Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वास्तविक धरातलतिर ओली
वास्तविक धरातलतिर ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ७, २०७८
Main Photo
Hardik health
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली वास्तविक धरातलतिर आउन थालेका छन् । यसअघि आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नाम सुन्नेबित्तिकै मुन्टो बटार्ने अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिने घोषणा गरेपछि उनी वास्तविक धरातलतिर लम्किएको देखिएको हो । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको यसका लागि वरिष्ठ नेता नेपालाई दोस्रो अध्यक्षमा स्विकार्ने बताएपछि मिलन विन्दुतिर अघि बढेको एमालेका नेताहरूले नै बताउन थालेका छन् । तर, नेता नेपालले भने ‘बहुमत नभएको कमिटीमा जान्नँ’ भनेपछि सहमति नभएको बताइन्छ । बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि उनले एकतामा इच्छा नदेखाएको बताएका छन् । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।’ उनले बैठकमा कोही कसैलाई पनि पार्टीबाट ननिकालिने पनि उनले ग्यारेन्टी गरेका छन् । उनले भने, ‘ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्, संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु । म थाकेको छैन । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’ यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेतालाई नेता नै नमान्ने र उनीनिकट नेताहरूलाई पार्टीमा ढिम्किनै नदिएर पार्टीमा जंगे शासन चलाउन खोजेको नेपाल पक्षधर नेताहरूले बताएका छन् । पार्टीमा नेपाल पक्षलाई पेलेर नै जानुपर्छ भन्ने मानसकिता बनाएर अघि बढेका अध्यक्ष नेताको अडानका कारण संसदको ठूलो दल भएर पनि अहिले प्रतिपक्षी दलमा सिमित रहन परेको एमालेलाई नजिकबाट अध्ययन गर्ने विश्लेषकहरूले बताइरहेका छन् । सत्तामा बसिन्जेल अध्यक्षको आँखामा सत्ताको लेप लाग्दा आफूहरूको अवमूल्यन मात्र होइन, ‘म नै पार्टी हुँ’ भन्ने सोचबाट अघि बढ्दा आफूहरूले उनीविरुद्ध संघर्ष गर्दा एमालेले सत्ता गुमाउनु परेको तर अहिले आएर उनले ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ र १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु’ भनेर भने पनि यो अभिव्यक्ति ढिला हुँदा एमालेले सर्वस्व गुमाउनु परेको नेपाल पक्षधरका एक नेताले बताएका छन् । एमाले सत्तामा हुन्जेल आफ्नो अडानबाट तल झर्न नमानेका अधयक्ष ओलीले अहिले भने पार्टीमा एकता कायम भए सबै संरचनाहरू २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुने बताएर असाध्यै लचिलोपन देखाएको ती नेताले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरूलाई त्यसका लागि तयार छु भनेको समेत उनले सुनाए । ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ अध्यक्ष ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ यसैबीच, बैठकले विभिन्न चार वटा विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार पहिलो प्रस्तावको रूपमा अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खल्बल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पु¥याएकोलगायत ठहर एमालेको छ । यस्तै, ओली सरकारको समीक्षा गर्दै विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ । यस्तै अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यस्तै सिंगो पार्टी पंक्तिलाई अहिलेको प्रतिकूल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कमब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौँथो प्रस्ताव पनि बैठकले पारित भएको छ । यसैच, बैठकले संविधानको धारा ७६ (५) लाई संशोधन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकको तेस्रो दिन भएका छलफलहरूबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीयताको अभ्यास गरेको भन्दै आवश्यकता परे संविधान संशोधन गर्ने उल्लेख गरे । उनले बुधबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘धारा ७६ (५) लाई संविधान संशोधनमार्फत सच्याउँछौँ ।’ ज्ञवालीका अनुसार संगठनलाई चुस्तदुरुस्त बनाउने र केन्द्रमा देखा परेको अन्योल टुंग्याउनेबारे बैठकमा छलफल भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP