Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भारतविरुद्ध प्रदर्शन
भारतविरुद्ध प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १७, २०७८
Biplop
Hardik health
काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतविरुद्ध नेपाली जनता आक्रोशित भएका छन् । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी भारतको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुइन तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पांगनतिरको तुइन काट्दा नदीमा खसेर हालसम्म बेपत्ता भएपछि यसविरुद्ध नेपालीले भारतविरुद्ध जनता आक्रोशित भएका हुन् । हुन त भारतले नेपालमाथि बारम्बार ठूल्दाइको प्रवृत्ति देखाउँदै आएकाले नेपालीमा भारतविरुद्ध आक्रोश पाल्दै नै आएका छन् । भारतले नेपालमाथि समय–समयमा गरेको अनेकौँ हस्तक्षेपको शृंखलाकै क्रममा नेपालीले दार्चुला घटनालाई लिएका छन् । शुक्रबार पनि नेपालीको ज्यानै जाने गरी गरेको अमानवीय कार्यप्रति काठमाडौंमा प्रशर्दनसमेत भएको छ । यसैक्रममा, शनिबार विभिन्न चारवटा कम्युनिस्ट पार्टीले दार्चुलाको मालाघाट तुइन घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ती पार्टीले दार्चुलाको महाकाली नदीमा तुइन तर्न लाग्दा एसएसबीले पांगनतिरको तुइन फुत्काउँदा नदीमा खसेर हालसम्म बेपत्ता भएको जनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ ।’ उक्त घटना हेपाहा र षड्यन्त्रमूलक भएको भन्दै उनीहरूले आमनेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न आह्वान गरेका छन् । ‘यथाशक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान बाध्य हुनेछौँ,’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको ध्यानाकर्षण यसैबीच, भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरूले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । एसएसबीले तुइनको डोरी निकालिदिँदा महाकाली नदीमा खसे नेपाली नागरिक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरूले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । समाचारप्रति दार्चुला प्रशासनको ध्यानाकर्षण यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यसबारे छानबिन भइरहेकाले दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेख्न दार्चुला प्रशासनले भनेको छ । प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा घटनाको वास्तविकता छानविन भइरहेको जनाइएको छ । उनले सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगरी दिन अनुरोध गरेकी छन् । घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेर गएको र हालसम्म कुनै औपचारिक जानकारी आइनसकेको उनले बताएकी छन् । ‘अनुसन्धानपश्चात घटनाको सत्य तथ्य जानकारी गराइने छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा घटना सम्बन्धमा वास्तविक सत्य–तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको र सो घटना अनुसन्धान, छानविनको क्रममा रहेको उल्लेख छ । एसएसबीको संलग्नता छैन यसैबीच, तुइनबाट नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता नभएको भारतले स्पष्ट पारेको छ । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको हो । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भएजस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् । तुुइन तर्न नसकेर युुवक आफैँ खसेको भारतले दाबी गरेको छ । तर, बाहिर आएजस्तो एसएसबीको संलग्नता नभएको भारतले जवाफ पठाएको बताइएको छ । छानबिन सुरु महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानबिन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतीय पक्षले तुइन नकाटेको दाबी गरे पनि प्रत्यक्षदर्शी र स्थानीय जनप्रतिनिधिहरूले भने धामी तुइन तर्दै गर्दा एसएसबीले तुइन काट्दा उनी नदीमा खसेका थिए । तर, यहि कुरालाई दार्चुला प्रहरी र प्रशासनले विषयातर गर्न खोजेको व्यास गाउँपालिकाका स्थानीयको दाबी छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले सोमबार, भदौ २३, २०८२
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP