Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
विश्व
  • Home
  • विश्व
  • कालो ढुसीबाट चार हजार जनाको मृत्यु
कालो ढुसीबाट चार हजार जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
kalo dhusi
Ncell
Hardik health
नयाँ दिल्ली– कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई मात्रै असर गर्ने कालो ढुसीबाट भारतमा ४ हजार ३ सय जनाको मृत्यु भएको छ । एक तथ्यांक अनुसार ४५ हजार ३ सय ७४ जनामा यसको संक्रमण देखिएकोमा ४ हजार ३ सय जनाको मृत्यु भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मान्डवीयलाई उद्धृत गर्दै संक्रमित भएकामध्ये ५० प्रतिशत बिरामी अझै उपचारार्थ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । चिकित्सकहरूले भने कोभिड–१९ को बिरामीको उपचारमा प्रयोग गरिने ‘स्टेरोएड’सँग कालो ढुसीको सम्बन्ध रहेको बताउँदै आएका छन् । कालोढुसीको प्रकोपलाई औषधि विज्ञानमा ‘म्युकरमाइसिस’ भनिएको छ । कोभिड–१९ को उपचारमा प्रयोग हुने ‘स्टेरोएड’ले फोक्सोमा हुने सुजन कम गर्न सघाउँछ । साथै शरीरको रोग प्रतिरक्षा प्रणालीले कोरोना भाइरसबिरुद्ध लड्ने क्रममा हुने क्षति रोक्न सहयोग पु¥याउँछ । तर स्टेरोएडले प्रतिरक्षा घटाउँछ र चिनी रोगका बिरामीको रगतमा चिनीको मात्र बढाउने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् । उक्त विशेषताले कालो ढुसीको प्रकोप निम्तिने र चिनी रोगी तथा क्यान्सर एवं एचआइभी पोजेटिभ हुने बिरामीमा यसको जोखिम बढी हुने समाचारमा जनाइएको छ । चिकित्सकहरूका अनुसार कालो ढुसीबिरुद्ध खोप मात्रै यसको उपचार विधि हो । कालो ढुसीको प्रकोपबाट भारतको महाराष्ट्र र गुजरात राज्य सबैभन्दा बढी प्रभाबित भएको बताइएको छ । दुबै राज्यमा कालो ढुसीको प्रकोपबाट हालसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भएको भइसकेको बताइएको छ । बैंग्लोरस्थित एक अस्पतालमा आँखा विज्ञ भएर काम गरिरहेका डा.रघुराज हेगडेले पछिल्ला दिनहरूमा कालो ढुसीको प्रकोप भएका थुप्रै बिरामीको उपचार गरिरहेको बताएका छन् । कालो ढुसीको संक्रमण भएको एक सातादेखि १ महिनाभित्र उचित उपचार नपाए बिरामीको मृत्यु हुने चिकित्सहरूको भनाइ रहेको छ । बढ्यो कोरोना संक्रमितको संख्या भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । विस्तार संक्रमितको संख्या घट्दै गएको भारतमा एक्कासि संक्रमितको संख्या बढेको हो । भारतमा बुधबार एकै दिन ४२ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् । भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हाल कुल संक्रमितको संख्या ३ करोड १२ लाख १६ हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या नै ४ लाख ७ हजार १ सय ७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ४ सय ८९ जनाको मृत्यु भएको छ । तर, महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्यांकमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घन्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या ३ हजार ९ सय ९८ भएको मन्त्रालयले दाबी गरेको छ । कोरोना भाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म ४ लाख १८ हजार ४ सय ८० पुगेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा ३६ हजार ९ सय ७७ कोरोना मुक्त भएसँगै भारतमा ३ करोड ३ लाख ९० हजार ७ सय १० व्यक्ति कोरोनामुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २ सय ७३ जनाको स्वाब परीक्षण गरेको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । (रासस-बिबिसी)
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP