Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दोहोरो सकसमा नेपाल : पार्टी जोगाउने कि सरकार
दोहोरो सकसमा नेपाल : पार्टी जोगाउने कि सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २२, २०७८
Hardik health
काठमाडौं– संस्थापन पक्षको असहमतिका बीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार बस्यो । लामो समयदेखि पार्टीमा जारी विवाद र सरकारमा सहभागिताका बारेमा धारणा बनाउन भन्दै आयोजना गरिएको बैठकमा करिब ७० जना केन्द्रीय सदस्यहरू सहभागी भएको स्रोतले जानकारी दिएको छ । बिहीबारको बैठकमा नेता नेपाल पार्टी एकताका लागि तयार हुनुपर्ने र सरकारमा सहभागी हुनुपर्ने पर्ने दोहोरो सकसमा परेको प्रष्ट भएको छ । मुख्यगरी उनीनिकट दोस्रो तहका नेताहरू कुनै पनि हालतमा पार्टीलाई विभाजन गर्न नहुने अडानमा छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका उनीनिकट सांसदहरू तत्काल गठबन्धन सरकारमा सहभागी हुनुपर्ने धारणा राख्छन् । उसै पनि सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । प्रधानमन्त्री देउवाले नेपाल पक्षको निर्णय नआएसम्म सरकार विस्तारसमेत गरेका छैनन् । पार्टीको आधिकारिक निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका नेपाल पार्टी जोगाउने कि सरकार जोगाउने भन्ने सकसमा परेका छन् । यद्यपि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले समर्थन गरिरहँदासम्म नेपाल पक्षको समर्थनबिना पनि सरकारले बहुमत गुमाउने छैन । तर, प्रधानमन्त्री देउवाले आफूलाई अन्तिम अवस्थामा समर्थन गरेको ठाकुर पक्षलाई विश्वास गर्न सकेको देखिँदैन । बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफू दोहोरो सकसमा परेको संकेत गरेका छन् । उनले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिकरूपमा आत्महत्या सरह हुने बताएका छन् । उनले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुनेछ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन,’ उनले भने, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागीदार म बन्नुपर्ने हुन्छ ।’ उनले थपे, ‘त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ उनले अध्यक्ष ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि आफूहरूलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरेका छन् । ‘हामी सबै साथीहरू एकताको प्रयासमा छौँ । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्,’ नेपालले बैठकमा भने, ‘तर, एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’ एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरूले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रूपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरू गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको दाबी गरेका छन् । सम्बोधनका क्रममा पटक–पटक आफू एकताको पक्षमा रहेको बताइरहेका नेता नेपालले वर्तमान सरकार र गठबन्धन जोगाउने आफ्नो दायित्व रहेको पनि बताएका छन् । उनले सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौती रहेको बैठकमा बताएका थिए । सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने भनिएको बैठकमा उनले यसबारे भने केही बताएनन् । उनको अभिव्यक्तिले उनी सरकार जोगाउने की पार्टी जोगाउने भन्ने दोहोरो सकसमा परेको अनुमान लगाउन सहजै सकिन्छ । रावलको बिफ्रिङ वरिष्ठ नेता नेपालले धारणा राखिसकेपछि उपाध्यक्ष तथा नेपाल समूहका कार्यदल संयोजक भीम रावलले ओली पक्षसँग भएको १० बुँदे सहमतिका बारेमा ब्रिफिङ गरेका थिए । उनले केन्द्रीय सदस्यहरूलाई १० बुँदे सहमतिबारे जानकारी दिँदै यसले पार्टी एकताको आधार तय गरेको दाबी गरे । उनले सहमतिलाई सामान्यरूपमा नलिन आग्रह गर्दै ओलीलाई २ जेठ ०७५ मा फर्काउन १० बुँदे गरिएको बताए । उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । उपाध्यक्ष रावलले २ जेठको केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायत कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिएका थिए । रावल बोलिरहँदा नेपाल पक्षका केन्द्रीय सदस्यहरू वार्ता टोलीका नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरू ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै आक्रामक बनेपछि रावल पनि प्रतिवादमा उत्रिएका थिए । जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए । उनले आफूहरूले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको आरोपसमेत लगाए । त्यसपछि बैठक केहीबेर तनावग्रस्त बनेको थियो । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । अध्यक्ष ओली पक्षले भने बिहीबारको बैठकलाई अनधिकृत भनेको छ । बुधबार कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बिहीबार एमालेको कुनै पनि बैठक आयोजना नगरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए । उनले नेपाल समूहको नाममा पटकपटक अनधिकृत कार्य गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरेका थिए । केन्द्रीय सदस्यहरूले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने गरी स्थगित गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP