनको आरोप छ । ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत भए पनि उनले आत्मालोचना गरेर सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको भन्दै उनले आफ्नो दस्तावेजमा भनेका छन्, ‘प्रतिनिधिसभाको दुई–दुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीबाट भएको असंवैधानिक कदमलाई आँखा चिम्किएर समर्थन गरेको उनले बताएका छन् । दोस्रो पटक संसद विघटन भएपछि वाम लोकतान्त्रिक मोर्चा बनाएर अघि बढ्ने नीति पार्टीले लिएको र वर्तमान सरकार त्यसकै पछिल्लो कडी भएको उनले बताएका छन् । संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रूपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णताजस्ता जिम्मेवारी गठबन्धनसामू रहेको उनले बताउँदै उनले अघि भनेका छन्, ‘कम्तिमा आगामी निर्वाचनसम्म कायम राख्ने पार्टीको नीति हुनेछ ।’ उनले एमसीसी सम्झौताका साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रस्तावमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP