Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भारतविरुद्ध प्रदर्शन
भारतविरुद्ध प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १७, २०७८
Biplop
Hardik health
काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतविरुद्ध नेपाली जनता आक्रोशित भएका छन् । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी भारतको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुइन तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पांगनतिरको तुइन काट्दा नदीमा खसेर हालसम्म बेपत्ता भएपछि यसविरुद्ध नेपालीले भारतविरुद्ध जनता आक्रोशित भएका हुन् । हुन त भारतले नेपालमाथि बारम्बार ठूल्दाइको प्रवृत्ति देखाउँदै आएकाले नेपालीमा भारतविरुद्ध आक्रोश पाल्दै नै आएका छन् । भारतले नेपालमाथि समय–समयमा गरेको अनेकौँ हस्तक्षेपको शृंखलाकै क्रममा नेपालीले दार्चुला घटनालाई लिएका छन् । शुक्रबार पनि नेपालीको ज्यानै जाने गरी गरेको अमानवीय कार्यप्रति काठमाडौंमा प्रशर्दनसमेत भएको छ । यसैक्रममा, शनिबार विभिन्न चारवटा कम्युनिस्ट पार्टीले दार्चुलाको मालाघाट तुइन घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ती पार्टीले दार्चुलाको महाकाली नदीमा तुइन तर्न लाग्दा एसएसबीले पांगनतिरको तुइन फुत्काउँदा नदीमा खसेर हालसम्म बेपत्ता भएको जनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ ।’ उक्त घटना हेपाहा र षड्यन्त्रमूलक भएको भन्दै उनीहरूले आमनेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न आह्वान गरेका छन् । ‘यथाशक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान बाध्य हुनेछौँ,’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको ध्यानाकर्षण यसैबीच, भारतीयको ज्यादती रोक्न माग गर्दै विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरूले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । एसएसबीले तुइनको डोरी निकालिदिँदा महाकाली नदीमा खसे नेपाली नागरिक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरूले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । समाचारप्रति दार्चुला प्रशासनको ध्यानाकर्षण यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यसबारे छानबिन भइरहेकाले दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेख्न दार्चुला प्रशासनले भनेको छ । प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा घटनाको वास्तविकता छानविन भइरहेको जनाइएको छ । उनले सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगरी दिन अनुरोध गरेकी छन् । घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेर गएको र हालसम्म कुनै औपचारिक जानकारी आइनसकेको उनले बताएकी छन् । ‘अनुसन्धानपश्चात घटनाको सत्य तथ्य जानकारी गराइने छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा घटना सम्बन्धमा वास्तविक सत्य–तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको र सो घटना अनुसन्धान, छानविनको क्रममा रहेको उल्लेख छ । एसएसबीको संलग्नता छैन यसैबीच, तुइनबाट नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता नभएको भारतले स्पष्ट पारेको छ । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको हो । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भएजस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् । तुुइन तर्न नसकेर युुवक आफैँ खसेको भारतले दाबी गरेको छ । तर, बाहिर आएजस्तो एसएसबीको संलग्नता नभएको भारतले जवाफ पठाएको बताइएको छ । छानबिन सुरु महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानबिन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतीय पक्षले तुइन नकाटेको दाबी गरे पनि प्रत्यक्षदर्शी र स्थानीय जनप्रतिनिधिहरूले भने धामी तुइन तर्दै गर्दा एसएसबीले तुइन काट्दा उनी नदीमा खसेका थिए । तर, यहि कुरालाई दार्चुला प्रहरी र प्रशासनले विषयातर गर्न खोजेको व्यास गाउँपालिकाका स्थानीयको दाबी छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP