Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वास्तविक धरातलतिर ओली
वास्तविक धरातलतिर ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
Main Photo
Hardik health
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली वास्तविक धरातलतिर आउन थालेका छन् । यसअघि आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नाम सुन्नेबित्तिकै मुन्टो बटार्ने अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिने घोषणा गरेपछि उनी वास्तविक धरातलतिर लम्किएको देखिएको हो । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको यसका लागि वरिष्ठ नेता नेपालाई दोस्रो अध्यक्षमा स्विकार्ने बताएपछि मिलन विन्दुतिर अघि बढेको एमालेका नेताहरूले नै बताउन थालेका छन् । तर, नेता नेपालले भने ‘बहुमत नभएको कमिटीमा जान्नँ’ भनेपछि सहमति नभएको बताइन्छ । बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि उनले एकतामा इच्छा नदेखाएको बताएका छन् । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।’ उनले बैठकमा कोही कसैलाई पनि पार्टीबाट ननिकालिने पनि उनले ग्यारेन्टी गरेका छन् । उनले भने, ‘ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्, संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु । म थाकेको छैन । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’ यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेतालाई नेता नै नमान्ने र उनीनिकट नेताहरूलाई पार्टीमा ढिम्किनै नदिएर पार्टीमा जंगे शासन चलाउन खोजेको नेपाल पक्षधर नेताहरूले बताएका छन् । पार्टीमा नेपाल पक्षलाई पेलेर नै जानुपर्छ भन्ने मानसकिता बनाएर अघि बढेका अध्यक्ष नेताको अडानका कारण संसदको ठूलो दल भएर पनि अहिले प्रतिपक्षी दलमा सिमित रहन परेको एमालेलाई नजिकबाट अध्ययन गर्ने विश्लेषकहरूले बताइरहेका छन् । सत्तामा बसिन्जेल अध्यक्षको आँखामा सत्ताको लेप लाग्दा आफूहरूको अवमूल्यन मात्र होइन, ‘म नै पार्टी हुँ’ भन्ने सोचबाट अघि बढ्दा आफूहरूले उनीविरुद्ध संघर्ष गर्दा एमालेले सत्ता गुमाउनु परेको तर अहिले आएर उनले ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ र १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु’ भनेर भने पनि यो अभिव्यक्ति ढिला हुँदा एमालेले सर्वस्व गुमाउनु परेको नेपाल पक्षधरका एक नेताले बताएका छन् । एमाले सत्तामा हुन्जेल आफ्नो अडानबाट तल झर्न नमानेका अधयक्ष ओलीले अहिले भने पार्टीमा एकता कायम भए सबै संरचनाहरू २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुने बताएर असाध्यै लचिलोपन देखाएको ती नेताले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरूलाई त्यसका लागि तयार छु भनेको समेत उनले सुनाए । ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ अध्यक्ष ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ यसैबीच, बैठकले विभिन्न चार वटा विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार पहिलो प्रस्तावको रूपमा अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खल्बल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पु¥याएकोलगायत ठहर एमालेको छ । यस्तै, ओली सरकारको समीक्षा गर्दै विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ । यस्तै अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यस्तै सिंगो पार्टी पंक्तिलाई अहिलेको प्रतिकूल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कमब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौँथो प्रस्ताव पनि बैठकले पारित भएको छ । यसैच, बैठकले संविधानको धारा ७६ (५) लाई संशोधन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकको तेस्रो दिन भएका छलफलहरूबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीयताको अभ्यास गरेको भन्दै आवश्यकता परे संविधान संशोधन गर्ने उल्लेख गरे । उनले बुधबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘धारा ७६ (५) लाई संविधान संशोधनमार्फत सच्याउँछौँ ।’ ज्ञवालीका अनुसार संगठनलाई चुस्तदुरुस्त बनाउने र केन्द्रमा देखा परेको अन्योल टुंग्याउनेबारे बैठकमा छलफल भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले सोमबार, भदौ २३, २०८२
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP