Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस बैठकमा देउवाले भनेमहाधिवेशनको मिति सर्दैन
कांग्रेस बैठकमा देउवाले भनेमहाधिवेशनको मिति सर्दैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १४, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति कुनै पनि हालतमा नसर्ने बताएका छन् । बुधबार सभापतिको निजी निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । नेपाली कांग्रेसले आगामी १६ भदौमा महाधिवेशनको मिति तोकिसकेको छ । यसका लागि मंगलबारदेखि सुरु हुने भनिएको वडा अधिवेशनमा भने स्थगित गरिएको अवस्था छ । अधिवेशन स्थगित गरिएपछि अब महाधिवेशन प्रभावित हुने भनिरहेको बेला सभापति देउवाले १६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यतालिका ल्याउनु भनेका छन् । यता, महाधिवेशन निर्धारित मितिमै हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बताएका छन् । नेता पौडेलले केही अनलाइन संस्करणहरूसँग पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरेका छन् । उनले महाधिवेशन सार्ने विकल्प सोच्नसमेत नसकिने बताए । तर, कांग्रेसको निर्धारित कार्यतालिका अनुसार मंगलबार नै वडा अधिवेशन हुनुपर्ने भए पनि सो कार्यक्रम स्थगित गरिएको छ । त्यस्तै, आगामी १६ साउनमा पालिका अधिवेशन हुनुपर्ने भनिए पनि सो कार्यक्रम पनि अब प्रभावित हुने निश्चित छ । यस्तो अवस्थामा पनि महाधिवेशनको मिति नसर्ने भनिरहँदा कतिपय कांग्रेसका नेताहरू पनि विश्वास गर्न सकेका छैनन् । यता, सभापति देउवा र वरिष्ठ नेता पौडेलले महाधिवेशन नसर्ने बताइरहँदा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भने कोरोनाको अवस्था हेरेर महाधिवेशन सम्बन्धी निर्णय लिइने सहमति गरेको छ । कोरोनाको अवस्थाको हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने भएको बताइन्छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरूसँग पनि छलफल गरिने बताएका छन् । तर, अहिले नै महाधिवेशनको कार्यतालिका परिवर्तनका सन्दर्भमा कुनै निर्णय नभएको उनको भनाइ थियो । यसका लागि बिहीबार अपराह्न बस्ने बैठकले केही ठोस निर्णय लिने बताइएको छ । उनका अनुसार देशव्यापीरूपमा कोरोनाको अवस्था के छ ? जिल्लाबाट सुझाव लिएर यसबारे निर्णय लिइने प्रवक्ता शर्माले बताए । यता, कांग्रेस सक्रिया सदस्यता विवाद अझै साम्य हुन सकेको छैन । सभापति देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई नै क्रियाशील सदस्यताको प्रतिवेदन थप अध्ययन गरी २४ घन्टाभित्र परिस्कृत बनाएर ल्याउन भनेका छन् । केन्द्रीय सदस्यसमेत रहेका लेखक नेतृत्वको छानबिन समितिले सभापति देउवालाई मंगलबार क्रियाशीलको प्रतिवेदनसम्बन्धी अपूरो प्रतिवेदन दिएको थियो । सो अपूरो प्रतिवेदनलाई पूरा गरेर ल्याउन बैठकले छानबिन समितिलाई नै थप समय दिएको हो । क्रियाशीलको प्रतिवेदनबारे छानबिन समितिकै सदस्य कल्याण गुरूङले फरक मत राखेपछि सोही प्रतिवेदन सभापतिलाई बुझाइएको थियो । कागजातबिनै कतिपय क्षेत्रमा क्रियाशील दिइएको पाइएपछि सदस्य गुरुङले असन्तुष्टि जनाएका थिए । गत फागुनमा क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय कार्यसमितिले लेखकको नेतृत्वमा समिति गठन गरेको थियो । कांग्रेसमा क्रियाशीलबारे करिब पाँच हजार उजुरी परेका थिए । लेखक नेतृत्वको समितिले नवीकरणतर्फ ७७ जिल्लाकै र नयाँ क्रियाशीलतर्फ ७५ जिल्लाको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीका नयाँ क्रियाशीलबारे छानबिन नै गरेको थिएन । यी जिल्लाका पुराना क्रियाशीलको भने सदस्यता नवीकरण भएका छन् । प्रधानमन्त्रीको आलोचना सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री देउवाको पछिल्लो गतिविधिलाई लिएर आलोचना भएको छ । उनले उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि गठबन्धनमा व्यापक असन्तुष्टि उत्पन्न भएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्तिलाई लिएर बैठकमा लगभग सबैले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री देउवाले छलफल गर्दै गरौँला भनेका थिए । महामारीको बेला गठबन्धनमा सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्री बनाइएको भन्दै बैठकमा व्यापक असन्तुष्टि जनाउने काम भएको छ । गठबन्धन संस्कृतिमा सरसल्लाह नगरी निर्णय गर्ने कुराले राम्रो नतिजा नल्याउने नेताहरूले बताएपछि बैठकमा निक्कै गर्मागर्मीजस्तै भएको बताइन्छ । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले पनि उमेश श्रेष्ठ नियुक्तिको विरोध गरेका थिए । त्यसमा माओवादीका तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टि जनाएको बताइन्छ । गठबन्धनका अधिकांश नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री देउवाले आगामी दिनमा गठबन्धनसँग सल्लाह गरेर मात्र नियुक्ति गर्ने बताएको बताइन्छ । उपस्थित अरू नेताहरूले पनि यसबारे आलोचना गरेपछि प्रधानमन्त्री देउवाले शिक्षा लिँदै जाने बताएका थिए । त्यसपछि भने देउवाले आफ्नै साथीहरूले समेत विरोध गरेको भन्दै सल्लाह गर्दै जाने बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP