Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बलियो पथतिर गठबन्धन
बलियो पथतिर गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १०, २०७८
download
Hardik health
काठमाडौं– सरकार समर्थित गठबन्धन बलियो पथतिर अघि बढेको छ । खासमा गठबन्धनमा एमालेकै असन्तुष्ट पक्षले धोका दिएमा गठबन्धन कमजोर हुने भनिएको बेला एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह जारी राखेका वरिष्ठ नेता माधवकुमार नेपाल फेरि गठबन्धनको बैठकमा सामेल हुन थालेपछि गठबन्धन बलियोतिर अघि बढेको हो । शनिबार साँझ बालुवाटारमा भएको गठबन्धनको बैठकमा नेता नेपालले सहभागिता जनाएका छन् । यसअघि उनले एकपटक आफ्ना विश्वास पात्र विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएका थिए भने त्यसपछि गोप्य रूपमा बसेको गठबन्धनको बैठकमा देउवालाई विश्वासको मत दिने प्रतिवद्धता नेपालले जनाएका थिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रमलगायत विषयमा छलफल भएको बताइन्छ । सरकार गठन भएको एक हप्ताभन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए । शनिबारको गठबन्धनको बैठकमा नेपाल सामेल भएसँगै ओलीसँग उनको एकता अझै टाढिँदै गएको चर्चा चल्न थालेको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । गठबन्धन र सरकार दुवैलाई कसरी प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको बताइएको छ । नेता नेपालले हिजो मात्रै ओलीलाई अझै नसुध्रिएको, तर्साउन खोजेको र आफूहरूलाई आममाफी दिन्छु भन्दै श्री ५ सरकारको जस्तो हुकुमी शैली प्रदर्शन गरेको आरोप लगाएका थिए । ओलीले केही दिनअघि आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा नेपाल र उनी समर्थक खासगरी देउवालाई विश्वासको मत दिने सांसदहरूलाई गल्ती गरेको भए पनि आममाफी दिने घोषणा गरेका थिए । नेपालसहित २२ जना सांसदहरूले देउवालाई विश्वासको मत दिएपछि ओली र नेपालबीच झनै तिक्तता बढेको छ । यो बीचमा दोस्रो तहका नेताहरूले नेपाल र ओलीबीच सहमति गराउने दाबी गरेपनि उनीहरू असफल भइरहेका छन् । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धन टुटाउन ठूलो कसरत भइरहेको बताएका छन् । नेकपा एमालेकै एक पक्षलाई लक्षित गर्दै दाहालले नपत्याउँदो किसिमले गठबन्धनलाई टुटाउन सकिन्छ कि भनेर कसरत भइरहेको बताएका हुन् । स्व. नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै दाहालले शनिबार एमालेभित्रै ‘आममाफी’ घोषणालाई पनि त्यो कसरतभित्र देख्न सकिने बताए । ‘एमालेभित्र फर्माम घोषणा भएको छ, कहाँ प्वाल छ भनेर प्रतिक्रियावादीहरूले टर्च बालेर हेरिरहेका छन्,’ दाहालले भने, ‘एमसिसी, आइटिएसले पो झगडा पारिदेला कि भनेर अनेक किसिमका कसरत भइरहेका छन् ।’
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP