Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सन्दर्भः नेपाली कांग्रेसको १४औँ महाधिवेशन, धर्नाका विरुद्ध धर्ना
सन्दर्भः नेपाली कांग्रेसको १४औँ महाधिवेशन, धर्नाका विरुद्ध धर्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ८, २०७८
Dharna
Hardik health
काठमाडौं– कांग्रेस केन्द्रीय कार्यालयमा धर्नाका विरुद्ध धर्ना बस्नेहरूको घुइँचो लागेको छ । कांग्रेसको १४औँ महाधिवेशन हुने भएपछि क्रियाशील सदस्यता वितरणकै विषयलाई लिएर निस्केको विवाद मिल्न नसक्दा अहिले सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन बस्नेहरूको घुइँचो लागेको हो । पार्टी नेतृत्व सरकार गठन र गठबन्धन रिझाउन लागिपरे पनि नेता÷कार्यकर्ता भने १४औँ महाधिवेशनको तयारीमा देखिन्छन् । मुख्यगरी क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद छ । विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समिति बनाए पनि त्यो समितिले विवाद सुल्झाउन सकेको छैन । बरु क्रियाशील सदस्यत वितरणको विषयलाई लिएर केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु भएपछि अहिले केन्द्रीय नेताहरू अनशनकारीको भावना जित्नतिर लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षका नेता÷कार्यकर्ता केन्द्रीय कार्यालयको मुल ढोकामा धर्ना बसेको १३ दिन पुग्दा पनि उनीहरूको माग पूरा गर्नेतिर भन्दा पनि उनीहरूलाई देखाएर मतदाता तान्न उनीहरू व्यस्त छन् । त्यसमाथि बिहीबारदेखि सभापित शेरबहादुर देउवा पक्षका नेता÷कार्यकर्ताले मेत धर्ना थालेपछि अहिले कार्यालयमा सानोतिनो मेला नै लाग्ने गरेको नेताहरूले बताएका छन् । उनीहरूले पनि टेन्ट टागेर धर्ना दिएका छन् । त्यसो त बिहीबारदेखि नेता÷कार्यकर्तालाई त्यही भातभान्साको व्यवस्था गरिन थालिएको छ । महाधिवेशनको प्रक्रिया सुरु हुन ६ दिन मात्रै बाँकी रहँदा कांग्रेसको क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । क्रियाशिल सदस्यता छानबिन समितिले लगभग सबै ठाउँको क्रियाशिल सदस्यता छानबिनको काम सकेको भने पनि प्रदेश २ को बारा र सप्तरीको विवाद सुल्झिएको छैन । खासमा बारा र सप्तरीको विवादले पार्टीलाई गाँजेको छ । समितिले ती जिल्लाहको विवाद केन्द्रीय कार्यसमितिमै फिर्ता गरेपछि विवाद बढेको देखिन्छ । वरिष्ठ नेता पौडेल पक्षधरले जथाभावी बाँडिएको क्रियाशिल सदस्यताविरुद्ध उठेपछि यसलाई काउन्टर दिँदै सभापति देउवा पक्षधरले पनि जिल्लाबाट सिफारिस आएका सबैलाई अनुमोदन गर्नुपर्ने माग राख्दै धर्ना सुरु गरेको छ । बताइएअनुसार बारामा १३औँ महाधिवेशनमा ७ हजार ९ सय ३७ जना क्रियाशिल सदस्यता रहेकोमा अहिले पाँच हजारले मात्रै नवीकरण गरेका छन् । बारा जिल्ला कार्यसमितिका सभापति जयचन्द्र चौरासियाका अनुसार नवीकरण बराबर नै नयाँ क्रियाशिल पठाए पनि विवाद झिकिएको छ । त्यस्तै सप्तरीमा पनि संस्थापन पक्षबाट आफूखुसी गरिएको पौडेल पक्षधर नेता लक्ष्मण रायले बताएका छन् । उनका अनुार जिल्ला सभापति नागेन्द्र रायले न्यूनतम् प्रक्रियासमेत पूरा नगरी गैरकांग्रेसलाई बाहुबलको आधारमा क्रियाशिल सदस्यता दिइएको छ । १३औँ महाधिवेशनमा ७ हजार तीन सय ६० क्रियाशिल सदस्यता रहेको सप्तरीमा झन्डै पाँच हजार क्रियाशिल बढी पठाइएको बताइएको छ । यता, कांग्रेसले १४औँ महाधिवेशनका लागि सत प्रतिशत क्रियाशिल सदस्यता थप्ने नीति लिएको छ । कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया १२ साउनदेखि सुरु हुने भए पनि क्रियाशिल सदस्यता विवाद टुंगिन नसक्दा महाधिवेशन अनिश्चिततातिर अघि बढेको छ । पूर्व निर्धारित कार्यतालिका अुनसार उक्त दिन देशभरका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन हुनेछ । पार्टी सरकारमा गएको र क्रियाशिल सदस्यतासमेत नटुंगिएकाले केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्ला तहको अधिवशेन सार्ने विषयमा कांग्रेसले छलफल थालेको छ । यहि विषयम छलफल गर्न शुक्रबार सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । उक्त बैठकले क्रियाशिल विवाद र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय गर्न सक्ने बताइएको छ । तर, भरपर्दो स्रोतका अनुसार पार्टीले सरकारको नेतृत्व गर्दा आन्तरिक तयारीमा केही ढिलाइ हुने देखिएकाले केही समयका लागि महाधिवेशन सारिने सम्भावना रहेको छ । तर, वडास्तरमा अधिवेशनको तयारी भइसकेकाले अब सो समय सार्न कांग्रेसका लागि निक्कै चुनौतिपूर्ण रहेको कांग्रेसकै कतिपय नेताहरूले बताएका छन् । त्यसो त विधानानुसार कार्यकाल सकिएको कांग्रेसका समितिहरू संविधानको सहारामा आउँदो १९ भदौसम्मका लागि कामचलाउ वैधानिकतामा छन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन तय गरिएको कांग्रेसको क्रियाशील सदस्यता नै नटुँगिँदा महाधिवेशनको पहिलो खुड्किलो वडा अधिवेशन नै प्रभावित हुने भएको देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०२:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP