Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त
स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०७८
umesh-shrestha-_KhqLS18e9U
Hardik health
काठमाडौं(प्रस)– स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि राज्यमन्त्रीको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शीतल निवासमा गराउने परम्परा भए पनि यसपटक उक्त परम्परालाई तोड्दै सिंहदरबारमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । शपथग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य सचिवको उपस्थिति थियो । कोभिड–१९ को महामारीविरुद्ध स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री बनाएपछि विभिन्न अड्कलबाजीहरू हुन थालेको छ । प्रधानमन्त्री देउवालाई २९ असारमा मन्त्रिपरिषद् गठन गर्दा नै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने दबाब थियो । सरकारलाई समर्थन गर्ने दलहरू मात्र होइन, उनकै पार्टी नेपाली कांग्रेस र पार्टीभित्र पनि संस्थापन समूहकै नेताहरूले कोरोना महामारीविरुद्ध लडाइ“को नेतृत्व गर्न सक्ने स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाएका थिए । तर, प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त गरेनन् । त्यसयता प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री कहिले नियुक्त गर्ने भन्ने प्रश्न झेलिरहे । तर, निजी विद्यालय सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि एकाएक वातावरण फेरिएको छ । लिटिल एन्जल्स, आइडिया मोडल, स्मल हेभनलगायत विद्यालयका सञ्चालकका रूपमा चिनिएका श्रेष्ठ त्यत्तिमा मात्र सिमित छैनन् । स्वास्थ्यमन्त्री तत्कालका लागि राजनीतिक व्यक्तित्वबाट नै ल्याइनुपथ्र्यो तर यस्तो अवस्थामा व्यापारीलाई ल्याइ“दा अब सरकारप्रति आक्रोश बढ्न सक्छ । विज्ञ भनेर डा.युवराज खतिवडालाई अर्थमन्त्री बनाएर लोकप्रिय बन्न खोज्दा एमाले घरको न घाटको भएको छ । यहि घटना कांग्रेसमा पनि नदोहोरिएला भन्ने कुनै ग्यारेन्टी नभएको कतिपय कांग्रेसका नेताहरूले बताइरहेका छन् । खासमा राजनीतिक जोडघटाउका कारण स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बाजी मारेका हुन् । खोपलाई नै विषय बनाएर जो सुकैले राजनीतिक तहमा फाइदा लिने भएकाले खोपमा राजनीति नगर्ने व्यक्तिको खोजीमा प्रधानमन्त्री देउवा थिए, भन्छ बालुवाटर स्रोत । यो बेला राजनीतिक तहबाट मन्त्री बनाउने हो भने खोपलाई देखाएर राजनीतिक भ¥याङ चढ्न सजिलो हुने छ । यहि कुराको राम्रो ज्ञान भएका कृष्ण सिटौलाले पनि गगन थापाको स्थानमा उमाकान्त चौधरीको नाम अघि सारेपछि प्रधानमन्त्री देउवाले यहि बेला खेल खेल्न पाएको कांग्रेसभित्रै हल्ला चल्न थालेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०४:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले सोमबार, भदौ २३, २०८२
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP