Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्मला काण्ड : छानबिन होला त ?
निर्मला काण्ड : छानबिन होला त ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ११, २०७८
Nirmala Panta
Hardik health
काठमाडौं– निवर्तमान सरकारको सबैभन्दा महँगो घटनाका रूपमा लिइएको कञ्चनपुरकी बालिका निर्मला हत्या काण्डले फेरि एकपटक चर्चा पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख शैलेश थापा क्षत्रीलाई बालुवाटार बोलाएर निर्मलाको हत्यामा संलग्नलाई चाँडो कारबाही गर्न निर्देशन दिएपछि यो घटना फेरि एकपटक चर्चामा आउने भएको हो । त्यसो त आइतबार नै प्रधानमन्त्री देउवाले ट्विटरमार्फत निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आफूले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको बताएका छन् । उनले यस घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको बताएर एकपटक नक्साललाई हल्लाइदिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा ११ साउन ०७५ मा निर्मलाको शव फेला परेको थियो । प्रहरीको अनुसन्धानले बलात्कारपछि उनको हत्या भएको देखाएको थियो । तर, अवस्थामा फेला परेको थियो । हत्या भएको तीन वर्ष पुगिसक्दा पनि दोषी पत्ता लागेको छैन । यो समाचार तयार पर्दा त्यसको अघिल्लो दिन भए पनि यो समाचार पाठकको हातमा पर्दा सो घटनाले तीन वर्ष पूरा गर्नेछ । लामो अनुसन्धानपश्चात प्रहरीले ती १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको भनेर भने पनि सो घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको त्यसैबेला समाचार आइरहेको थियो । स्रोतको अनुसार सो घटनामा शक्ति व्यक्तिहरूको संलग्न रहँदा उनीहरूलाई पक्राउ गर्न प्रहरी पछि हटेको छ । तर, अब सरकार अर्को दलबाट बनेको अवस्था छ । अब पनि यस घटनाको यथार्थ पत्ता लागेन भने यो घटना नै नेपाल प्रहरीका लागि निक्कै ठूलो दाग रहिरहने सुरक्षालाई नजिकबाट अध्ययन गर्नेहरू नै बताउन थालेका छन् । घटनामा संलग्नलाई बचाउनका लागि प्रहरीले छद्म व्यक्तिहरू नउभ्याएको पनि होइन । यत्तिसम्म कि प्रहरीले एक व्यक्ति (जो मानसिकस्थिति ठीक नभएको) लाई उभ्याएर दोष थुपारेर आफ्नो बहादुरी देखाउन खोजेको थियो तर सो कार्य पछि प्रहरीको विरोध भएपछि सो जालसाझको भित्री कथा खुलेको थियो । यत्तिसम्म कि ती युवकको मुखमा दिसाको किरा मुखमा कोच्याएको भनेर तिनै युवकले बकेका थिए । प्रहरीको यहि हर्कतका कारण प्रहरी प्रशासनमाथि नै शंका उत्पन्न हुन थालेपछि प्रहरी पछि हटेको थियो । प्रहरी प्रशासनले अझै पनि अनुसन्धान तिनै व्यक्तिबाट सुरु गर्ने भन्नुले प्रहरीमाथि विश्वास देखिँदैन । ती युवकलाई अर्धचेत अवस्थामा ल्याएर जे भन्न लगाए पनि जब उनको डिएनए र निर्मलाको शरीरमा फेला परेको स्वाबसँग नमिलेपछि उनले जीवनदान पाएको आज पनि धेरैलाई थाहा भएकै हो । घटनाको तीन वर्षदेखि डिएसपीको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खट्दै आए पनि अहिलेसम्म घटनासँग सम्बन्धित दसीहरू प्रहरीले पाउन नसक्नु यो घटनामा स्वयं प्रहरी उच्चअधिकारीहरू पनि संलग्न भएको आसंका गर्न सकिन्छ । जस्तोसुकै अपराधीले पनि अपराधको प्रमाण कहिँ न कहिँ छाडेको विश्वकै अनुसन्धानले देखाएको छ । तर, निर्मला काण्डमा भने प्रहरीलाई आवश्यक पर्ने सबै प्रमाण नष्ट गर्ने न्यूनतम् ज्ञान प्रहरीलाईभन्दा बाहेक कस्लाई हुन्छ र ? मानसिक अवस्था ठीक नभएका दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेर प्रहरीले बलात्कारी र हत्याराको संज्ञा दियो । यहि बेला प्रहरीले दीपावली नै मनायो । तर, अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो । आन्दोलन मुलुकभर भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर सनी खुनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व संहाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै अपराधिक पत्ता लाग्न भने सकेको छैन । यता, निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएपछि अब यसले नयाँ रूप लिने देखिएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत ज्ञापनपत्र बुझाएका हुन् । सुरक्षा स्रोतका अनुसार निर्मला प्रकरण नेपाल प्रहरीको इतिहासमा महँगो अनुसन्धान भएको छ । यस अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ । तर, पनि अपराधीसम्म नपुग्नु कतै प्रहरीकै मिलेमतो त छैन ? अब उत्तर दिनै पर्ने अवस्था आएको छ । हिजो सरकार एमालेको, प्रहरी नेतृत्व पनि एमाले समर्थक, कञ्चनपुर प्रहरी पनि एमालेकै हुनाले यो घटनालाई सामसुम पार्न सजिलो भएको थियो तर अब वागमतीमा निक्कै पानी बगेको छ । भिन्न पार्टीले सरकार बनाएको अवस्थामा अब प्रहरी प्रशासनमाथि निक्कै दबाब पर्ने देखिएको छ । घटनालगत्तै प्रहरीका अब्बल अनुसन्धान अधिकृतहरूबाट भएको अनुसन्धानले सत्यतथ्य पत्ता लाग्न नसकेको यो घटनाको अवतरण गराउने जिम्मा अब प्रहरी प्रमुख क्षत्रीको हातमा गएको छ । फेरि दिसाको किरा मुखमा कोचेर बक्न लगाउने कि साँच्चै अनुसन्धान गरेर दूधको दूध, पानीको पानी छुट्टयाउने हो ? सबै प्रश्नको उत्तर प्रहरी प्रमुखले दिने सुरक्षालाई नजिकबाट हेर्नेहरूले बताउन थालेका छन् । अनुसनधानमा संलग्न प्रहरी अधिकारी अपराधमा चिनजानकै व्यक्तिको संलग्नता रहेको दाबी गरिरहेका छन् । बलात्कार र हत्याका अधिकांश घटनामा आफन्त र चिनजानकै व्यक्तिको संलग्नता रहेको पाइएको भन्दै उक्त घटनामा पनि आफन्त वा स्थानीय व्यक्तिकै संलग्नता रहेको हुनसक्ने प्रहरीको निष्कर्ष छ । तर, त्यो पाटोलाई पुष्टि गर्ने आधार नभएसम्म अहिले आसंका गरेर त्यही पाटोबाट अनुसन्धान गर्नुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले सोमबार, भदौ २३, २०८२
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP