Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : महासेठ
नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : महासेठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
Raghubir
Hardik health
काठमाडौं– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । उनले भने, ‘कुनै पनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैनन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’ सोमबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिने गरी पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले नेपाललाई आम कार्यकर्ताले जस्तो मिडिया फे िगर्नुभन्दा पनि लो–प्रोफाइलमा बस्न सुझाव दिए । उनले भने, ‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताका लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन ।’ नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो÷चाँडो एकता भइछाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनका लागि नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न पनि आग्रह गरे । उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरू एमालेको एकता नहोस् भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरू सचेत हुनुपर्ने धारणा राखे । उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले एमाले कुनै पनि हालतमा विभाजन नहुने जिकिर गरे । अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई एकताका लागि दबाब दिएको पनि स्मरण गराए । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए । नेता महासेठले एमाले वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउनका लागि आफूहरूले यो कदम उठाएको भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे । उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पँक्तिले वाच गरेको पनि सुनाए । उनले पार्टी एकताको प्रयास भइरहेको बेला एकले अर्को समूहमाथि गालीगलौज गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा संकट पैदा हुने बताए । उनले युवा संघ र युथफोर्स पार्टीकै जनवर्गीय संगठन भए पनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आइटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरूको रिजर्भेसन रहेको भए पनि आत्मासात् गरिएको सुनाए । उनले सर्वोच्च अदालतको फैसलामा प्रत्येक वाक्यमा राजनीतिक भाषा राखिएको पनि टिप्पणी गरे । उनले सर्वोच्चले संसद पुनस्र्थापना मात्रै गरिदिएको भए जनताले पनि यसमा कुनै आपत्ति जनाउने थिएनन् भन्ने धारणा राखे । नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको दुई हप्ता बितिसक्दा पनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । उनले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव, एमालेको नेपाल समूह र जनमोर्चाको गठबन्धन धेरै लामो समय नजाने ठोकुवा गरे । उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने, ‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगान्डामात्रै हो । यो सम्भव छैन । महाभियोग लगाउन त्यति सजिलो छैन । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’ उनले कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताहरूलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चुनौती दिए । नेता महासेठले आगामी चुनावसम्म ओली, नेपाल र दाहाल एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले निवर्तमान प्रधानमन्त्री ओलीले साढे तीन वर्षको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरे । उनले ८०/९० प्रतिशत राम्रो काम गरेको दाबी गरे । तर, काम गर्दै जाँदा दुई/चार वटा गल्ती भएको होला भन्ने उनको भनाइ थियो । उनले वर्तमान प्रधानमन्त्री जनादेशबाट नभई परमादेशबाट आएकोले लक्षण राम्रो नदेखाएको टिप्पणी गरे ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP