Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • असंवैधानिक नियुक्ति खारेज गर्छौँ : पौडेल
असंवैधानिक नियुक्ति खारेज गर्छौँ : पौडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
devendra poudel
Hardik health
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वसभासद् डा.चन्द्र भण्डारीले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले अहिले मन्त्री बन्ने आकांक्षीहरू धेरै भएको सुनाउँदै उनले काम गर्नको लागि धेरै मन्त्री नभए पनि हुने तर्क गरे । उनले जनताले दुई तिहाई जनमत दिएर सरकारमा पठाउँदा पनि कम्युनिस्ट पार्टी सरकारबाट बाहिरिनुपरेको र कांग्रेस सरकारमा जानुपरेको सुनाए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर नलागेको पनि टिप्पणी गरे । उनले भने, ‘उहाँलाई पनि यति चाँडो प्रधानमन्त्री हुन्छु भन्ने थिएन, अहिले सानो थालको भागमा सरकार परेको छ ।’ उनले ओली सरकार हटाएर देउवाको नेतृत्वमा सरकार बनाउनको लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको गठबन्धन बनेको पनि स्मरण गराए । उनले मन्त्री सानो संख्यामा बनाएर भए पनि देश चलाउन सकिने र जनताको पक्षमा काम गर्न सकिने विश्वास दिलाए । उनले अहिले धेरै कुरा गर्नुभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्ने बेला भएको सुनाए । पछिल्लो ३० वर्षमा अरु देश कहाँबाट कहाँ पुगेको भए पनि विकासको दृष्टिकोणले नेपाल धेरै पछि परेको उनको भनाइ छ । त्यस्तै, विकास निर्माणको पाटोमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । नेपालमा अहिलेसम्म कुनै पनि परियोजना समय सीमाभित्रै सम्पन्न हुन नसक्नु विकासको अर्को बाधक भएको भण्डारीको भनाइ थियो । नेपालको दक्ष जनशक्ति विदेशिन बाध्य भएको पनि उनको टिप्पणी छ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्ने गरी राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए । नेता पौडेलले सत्तपक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरू समेटिएको पनि जिकिर गरे । त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ । नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए । त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाइ छ । त्यस्तै, सुशासन कायम गरिने, आम जनसमुदायमा राज्य छ भन्ने अनुभूति दिनेगरी काम गरिने, भ्रष्टाचार नियन्त्रणको लागि उचित कदम चालिनेलगायत कुरा समेटिएको पनि पौडेलले जनाए । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद राजेन्द्र श्रेष्ठले अबको दुई÷चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाए । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूबीच कुराकानी पनि भइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिइने पनि बताए । उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने पनि बताए । उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरूको एलायन्स बनेको सुनाए । आफूहरू यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP