Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको विधान संशोधन प्रस्ताव : अध्यक्ष र सदस्यमात्रै निर्वाचित
एमालेको विधान संशोधन प्रस्ताव : अध्यक्ष र सदस्यमात्रै निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
uml meeting
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र सदस्य मात्र निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ । आगामी २७ र २८ भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमा अध्यक्ष र सदस्य मात्र निर्वाचित हुने र बाँकी पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । त्यस्तै पार्टीका आन्तरिक निर्वाचनमा प्यानल बनाएर निर्वाचन लड्न नपाउने गरी व्यवस्था गरिएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा बसेको बैठकले एमालेको सांगठानिक संरचना हेरफेर गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने तयारी गरिएको छ । बैठकबाट पारित विधान संशोधन मस्यौदामा एमालेमा उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारिएको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पु¥याइएको छ । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । अब एमालेमा अध्यक्षबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ । केन्द्रीय कमिटीको सदस्य संख्या २२५ कायम गर्ने, केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने, केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, केन्द्रीय कमिटी तथा केन्द्रीय निकायको निर्वाचनमा समावेशीता र सामुदायिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने, पोलिटब्युरोको व्यवस्था हटाउने, केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने, राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव गरिएको छ । एमालेले विधान महाधिवेशनबाट विधान र नीति पारित गर्ने, राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्ने, केन्द्रीय सल्लाहकार परिषदलाई केन्द्रीय निकायमा सूचीकृत गर्ने, सल्लाहकार परिषदका अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्यसरह हुने प्रस्ताव गरेको छ । राष्ट्रिय प्रतिनिधि परिषदको हालको व्यवस्थाको सट्टा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गर्ने, राष्ट्रिय महाधिवेशनको दुई वर्षपछि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने र पार्टी कामको मध्यावधि समीक्षा गर्ने, महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यहरू विधान महाधिवेशनको समेत प्रतिनिधि हुने, विधान महाधिवेशन राष्ट्रिय महाधिवेशन हुनुभन्दा सामान्यतया एकवर्ष पहिला आयोजना गर्ने र राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू निर्वाचित नहुँदासम्म कायम रहने प्रस्ताव गरिएको छ । एमालेले, १५/१५ सदस्यीय केन्द्रीय अनुशासन, केन्द्रीय लेखा परीक्षण र निर्वाचन आयोगको प्रस्ताव गरेको छ । तीनवटै आयोगको अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने र उपाध्यक्ष तथा सचिवको निर्वाचन आयोगको बैठकबाट हुने व्यवस्था प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीले आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशतमा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषदमा सदस्यहरू मनोनित गर्न सक्ने प्रस्ताव गरेको छ । त्यस्तै ७० वर्षमाथिका सदस्यलाई जेष्ठ कम्युनिस्ट मञ्चको सदस्यता दिने र हाल विधानमा रहेको सामुदायिक कम्युनिस्ट मञ्चसम्बन्धी व्यवस्था भने हटाउने प्रस्ताव गरेको छ । अञ्चल समन्वय कमिटीको सट्टा निर्वाचित र कार्यकारी हैसियतको प्रदेश कमिटीको व्यवस्था गर्ने, प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव र सदस्य संख्या तोके बमाजिम हुने प्रस्ताव गरिएको छ । प्रदेश अधिवेशनका प्रतिनिधिहरू सदस्य रहने गरी प्रदेश अधिवेशन प्रतिनिधि परिषद गठन गर्ने, प्रदेश कमिटीले आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सल्लाहकार परिषद गठन गर्न सक्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार निर्वाचन क्षेत्र समन्वय कमिटी निर्माण गर्ने, स्थानीय कमिटीहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव तथा सदस्य संख्या तोके बमाजिम हुने उल्लेख गरिएको छ । अधिवेशनको अवधि प्रदेशको ४, जिल्ला र पालिकाको ३, सो मातहतको २ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्तावमा अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने प्रस्ताव गरिएको छ । सबै तहका पार्टी कमिटी, आयोग वा परिषदमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ । पार्टीका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने र पार्टीको लोगोलाई सूर्य चिह्न भित्र हसिँया हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ । मस्यौदा समिति गठन बैठकले विधान महाधिवेशनका लागि विभिन्न चारवटा समिति गठन गरेको छ । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष ओली ओली आफैँ छानिएका छन् । सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे छन् । संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजक महासचिव ईश्वर पोखरेल चुनिएका छन् । सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल छन् । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल, सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा सदस्यहरूमा, मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP