Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकतान्त्रिक मान्यता स्थापित नगर्दा सरकार बहिर्गमन : डा.महत
लोकतान्त्रिक मान्यता स्थापित नगर्दा सरकार बहिर्गमन : डा.महत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
download (1)
Hardik health
गुल्मी– नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बहिर्गमन हुनुपरेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेता महतले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकारको अन्त्य भएको हो ।’ नेपाली कांग्रेसलाई अहिले अनपेक्षितरूपमा सरकार सञ्चालनको अवसर प्राप्त हुनुमा ओली सरकारको ज्यादति नै प्रमुख कारण भएको उनको भनाइ थियो । उनले नेपाली कांग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको पनि बताए । डा महतले भने, ँधैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारी पाएका हौँ ।’ उनले सत्ता पाउनु मात्र ठूलो नभएको भन्दै त्यसलाई संयमित रूपमा शासन सत्ता सञ्चालन गर्नुपर्ने धारणा राखे । उनले कांग्रेसको सरकारलाई कहीँकतै पनि प्रश्न गर्ने ठाउँ दिन नहुने बताए । नेपाली कांग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता डा.महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँकतै त्रुटि नगरी सजग भएर पाइला चाल्नुपर्ने बताए । उनले मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र समपर्ण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिष्टहरूमा नदेखिएको आरोप पनि लगाए । उनले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले यो अवस्थामा नेपाली कांग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पंक्तिलाई सुझाव दिए । कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न निर्वाचन, पेशागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो निर्वाचनलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP