Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मिल्ला त जसपाको विवाद ?
मिल्ला त जसपाको विवाद ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०७८
unnamed (1)
Hardik health
काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद मुख्यतः सत्ता केन्द्रित नै थियो । पहिलोपटक तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदमा गत २८ वैशाखमा विश्वासको मत लिँदा फरक कोणमा उभिएका जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले ३ असारमा विश्वासको मत माग्दा भने एकै ठाउँमा आइपुगे । यादव पक्षले ओलीको विपक्षमा मतदान गर्दा ठाकुर पक्ष तटस्थ बसेको थियो । तर, देउवालाई भने दुवै पक्षले विश्वासको मत दिएको थियो । जसपाको आधिकारिता विवाद निर्वाचन आयोगमा सुनुवाइ भइरहँदा दुई पक्षको विवादको जड करिब समाप्त भएको छ । देउवाले विश्वासको मत लिएपछि जसपाभित्र एकताको प्रयास हुने धेरैले अपेक्षा गरेका थिए । तर, मंगलबारसम्म त्यसको केही छनक देखिएको छैन । मंगलबार यादव पक्षको संसदीय दलको बैठक बसेको छ भने ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेको छ । यादव पक्षले मंगलबारको बैठकबाट पार्टीको संसदीय दलको विधान पारित गरेको छ । बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताएका छन् । ‘सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा भने कुनै छलफल नभएको उनले बताए । संसदीय दलको विधान पारित भएको छ,’ अध्यक्ष यादवले भने, ‘जसपा एउटै पार्टी हो, दुईवटा होइन ।’ त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताए । बैठकले संसदीय दलको विधानलाई मुख्य एजेन्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो । ठाकुर पक्षको मागः संविधान संशोधन जसपाको ठाकुर पक्षको पनि मंगलबार नै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । बैठकले संविधान संशोधन र रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरूको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’ यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरूको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरूले प्रधानमन्त्री देउवाले मिलेर काम गरौँ भनेपछि विश्वासको मत दिएको बताएका थिए । अब सरकारमा जाने कि नजाने भन्नेमा भने नेताहरूको फरक–फरक मत आएको छ । केहीले सरकारमा जान नहुने मत राखेका छन् भने कतिपयले सरकारलाई समर्थन गरेपछि जस अपजस बोल्नुपर्ने भएकाले सरकारमा जानुपर्ने मत राखेका छन् । तर, सत्तारुढ कांग्रेस र प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै निर्णय नभएको एक नेताले बताए । कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठनलगायतका लागि निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएको छ । साथै सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याकेज ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP