Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी एकतामा अल्झँदै नेपालपक्ष एक्लौटी अघि बढ्दै ओली
पार्टी एकतामा अल्झँदै नेपालपक्ष एक्लौटी अघि बढ्दै ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०७८
UML Meeting
Hardik health
काठमाडौं– एमालेको नेपाल पक्षले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गर्दै गर्दा ओली पक्ष भने एक्लौटी अघि बढ्न थालेको छ । माधव नेपाल पक्षले सोमबार पार्टी एकताको मन्त्र फलाके पनि एमाले अध्यक्ष केपी ओलीले भने एक्लौटी रूपमा ९ वटा विभाग बनाएर अघि बढेको हो । बुद्धनगरको एक बैंक्वेटमा सोमबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरे पनि ओली पक्षले भने यसलाई बेवास्ता गर्दै विभिन्न ९ विभाग बनाएर नेपाललाई बेवास्ता गर्न लागेको छ । पार्टीको सबैभन्दा शक्तिशाली मानिने स्कुल विभागको जिम्मा पार्टी अध्यक्षसमेत रहेका ओलीले सम्हाल्ने भएका छन् । प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल छन् । यस्तै विदेश विभाग प्रमुखमा डा.राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् । प्रवक्ता ज्ञवालीका अनुसार विभागहरू २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४÷१५ सदस्य छन् । एमाले पार्टीको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेको उनले बताए । पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन भएको उनले जानकारी दिए । त्यस्तै, ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, डा.भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र कँडेलको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको बताइएको छ । प्रवक्ता ज्ञवालीका अनुसार नेपाल पक्षका लागि समेत विभागमा खाली ठाउँ राखिएको छ । ओली पक्षले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको बताइएको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख ज्ञवालीले बैठकपछि जानकारी दिए । कुनै पनि विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ । तर, अहिलेसम्मको वातावरण हेर्दा ओली पक्षले नेपाल पक्षलाई पार्टीमा भित्र्याउन नचाहेको बताइन्छ । यसैबीच, एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइतबार निर्णय गरेको थियो । विधान अधिवेशन अगावै प्रस्तावित विधान केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि तल्ला कमिटीमा पठाउने सो पार्टीको व्यवस्था छ । ती विषयमा छलफल गर्न एमालेले यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । यता, नेपाल–खनाल पक्षले भने पार्टी एकता गर्ने भनेर अहिलेसम्म सरकारमा जान चाहेको छैन । तर, उता ओली पक्षले भने एक्लै अघि बढ्ने संकेत देखाइसकेको छ । नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, एकताको पहल भइरहेको बेला बैठक बसेर निर्णय गर्न रोक्नुपर्ने निष्कर्ष बैठकको छ । ती नेताका अनुसार बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ । बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए । तर, नेपालले भने सम्माजनक ढंगले छिटो एकता होस् भन्ने चाहना राख्दै आएका छन् । सोमबारको आफू पक्षीय स्थायी कमिटी बैठकमा नेता नेपालले सम्मानजनक र सुव्यवस्थित ढंगले छिटो एकता होस् चाहेको बताएका हुन् । उनी निटक नेता रघुजी पन्तले जारी गरेको वक्तव्यमा नेता नेपालले सबैको एकताको भावनासँग आफ्नो पनि एकरूपता भएको बताएका छन् । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने आफ्ना चाहना रहेको बताइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०३:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP