Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले मिलनको अन्तिम मौका
एमाले मिलनको अन्तिम मौका
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २४, २०७८
Hardik health
काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै सुरु भएको आन्तरिक शक्ति संघर्ष नेकपा एमाले ब्यूँतिदा पनि कायम छ । नेकपा हुँदा रक्षात्मक अवस्थामा पुगेको अध्यक्ष केपी ओली एमाले ब्यूँतिएपछि बलियो अवस्थामा पुगे भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रक्षात्मक अवस्थामा आइपुग्यो । तर, नेपाल पक्षले पनि कर्णाली प्रदेशबाट सुरु गरेको फ्लोर क्रस प्रतिनिधिसभासम्म आइपुग्दा अध्यक्ष ओलीलाई सत्ताबाट बहिर्गमनको बाटो देखाउन भने सफल भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतसम्म पुगेको नेपाल पक्षले संसदमा विश्वासको मतसमेत दिएपछि एमाले विभाजन निश्चित भएको अनुमान गरिएको थियो । अध्यक्ष ओलीले सत्ताबाट बाहिरिएपछि नेपाल समूहमाथि कारबाहीको डण्डा बर्साउने अनुमानविपरीत उनी संयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमति मान्ने अवस्थामा पुगे । तर, नेता नेपालले भने उक्त सहमतिलाई स्वीकार गरेनन् र पार्टी विभाजन कै पक्षमा देखिएको थियो । यस्तैमा गत बिहीबार र शुक्रबार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्यो । संस्थापन पक्षको विरोधकाबीच बसेको बैठकले नयाँ दल दर्ताको निर्णय गर्ने अनुमानविपरीत पार्टी एकताको पक्षमा निर्णय ग¥यो । यसले एमाले बृत्तमा पार्टीको विवाद समाधान हुने आसाको किरण सञ्चार ग¥यो । नेपाल पक्षले पार्टी एकताको पक्षमा उभिने निर्णय गरे पनि उक्त समूहले संस्थापन पक्षसँग विभिन्न थप माग अघि सारेको छ । मूलतः नेपाल पक्षले सुरुमा उठाउँदै आएको सांगठानिक संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा पु¥याउनुपर्ने माग १० बुँदे सहमतिमा सम्बोधन भइसकेको छ । त्यस परिस्थितिमा नेपाल पक्षले सम्मानजनक एकता र पार्टीको संगठित सदस्यता विस्तार तथा संगठन निर्माणको काम रोक्नुपर्ने सर्त अघि सारेको छ । उक्त सर्त ओली पक्षले सजिलै स्वीकार नगर्ने देखिएको छ । पार्टी चलायमान बनाउन पार्टीको नियमित काम रोक्न नसक्ने जनाउँदै संस्थापन पक्षले संगठन र पार्टी सदस्यता नरोक्ने स्पष्ट अडान राखेको छ । उसले पार्टीमा निहुँ खोजेर बस्नेहरूको मागअनुसार पार्टीको नियमित काम रोक्न नसक्ने भनेकाले नेपाल पक्षको मागमा संस्थापन पक्ष लचिलो नहुने देखिएको हो । संस्थापन पक्षका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल पक्षको फेरिँदै गएको सबै सर्त मान्न नसकिने प्रतिक्रिया दिइसकेका छन् । यता नेता नेपाल पक्ष पनि संस्थापन पक्ष लचिलो नभएमा आफू पनि लचिलो नहुने देखिएको छ । नेता नेपालले शनिबार आयोजित एक कार्यक्रममा आफू पार्टी एकताको पक्षमा रहेको प्रष्ट पार्दै एकताका लागि अध्यक्ष ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको आइतबार बैठकबाट प्रष्ट हुने बताए । दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरू सम्मानजनक एकताकै पक्षमा रहेको बताएका छन् । एमालेलाई एकतावद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले अघि भने, ‘उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नु हुन्न ? पार्टी सदस्यता वितरणलाई रोक्नु हुन्छ कि रोक्नुहुन्न ? वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नु हुन्छ कि रोक्न हुन्न ? गाली गलौजको गोलाबारुद बन्द हुन्छ कि हुँदैन ? त्यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’ संकेत भने राम्रो नरहेको र ओली सुध्रिएला भन्ने आफूलाई नलागेको समेत उनले सुनाए । ‘सुध्रिहाले भने मैले आग्रह पालेको रहेछु कि क्या हो भनेर ठान्ने छु,’ नेता नेपालले भनेका छन्, ‘यदि सुुध्रिएनन भने हामीले के गर्ने ? त्यहाँ गएर फस्ने, चिच्याउने, कराउने, टाउकोमा हात राखेर बस्ने ? त्यो मञ्जुर छैन ।’ उनले ओली सुध्रिएनन्, तर तर समस्या पनि बनेनन् भने पार्टी एकता हुनसक्ने उनले बताए । यसो गर्न विवादित विषयहरू थाती राख्ने र पार्टीको माइन्युटमा दुई नेताको हस्ताक्षर चलाउने व्यवस्था गर्नुपर्ने नेता नेपालको अडान छ । ओली, एमालेको अध्यक्ष भएको ७ वर्ष पुगिसकेको, प्रधानमन्त्री पनि भइसकेकाले विदा गर्न पाए राम्रो हुने उनको भनाइ छ । त्यसमा सहमति नभए छिटो महाधिवेशन गर्ने र त्यसअघि दुई नेताको हस्ताक्षर गर्ने प्रबन्ध गर्नुपर्ने बताए । उनले अघि भने, ‘दुई नेताको हस्ताक्षर हुने र समान हैसियतको दुबै व्यक्ति एउटै पदमा रहने अवस्था भएन भने केपी ओलीले कसैले टेर्ने छैनन् ।’ माइन्युटहरूमा दुई नेताको हस्ताक्षर चल्नुपर्ने अडान पुष्टि गर्ने क्रममा उनले भने, ‘ओलीले २३ जना थपिसके । भोलि बहुमतका आधारमा निर्णय गर्न थाले भने हामीले के गर्ने ? टाउकोमा हात राखेर बस्छौं ? रोएर हिँड्छौँ ?’ वरिष्ठ नेता नेपालले ओली ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताएका छन् । अहिलेसम्म आफूहरू सम्माजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए । श्रीमान् र श्रीमतीबीच विवादमा त डिभोर्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पु¥याउन खोज्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुुनुपर्छ ।’ यद्यपि नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP