Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाधिवेशन गराउन दबाब
महाधिवेशन गराउन दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २२, २०७८
download (1)
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा छ । क्रियाशील सदस्यता विवाद नटुंगिएकाले आगामी १६ देखि १९ भदौसम्म हुने भनिएको महाधिवेशन नहुने संभावना अधिक छ । किनभने पूर्वनिर्धारित तालिका अनुसार वडा र गाउँ कार्यसमितिको अधिवेशन प्रभावित भइसकेको छ । गाउँ, वडा, जिल्ला हुँदै प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न भएपछि मात्र महाविधेशन हुने परिस्थिति बन्छ । तर, ती सबै अधिवेशनका लागि अब कांग्रेससँग पर्याप्त समय छैन । कांग्रेसलाई निर्धारित मितिमा महाधिवेशन गर्नै पर्ने संवैधानिक र कानुनी बाध्यता छ । तर, कोरोना महामारीको समयलाई शून्य समय मानेर महाधिवेशन सार्न सकिने तर्कहरू पनि सार्वजनिक भइरहेका छन् । कांग्रेसको महाधिवेशन अनिश्चित भइरहँदा कांग्रेसका युवा नेताहरूले महाधिवेशन निर्धारित मितिमै गर्नुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बिहीबार कांग्रेसका युवा नेताहरूले १४औँ महाधिवेशनको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । काठमाडौंमा उपलब्ध सातै प्रदेशका प्रतिनिधिमूलक युवाहरूको बैठकले ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ सुरु गर्दै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई पत्र बुझाएका हुन् । अभियानमा संलग्न नेविसंघ पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘साउन १२ मा वडा अधिवेशन गर्न तोकेको वडा अधिवेशन भएन, त्यसपछि के भइरहेको छ भनेर पार्टीले अहिलेसम्म आधिकारिकरूपमा भन्दै भनेन । पार्टीका निम्ति यो दुर्भाग्यपूर्ण र लज्जास्पद कुरा हो ।’ १२ साउन ०७८ बाट वडा अधिवेशन सुरु भई भदौ १६–१९ मा सम्पन्न हुने भनिएको कांग्रेसको १४औँ महाधिवेशन अनिश्चित बन्दा पार्टीको गरिमामा ठूलो क्षति पुगेको भन्दै कांग्रेस युवा नेताहरूले चिन्ता व्यक्त गरेका छन् । ध्यानाकर्षण पत्रमार्फत क्रियाशील सदस्यताको विवाद समाधान गरी तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने, वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायत माग राखिएको छ । नेताहरूले विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरूले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिहरूलाई नै कागजीरूपमा नवप्रवेशी बनाई हजारौँ क्रियाशील सदस्यता वितरण गरेको आरोप पनि लगाएका छन् । उनीहरूले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् । विधिवत् रूपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दललगायत भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्णता र महाधिवेशन पनि वर्षौँदेखि नगर्ने हो भने नेपाली कांग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकिने युवा नेताहरूले बताएका छन् । यस्ता गतिविधिले आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी हुने भन्दै उनीहरूले लोकतन्त्र र कांग्रेसलाई जोगायन सम्पूर्ण पुस्ताको सहभागितासहितको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् । आफ्ना मागहरू पूरा नभए पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरूमा धर्ना, अनसन र आमरण अनसनलगायत थप कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । महाधिवेशनको सुनिश्चितताका लागि दबाव दिन भन्दै गठन गरिएको ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवास पोखरेल, डिल्ली सुवेदी, मिथिलेस मिश्र, नारायण भट्टराई, मन्जित ताम्राकार, रिता खनाल, बिजुला बर्मा, प्रतिमा गौतमलगायत छन् । सभापति देउवामाथि निर्धारित समयमा महाधिवेशन गर्नुपर्ने भन्दै सबैपक्षबाट दबाब बढ्न थालेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP