Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक, अधिवेशन स्थगित
नेपाली कांग्रेसको पदाधिकारी बैठक, अधिवेशन स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १०, २०७८
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका वर्तमान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेपछि तत्कालका लागि अधिवेशन स्थगित गरिएको हो । बताइए अनुसार महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरिएको छ । बैठकपछि कांग्रेस नेता रमेश लेखकले स्थानीय तहको अधिवेशन सर्ने भएको बताए । मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्वनिर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पूरा नगरेपछि महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको हो । बताइएअनुसार अधिवेशन करिब १० दिने सर्ने देखिएको छ । कोरोनाले कतिपय जिल्लामा तयारी नपुगेको र केन्द्रीय क्रियाशील छानबिन समितिले १२ साउनमा प्रतिवेदन पेस गर्ने भएकाले त्यसपछि मात्र वडा अधिवेशन मिति तोकिने बताइएको छ । तर, स्थगित गरिएको अधिवेशन कहिले सार्ने भनेर मिति भने तोकिएको छैन । कार्यतालिका पछि ल्याउने कुरा भए पनि महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउने सहमति भएको बताइएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ । भदौ १६–१९ गते हुने भनिएको महाधिवेशनको अन्य कार्यतालिका भने कायमै रहेको भनिए पनि १२ साउनबाट सुरु हुने अधिवेशन स्थगन महाधिवेशनलाई कुनै न कुनै रूपले प्रभाव पार्ने कांग्रेसकै कतिपय नेताहरूले बताउन थालेका छन् । तर, महाधिवेशनको अन्य कार्यतालिका भने कायमै राखिएकाले आगामी मंगलबार बस्ने बैठकले यससम्बन्धी ठोस निर्णय गर्ने भनिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापतिलाई आफ्नो प्रतिवेदन मंगलबार बुझाउने भएको छ । त्यसलाई अध्ययन गरेर पार्टीको केन्द्रीय कार्य समितिले वडा तहको अधिवेशनको मिति तय गर्ने बताइएको छ । बैठकमा निर्वाचन समितिको निर्देशिका तयार गर्ने सहमति भएको छ । खासमा क्रियाशील छानबिन समितिका संयोजक लेखकले मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाउने निर्णय भएको छ । २० असारमा बुझाउने गरी कार्यतालिका बनाए पनि मंगलबार मात्र बुझाउने भएको छ । यहि क्रियाशील सदस्यको विवादले अहिले कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बस्नेहरूको घुइँचो देखिएको छ । सो अनशनको घुइँचोलाई मध्यनजर गर्दै सभापति देउवाले धर्ना र अनशन गरिरहकोहरूको माग सम्बोधन गर्न शुक्रबार नै निर्देशन दिएका थिए । उनीहरूसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसमहामन्त्री डा.रामशरण महतलाई जिम्मेवारी दिएका थिए । उनीहरूले शुक्रबार नै सानेपामा अनशन र धर्ना गरिरहेका नेता कार्यकतासँग छलफल गर्ने बुझिएको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै कांग्रेस पार्टी कार्यालय सानेपामा धनुषा, सप्तारी र बाराका संस्थापन इत्तर पक्षका नेता कार्यकर्ताले धर्ना र अनशन जारी राखेका छन् । त्यसको काउन्टरमा बाराका संस्थापन पक्षले पनि धर्ना सुरु गरेपछि स्थिति निक्कै तनावपूर्ण हुन गएको बताइन्छ । स्रोतका अनुसार क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको हो । क्रियाशील सदस्यता विवाद समयमा नटुंगिँदै पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति सारिने भएको हो । कांग्रेसको राजनीतिलाई नजिकबाट हेर्नेहरूका अनुसार क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु¥याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्नेलगायत कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव भने छैन । तर, अब अधिवेशनको मिति केही दिन पर सरेपछि महाधिवेशन हुनेमा शंका गर्न थालिएको छ । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले कतिपय केन्द्रीय नेताहरू आ–आफ्नो गृहजिल्लामा पुगेका छन् । तर, अधिवेशन सुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको अधिवेशन स्थगित गरिएपछि विभिन्न प्रश्नहरू उठ्न थालेको छ । बैठकमा नै महाधिवेशनको अन्तिम मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका फेरबदल हुन सक्ने छलफल चलाइएको छ । गत ४ असारमा बसेको केन्द्रीय समिति बैठकले अन्तिमपटकका लागि भन्दै महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो । त्यसो त पटकपटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसका लागि भदौ तेस्रो सातासम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कानुनी बाध्यता पनि छ । पार्टी विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । ०७६ फागुनमै कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो तर विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै ०७७ फागुन ७–१० गतेसम्म महाधिवेशनको समय तोकिएको थियो तर कोरोना महामारीसँगै पार्टीको सांगठानिक समायोजनको काम पनि बाँकी रहेकाले कांग्रेसले कानूनी सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । भदौमा महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्ने जोखिम छ । त्यसैले पनि कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने दबाब छ । तर, अधिवेशनको तीन दिनअघि गरिएको यो निर्णयले फेरि महाधिवेशन सम्पन्न हुनेमा शंका गर्न थालिएको छ । वडा तहमा कार्यकर्ताले अधिवेशनको माहोल बनाउँदै गर्दा स्थगितको समाचार पुगेपछि कांग्रेसमा खल्लो महसुस हुन थालेका बताइन्छ ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP