Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यादव पक्षलाई आधिकारिकता
यादव पक्षलाई आधिकारिकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
Hardik health
काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले सोमबार दुवै पक्षलाई बोलाएर गरेको ‘हेड काउन्ट’ मा बहुमत पु¥याएका अध्यक्ष यादव पक्षलाई आधिकारिकता दिएको हो । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपेन्द्र यादवले नेतृत्व गरेको समूह जसपाको आधिकारिक भएको बताए । दुवै पक्षले आयोगमा आफू आधिकारिकता दाबी गरेका थिए । तर, सोमबार भने यादवले नेतृत्व गरेको समूहले आधिकारिकता पाएको छ । अब उनीहरूले गरेको निर्णय आधिकारिक हुने आयोगले जनाएको छ । चार जनालाई कारबाही गरेको पहिला मानिएको थिएन । अब कसरी कारबाही गर्ने भनेर आदेशमा विस्तृत भनिएको छ । जसपाको आधिकारिकताबारे आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो । ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुवै पक्षमा सनाखत गरेनन् । पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । ठाकुरलाई दल खोल्न मौका सोमबारको आयोगको निर्णयपश्चात अब महन्थ ठाकुर जसपाका अध्यक्ष रहेनन् । आयोगले यादव नेतृत्वको जसपालाई आधिकारिकता दिएसँगै ठाकुर अध्यक्षबाट हटेका छन् । जसपामा दुई अध्यक्ष रहेका थिए तर बीचमा दुई अध्यक्षबीच खटपट सुरु भएपछि यादवले ४ असारमा आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । खासमा तत्कालीन सरकारमा जाने कि नजाने भन्ने विषयमा मतान्तर भएपछि यो दलमा विवाद सुरु भएको थियो । बहुमत कार्यकारिणी सदस्य यादवको पक्षमा रहेकाले आयोगले यादव नेतृत्वको जसपालाई आधिकारिकता दिएको हो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको थियो । त्यो कारबाहीलाई भने आयोगले मान्यता नदिने निर्णय ३० जेठमा गरेको थियो । सो निर्णयलाई नै आयोगले निरन्तरता दिएको छ । अब कारबाही गर्नुपरेमा विधि पु¥याएर कारबाही गर्ने बाटोसमेत आयोगले खोलिदिएको छ । यसैबीच, आयोगले जसपाको आधिकारिकता अध्यक्ष यादव पक्षलाई दिएसँगै ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि अवसर दिएको छ । आयोगको फैसला अनुसार ठाकुर पक्षले नयाँ दल दर्ता गर्न सक्नेछ । त्यस्तो अवस्थामा ठाकुर पक्षका सांसदहरूको पद भने जाने छ किनकि नयाँ दल दर्ता गर्नका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्य र संघीय संसदका ४० प्रतिशत सांसद चाहिन्छ । दलसम्बन्धी ऐनको दफा ४४ (६) ले केन्द्रीय समितिमा बहुमत पु¥याउने पक्षलाई आधिकारिकता दिएपछि अर्को पक्षलाई नयाँ दल दर्ताका लागि अवसर दिन सक्ने व्यवस्था गरेको छ, यहि अनुसारा ठाकुरले दल दर्ता गर्ने मौका पाएका हुन । दफा ४४ (६) मा ‘उपदफा (५) बमोजिम सहमति कायम हुन नसकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१) बमोजिम आयोगमा दाबी पेस गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनु अघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रूपमा मान्यता दिई दर्ता गर्न सक्नेछ ।’ भनिएको छ । आयोगले यो प्रावधानअनुसार ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि अवसर दिए पनि सांसद पदको हैसियत के हुने भन्नेबारेमा कुनै निर्णय दिएको छैन । त्यसबारेमा आयोगको फैसलामा केही उल्लेख भएको छैन । दल सम्बन्धी ऐनको दफा ३२ (१) (ग) ले निर्वाचित भएको दल छाडेमा दल त्याग गरेको मानिने व्यवस्था गरेको छ । यो प्रावधानअनुसार निर्वाचित भएको दल त्याग गरेपछि सांसद पद पनि स्वतः गुम्ने कानुनी व्यवस्था छ । सोमबार ठाकुरको पक्षमा मतदान गरेका कार्यकारिणी परिषदका १६ जनामध्ये सात जना संघीय संसदका सदस्य छन् भने प्रदेश र स्थानीय तहमा ठाकुर पक्षमा लाग्ने निर्वाचित जनप्रतिनिधिको हकमा समेत के हुने भन्ने अन्योलता छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP