Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न एमसिसी के गर्नुहुन्छ ?
प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न एमसिसी के गर्नुहुन्छ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २७, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले मंगलबार सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् । उनले सरकारको काम कारबाहीदेखि हालै सार्वजनिक गरिएको सरकारको न्यूनतम् साझा कार्यक्रमका सन्दर्भमा पनि प्रश्न गर्न भ्याए । करिब सवा घन्टा सम्बोधन गरेका अध्यक्ष ओलीले सरकारलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), सरकार विस्तार र खोपमा भएको ढिलाइ, लडाकू शिविरमा भएको भ्रष्टाचारको छानबिनदेखि कालापानी लिपुलेक र लिम्पियाधुरासम्मको सवालमा प्रश्न गरेका छन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरे । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसिसी सम्झौता गरे पनि संयुक्त सरकारले एमसिसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसिसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्री देउवालाई प्रश्नसमेत गरे । ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसिसी ? एमसिसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे । सत्तारुढ दलहरूले २५ साउनमा सार्वजनिक गरेको न्यूनतम् साझा कार्यक्रम एमसिसीबारे मौन छ । सन् २०१७ मा हस्ताक्षर भएको एमसिसी सम्झौता दुई वर्षभन्दा लामो समयदेखि संसदमा विचाराधीन छ । ओली सरकारले यसलाई अनुमोदन गर्न चाहेको थियो, तर साविकको कम्युनिस्ट पार्टी (नेकपा) ि भत्रै यस विषयमा एकमत रहेन । त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले भने एमसिसी सम्झौता छिटो पास गर्न दबाब दिएको थियो । एमसिसी सम्झौताबारे सत्तारुढ गठबन्धनमा एकमत नभएको फाइदा ओलीले उठाउन खोजेका छन् । अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरूमा खुट्टा कमाएको पनि टिप्पणी गरेका छन् । उनले भने, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौँ किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू–भाग, पवित्र भू–भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौँ भन्ने कि समस्या हो समाधान गर्छौँ भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’ उनले सदनमा थपे, ‘त्यो हाम्रो पवित्र भू–भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ व र्ष पर्खिनुस् । हामी आउछौँ ।’ छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख गरिएको विषयमा पनि ओलीले प्रश्न उठाए । उनले भने, ‘कुन–कुन देशसँग कहाँ–कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला कुरा चपाउँदा चपाउँदा ।’ एमाले अध्यक्ष ओलीले तत्कालीन जनसेनाको अस्थायी शिविरमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न संसदसमक्ष माग गरेका छन् । भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको नीतिप्रति टिप्पणी गर्दै उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भन्नु भएको छ, खुसी लाग्यो । छानबिन गर्ने र कारबाही अगाडि बढाउने भन्ने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको यत्रो कुरा पनि उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानबिन गरेर नेपाली जनतालाई जवाफ दिनेछ । ललिता निवास, मातातीर्थको पनि गर्छ होला ।’ उनले सरकारले आफू नेतृत्वको सरकारले गरेको निर्णय र नियुक्ति उल्ट्याउने कार्यको पनि विरोध गरेका छन् । उनले वर्तमान सरकारले गरेको राम्रो कामलाई पनि नउल्ट्याउन चेतावनी दिँदै भने, ‘ओलीको याद दिलाउने सबै काम उल्ट्याउनुहोस्, धरहरा भत्काउनुहोस्, रानी पोखरी पनि पुर्नुहोस् । आलीको याद दिलाउने सबै मेटाउनुहोस् ।’ उनले आफू नेतृत्वको अघिल्लो सरकारले यथेष्ट खोप ल्याएर थुपारेको भन्दै छिटो वितरण गर्न माग गरेका छन् । उनले भने, ‘मेरो सरकारले खोप ल्याएर थुपार्देको छ त । चैतसम्म किन पर्खिनुहुन्छ ? लगाउनुस् न छिटो–छिटो । लगभग एक करोड स्टकमा छ । एकैचोटि ल्याएर राख्न नमिलेको भएरमात्र हो । आइराख्या छ । चैतसम्म भनेको के फागुनको निर्वाचन नगर्न खोजेको हो कोभिड छ भनेर ? म पहिल्यै सजक गराउन चाहन्छु ।’ अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार गिराउन सहयोग गरेका एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बाँकी राखेनन् । उनले नेपाल समूहप्रति कटाक्ष गर्दै मन्त्री बनाइदिन देउवालाई आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही नेताहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुहोस् न किन बिलम्ब गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् विचराहरू मन्त्री खानलाई ।’ त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालले संसदमा उभिएर आफूलाई ‘आगो’ को संज्ञा दिएकोमा कडा जवाफ दिए । उनले भने, ‘सरकार परिवर्तन हुनेबित्तिकै, अर्को सरकार बन्नेबित्तिकै सत्तापक्षका नेताहरूले यसै रोष्ट्रमबाट भन्नुभयो, होसियार, म आगो हुँ, मसँग नखेल.. नत्र । उहाँ आगो हो, डढेलो लगाउनुहुन्छ । यस्तो डढेलो निभाउन हामीलाई नि आउँछ । पानी खन्याउनुपर्छ पानी ।’ यसअघि दुई चार बाल्टीले नै निभाएको भन्दै उनले दाहाललाई ब्यंग्य पनि कसेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP