Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन निर्णय सच्याउन माग
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन निर्णय सच्याउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०७८
uml office
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल सच्याउन माग भएको हो । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ९ चैत ०७६ मा भूमि सम्बन्धी ऐन, ०२१ को दफा ५२ (ख) को उपदफा (६) अनुसार भरतपुर महानगरपालिकाका देवीप्रसाद ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो । त्यस्तै, सबै जिल्लामा आयोगको शाखा विस्तार गर्दै एकजना विज्ञसहित अध्यक्ष र सदस्य गरी तीनजना नियुक्त गरेको थियो । आयोग गठनकै बेला ओलीले कार्यकर्ता भर्ती केन्द्रको रूपमा आयोग गठन गरेको भन्दै विपक्षी दलले विरोध जनाएका थिए । संविधानको धारा ४० (५) मा भूमिहीनलाई सरकारले एकपटक जमीन उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसका लागि गठन भएको आयोग अचानक विघटन हुँदा संविधानले प्रत्याभूत गरेको र उनीह्रूको हक हनन् भएको एमालेको तर्क छ । ओली सरकारको बहिर्गमनसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको हो । एमालले ३१९ भन्दा बढी पालिकाहरूमा लगत संकलन पूरा भएर वर्षौँदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार अगाडि बढिरहेको दाबी गरेको छ । विज्ञप्तिमा राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौँ भूमिहीन तथा सुकुम्बासीहरू, दलित तथा अव्यवस्थित बसोबासीहरूको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको उल्लेख छ । करिब १४ महिनाको अवधिमा आयोगले मुलुकका ७४७ पालिकाहरूसँग सम्झौता गरेको र यस अवधिमा २ लाख ४७ हजार ९६० दलित र सुकुम्बासीहरू तथा ९ लाख २२ हजार ८०१ अव्यवस्थित बसोबासीहरूले विवरण फारम भरिसकेको एमालेले उल्लेख गरेको छ । ‘युगान्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रूपले विपन्न वर्गले पाउन सकेमा मात्रै परिवर्तनप्रति उनीहरूको अपनत्व विकास हुन सक्छ र त्यसले मात्रै परिवर्तनले सार्थकता पाउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पु¥याएको छ । वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन र यसले जनताको हित गर्दैन भन्ने कुरालाई यस निर्णयले पुष्टि गरेको छ ।’ विज्ञप्तिमा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूका हक र हितप्रति पार्टी सधैँभरि सजग र संवेदनशील रहेको स्पष्ट गरिएको छ । कम्युनिस्ट पार्टीहरूले अधिकांश निर्वाचनमा सुकुम्बासी तथा भूमिहीनको समस्या समाधानको विषयलाई चुनावी नारा बनाउने गर्दछन् । एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपालसम्मले उक्त नारालाई प्राथमिकताका साथ उठाउने गर्दछन् । तर, माओवादी केन्द्र र जनमोर्चासमेत सामेल भएको गठबन्धन सरकारले राजनीतिक प्रतिशोध साँध्न आयोग खारेज गर्ने निर्णय गरेको एमाले नेताहरूले आरोप लगाइरहेको छ । एमाले सांसदहरूले बुधबारको राष्ट्रियसभाको बैठकमा समेत यस विषयलाई प्राथमिकताका साथ उठाएका छन् । उनीहरूले जुनसुकै सरकारले ल्याएको भए पनि राम्रा कामलाई निरन्तरता दिनुपर्नेमा सरकारले पूर्वाग्रही ढंगले आयोग खारेज गर्ने निर्णय गरेको भन्दै आलोचना गरेका छन् । एमाले सांसदहरूले ओली सरकारले बनाएको धरहरा, रानीपोखरीलगायतलाई पनि भत्काउन चुनौती दिएका छन् । सरकारले पूर्वाग्रही ढंगले ओली सरकारको निर्णय उल्ट्याउने खेलमा लागेको भन्दै त्यसको चर्को आलोचना गरेका छन् । हामीलाई हटाउँदा हुन्थ्योः ज्ञवाली आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी प्रभावित हुने प्रतिक्रिया दिएका छन् । उनले सरकारको निर्णयले भूमिहीनको हित नगर्ने बताए । ‘व्यक्तिको अनुहार मन नपरेको भए पदाधिकारी परिवर्तन गर्दा हुन्थ्यो,’ ज्ञवालीले भने, ‘आयोग नै मार्ने निर्णयले भूमिहीन दलित र सुकुम्बासीहरू मारमा परेका छन् ।’ मन्त्रिपरिषद््को निर्णयले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उल्लंघन भएको उनको तर्क छ ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP