Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाललाई पार्टी छाडेर नजान बडालको आग्रह
नेपाललाई पार्टी छाडेर नजान बडालको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०७८
keshav badal (1)
Hardik health
काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता बडालले भने, ‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ । यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रूपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस ।’ उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरे । नेपाललगायत नेताहरूले पार्टीको विधान र नीतिविपरीत गतिविधि गरेकोले उनीहरूलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरूले एकताको लागि कारबाही नगरेको उनको भनाइ थियो । नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनैपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाइएको स्पष्ट पारेका छन् । उनले भने, ‘महाधिवेशनभन्दा अघि विधान अधिवेशन गर्नैपर्छ । त्यसको लागि भदौ २७ र २८ गते विधान अधिवेशन तय भएको छ । वैशाख १० गतेसम्म महाधिवेशन गर्ने अन्तिम मिति हो । महाधिवेशन गर्न अलमल गर्ने कुरा हुँदैन । अहिले अध्यक्ष ओली हट्ने भन्ने कुरा छैन । तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस न माधवजी । तर, अहिले दायाँबायाँ गर्ने काम नगर्नुहोस् ।’ तत्कालीन प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्सा पारित हुने बित्तिकै उनलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनुपर्छ भनेर प्रचण्ड, माधव नेपाललगायत नेताहरू लागिपरेको उनको भनाइ थियो । उनले भने, ‘सचिवालयका ९ मध्ये ५ जनाले विरोध गर्नुभयो । आफ्नो पार्टीलाई कमजोर बनाउने काम उहाँहरूले गर्नुभयो । माधव नेपाल त कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनैपर्ने भनेर लाग्नुभयो । आफ्नै पार्टीका अध्यक्ष ओलीलाई कुनै हालतमा हराउनैपर्ने भन्दै गलत काम गर्नुभयो । तपाईँलाई नेपाली जनताले ईमानदार कहिल्यै पनि भन्दैनन् ।’ माधव नेपाल त फष्ट म्यान भएर काम गरिसकेको मान्छे भएकाले फेरि अध्यक्ष बन्न मन लागेको भए अर्को महाधिवेशनसम्म कुर्दा हुन्थ्यो भन्ने पनि उनको भनाइ छ । उनले भने ‘एमालेको नीति, निर्णय विधिसम्मत् रूपले पालना गर्नुपर्छ । पालना नभए त्यो व्यक्ति पार्टीको सदस्यको रूपमा रहन सक्दैन । २७ वैशाख ०७७ मा आफ्नो पार्टीको अध्यक्षलाई विश्वासको मत नदिएर माधव नेपाल बाहिर बस्नुभयो, त्यतिबेला नै कारबाहीको लागि पर्याप्त आधार देखियो । गए जाउन भन्ने कुरा हामीले सोच्नुहुँदैन भनेर सोच्यौँ । पछि हुँदाहुँदै आफ्नो पार्टीको अध्यक्षलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । कतिसम्म भने एमालेका कतिपय सांंसदको सार्वजनिक लेखा समितिमा माधव नेपालले आफूलाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्न लगाउनुभयो भनेर सोमप्रसाद पाण्डेले भन्नुभयो ।’ देउवालाई प्रधानमन्त्री बनाउनको लागि माधव नेपालसहित सांसदहरू सर्वोच्च अदालतमा लाइन लाएर गएको पनि उनले स्मरण गराए । उनले भने, ‘पार्टीको कारबाहीको लागि यो प्रमाण नै यथेष्ट छ । अहिले पनि म भनिरहेको छु कि मान्छेबाट भूल हुन्छ । गल्ति करेक्सन गर्नुहोस । दश बुँदे दस्तावेजमा आउनुभयो भने एकता हुन्छ । यसरी नै अघि बढौँ ।’ केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्ने भनेर माधव नेपाल समूहले अघि सारेको शर्तलाई उनले निरीह र बेइमानी कुराको संज्ञा दिएका छन् । त्यस्तै, नेता बडालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग विघटन गरेकोमा आपत्ति जनाए । उनले आयोगमा रहेका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डभन्दा लामो राजनीतिक इतिहास भएको व्यक्ति भएको पनि स्मरण गराए । उनले भने,‘प्रचण्ड हाइस्कुलको हेडमास्टर हुँदा देवी ज्ञवाली त पार्टीमा पूर्णकालीन सदस्य हुनुहुन्थ्यो ।’
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०३:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP