Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माधव नेपाल जननेता भए : यादव
माधव नेपाल जननेता भए : यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०७८
2
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाइ छ । सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानुनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन, बरु बढ्छ ।’ उनले नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ ।’ उनले माधव नेपाल समूह पनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुन सक्छ । अब धेरै ढिलो हुँदैन । प्रधानमन्त्रीज्यू गठबन्धनमा आवद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो । त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहनुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहनुहुन्छ ।’ मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भइरहेको उनको भनाइ छ । उनले भने, ‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन । उहाँहरूलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौँ । बरु, कांग्रेसले एक÷दुई वटा मन्त्रालय नै कम लिन्छ ।’ उनले कांग्रेसको क्रियाशिल सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको सुनाए । उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे । उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर÷पुससम्म सम्पन्न गरिसक्ने पनि सुनाए । उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाइट बढेको र विपीको स्थानमा पुग्न सक्ने पनि सुनाए । उनले भने, ‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उहाँको हाइट धेरै बढेको छ । उहाँ सबैले भरोसा गर्न योग्य व्यक्ति हो ।’ उनले प्रधानमन्त्री देउवा बन्नेबित्तिकै गच्छदारलाई उन्मुक्ति दिइएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने, ‘देउवाजी प्रधानमन्त्री हुनेबित्तिकै गच्छदारले उन्मुक्ति पाएका होइनन् । अदालतप्रति हामीले विश्वास गर्नुपर्छ ।’ उनले पार्टी सभापति देउवाले कहिल्यै पनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे । उनले भने, ‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नु हुँदैन । हामीले अदालतलाई विश्वास गर्नुपर्छ ।’ उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए । उनले आफूहरूलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए । उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP