Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्‍यो कांग्रेस महाधिवेशन
सर्‍यो कांग्रेस महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३१, २०७८
Hardik health
काठमाडौं– लामो रस्साकसीका बीच सत्तारुढ दल नेपाली कांगे्रसले फेरि १४औँ महाधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । यसअघि आगामी भदौमा हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवाद टुंगोमा पुग्न नसकेपछि आगामी मंसिरमा हुने गरी तय गरिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । यसअघि पटक–पटक सारिएको महाधिवेशनको मिति पछिल्लोपटक १६–१९ भदौमा काठमाडौंमा गर्ने निर्णय गरिएको थियो । तर, पार्टीको क्रियाशील सदस्यता विवाद टुंगोमा पुग्न नसकेकाले फेरि अर्कोपटक महाधिवेशनको नयाँ कार्यतालिका तय गरिएको छ । यसअघि तय गरिएको कार्यतालिकामा स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको थियो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यतालिका सर्वसम्मत पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरूले यसअघि निर्धारित भदौमा नै महाधिवेशन हुनुपर्नेमा जोड दिएका थिए । यद्यपि संस्थापन पक्ष र अन्य नेताहरूले भदौमा महाधिवेशन गर्न नसकिने तर्क प्रस्तुत गरेका थिए । बैठकमा द्रूतमार्गबाट महाधिवेशन गर्नुपर्ने आवाज उठे पनि निर्धारित मितिमा महाधिवेशन गर्ने कुरा असम्भवप्रायः नै देखिएको कुरामा सबैले सहमति जनाएपछि सर्वसम्मत नयाँ कार्यतालिका पारित गरिएको उनले बताए । महाधिवेशनको नयाँ कार्यतालिका अनुसार आगामी २ भदौसम्म क्रियाशील सदस्यहरूको अन्तिम नामावली तय गर्ने सहमति भएको छ । त्यस्तै, ३ भदौमा केन्द्रीय सभापतिलाई बुझाउने र ४ भदौमा क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी गाउँ/नगर वडा अधिवेशन १८ भदौमा, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन ५ असोजमा गर्ने तय गरिएको छ । त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद समाधानसम्बन्धी प्रतिवेदन पनि पेस गरेको थियो । यद्यपि उक्त प्रतिवेदनमा समितिकै सदस्य अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत राखेका थिए । लेखक नेतृत्वको समितिले विवाद समाधानको प्रयास गरे पनि हालसम्म समाधान भइसकेको छैन । मुख्यतः अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यता दिँदा जथाभावी भएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ । विभिन्न जिल्लाका नेता कार्यकर्ताले क्रियाशील सदस्यता वितरणमा मनपरी भएको भन्दै लामो समयदेखि कांग्रेस केन्द्रीय कार्यलयमा धर्ना दिइरहेका छन् । क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र पौडेल पक्षबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ । पौडेल पक्षको असन्तुष्टि बूढानीलकण्ठस्थित देउवा निवासमा केन्द्रीय कार्य समिति बैठक चलिरहँदा देउवा पक्षकासहित संस्थापनइतरका शीर्ष नेताहरूको छुट्टै बैठक बसेको थियो । उक्त बैठकमा सभापति देउवासहित वरिष्ठ नेता पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहलगायत नेताहरू सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार देउवाले महाधिवेशनको मिति मंसिरसम्म सार्ने प्रस्ताव राखेपछि वरिष्ठ नेता पौडेलसहित केही नेताहरूले असहमति जनाएका थिए । उनीहरूले महाधिवेशनलाई मंसिरसम्म पु¥याउन नहुने अडान राखेका थिए । नेता पौडेलको असहमतिकै बीचमा बाहिर निस्केर महामन्त्री पूर्णबहादुर खड्काले सबैको सहमति भन्दै नयाँ कार्यतालिका सुनाएको ती नेताले बताए । पौडेल पक्षले भदौसम्ममा महाधिवेशन नगरे कांग्रेसलाई संवैधानिक र कानुनी वैधता गुमाउने कुरा उठाउँदै आएको थियो । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको हुन्छ । नेपालको संविधानमा पनि राजनीतिक दलको महाधिवेशन पाँचवर्षमा गर्नुपर्ने प्रावधान छ । संविधानको धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष पनि सकिँदैछ । कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो । विवाद समाधानको जिम्मा तीन नेतालाई क्रियाशील सदस्यता विवाद समाधान गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ । शीर्ष तहका नेताहरूले पार्टीमा क्रियाशील विवाद मिलाउन नसकेपछि कृष्णप्रसाद सिटौला, मिलेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । यसअघि बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद हल गर्ने निर्णय गरेको थियो । सदस्यता छानबिन समितिले उक्त बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो । समितिका सदस्य प्रदीप पौडेलले ९४ प्रतिशत क्रियाशील सदस्यता विवाद समाधान गरेको बताएका थिए । तर, नवीकरण र अन्य दलबाट आएकाहरूको समायोजन गर्दा अपनाइएको विधिमा पार्टी भित्र विवाद छ । बारा र सप्तरीको क्रियाशील सदस्यता इन्ट्री नै हुन सकेको छैन । सर्लाही र धनुषामा नवीकरणको विवाद छ । सिन्धुपाल्चोक र रसुवामा समायोजन भएर बनेका क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन । यता, वरिष्ठ नेता पौडेल पक्षले भने करिब ४० जिल्लामा समस्या रहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०३:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP