Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको विधान संशोधन प्रस्ताव : अध्यक्ष र सदस्यमात्रै निर्वाचित
एमालेको विधान संशोधन प्रस्ताव : अध्यक्ष र सदस्यमात्रै निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
uml meeting
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र सदस्य मात्र निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ । आगामी २७ र २८ भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमा अध्यक्ष र सदस्य मात्र निर्वाचित हुने र बाँकी पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । त्यस्तै पार्टीका आन्तरिक निर्वाचनमा प्यानल बनाएर निर्वाचन लड्न नपाउने गरी व्यवस्था गरिएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा बसेको बैठकले एमालेको सांगठानिक संरचना हेरफेर गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने तयारी गरिएको छ । बैठकबाट पारित विधान संशोधन मस्यौदामा एमालेमा उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारिएको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पु¥याइएको छ । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । अब एमालेमा अध्यक्षबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ । केन्द्रीय कमिटीको सदस्य संख्या २२५ कायम गर्ने, केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने, केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य संख्या बढीमा १० प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, केन्द्रीय कमिटी तथा केन्द्रीय निकायको निर्वाचनमा समावेशीता र सामुदायिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने, पोलिटब्युरोको व्यवस्था हटाउने, केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने, राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव गरिएको छ । एमालेले विधान महाधिवेशनबाट विधान र नीति पारित गर्ने, राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्ने, केन्द्रीय सल्लाहकार परिषदलाई केन्द्रीय निकायमा सूचीकृत गर्ने, सल्लाहकार परिषदका अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्यसरह हुने प्रस्ताव गरेको छ । राष्ट्रिय प्रतिनिधि परिषदको हालको व्यवस्थाको सट्टा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गर्ने, राष्ट्रिय महाधिवेशनको दुई वर्षपछि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने र पार्टी कामको मध्यावधि समीक्षा गर्ने, महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यहरू विधान महाधिवेशनको समेत प्रतिनिधि हुने, विधान महाधिवेशन राष्ट्रिय महाधिवेशन हुनुभन्दा सामान्यतया एकवर्ष पहिला आयोजना गर्ने र राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू निर्वाचित नहुँदासम्म कायम रहने प्रस्ताव गरिएको छ । एमालेले, १५/१५ सदस्यीय केन्द्रीय अनुशासन, केन्द्रीय लेखा परीक्षण र निर्वाचन आयोगको प्रस्ताव गरेको छ । तीनवटै आयोगको अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने र उपाध्यक्ष तथा सचिवको निर्वाचन आयोगको बैठकबाट हुने व्यवस्था प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीले आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशतमा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषदमा सदस्यहरू मनोनित गर्न सक्ने प्रस्ताव गरेको छ । त्यस्तै ७० वर्षमाथिका सदस्यलाई जेष्ठ कम्युनिस्ट मञ्चको सदस्यता दिने र हाल विधानमा रहेको सामुदायिक कम्युनिस्ट मञ्चसम्बन्धी व्यवस्था भने हटाउने प्रस्ताव गरेको छ । अञ्चल समन्वय कमिटीको सट्टा निर्वाचित र कार्यकारी हैसियतको प्रदेश कमिटीको व्यवस्था गर्ने, प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव र सदस्य संख्या तोके बमाजिम हुने प्रस्ताव गरिएको छ । प्रदेश अधिवेशनका प्रतिनिधिहरू सदस्य रहने गरी प्रदेश अधिवेशन प्रतिनिधि परिषद गठन गर्ने, प्रदेश कमिटीले आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सल्लाहकार परिषद गठन गर्न सक्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार निर्वाचन क्षेत्र समन्वय कमिटी निर्माण गर्ने, स्थानीय कमिटीहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव तथा सदस्य संख्या तोके बमाजिम हुने उल्लेख गरिएको छ । अधिवेशनको अवधि प्रदेशको ४, जिल्ला र पालिकाको ३, सो मातहतको २ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्तावमा अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने प्रस्ताव गरिएको छ । सबै तहका पार्टी कमिटी, आयोग वा परिषदमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ । पार्टीका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने र पार्टीको लोगोलाई सूर्य चिह्न भित्र हसिँया हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ । मस्यौदा समिति गठन बैठकले विधान महाधिवेशनका लागि विभिन्न चारवटा समिति गठन गरेको छ । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजक अध्यक्ष ओली ओली आफैँ छानिएका छन् । सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे छन् । संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजक महासचिव ईश्वर पोखरेल चुनिएका छन् । सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल छन् । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल, सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा सदस्यहरूमा, मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’ आइतबार, भदौ २२, २०८२
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु शुक्रबार, भदौ २०, २०८२
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा
सत्तारुढको चर्को विरोध, प्रमुख प्रतिपक्षी अध्ययनमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP