Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन जथाभावी सदस्यता नबाँड्न माग
कांग्रेस महाधिवेशन जथाभावी सदस्यता नबाँड्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०७८
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी समायोजनको बाहनामा जथाभावी क्रियाशील सदस्यता वितरण नगर्न माग गरेका छन् । संस्थापन पक्ष इतरका प्रभावशाली १० युवा नेताले मंगलबार विज्ञप्तिमार्फत जथाभावी गरिएको सदस्यता वितरणले पार्टीलाई समस्याको भूमरीमा फसाउनेतर्फ पनि सचेत गराएका छन् । युवा नेताहरू डा.चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा पार्टी कब्जा गर्ने मनसायले मनपरी क्रियाशील सदस्यता वितरण गर्न लागिएको भन्दै आशंका पनि व्यक्त गरिएको छ । अन्य राजनीतिक दलहरूले समेत कांग्रेसलाई विश्वास गरी देशको अभिभारा सुम्पेको बेला पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न उनीहरूको माग छ । क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमूलक कार्यक्रम भइरहेकोप्रति लक्षित गर्दै युवा नेताले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा १४औँ महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्न र केही जिल्लाका गतिविधिले आफूहरूको ध्यान तानेको उल्लेख गरेका छन् । १० युवा नेताले सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । ‘मुख्य गरी पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रूपमा रहेका क्रियाशील सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्ति संगत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन,’ वक्तव्यमा भनिएको छ । कांग्रेसका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनशनमा बसेका छन् । यसलाई युवा नेताले गम्भीर विषयको रूपमा लिएको उल्लेख गरेका छन् । ‘विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ ।’ कांग्रेसको क्रियाशील छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याको विधिसंगत र तार्किक समाधान गर्न पनि युवा नेताहरूले आग्रह गरेका छन् । कांग्रेसभित्र पार्टी एकतामार्फत आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनिलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्यामा उनीहरूले प्रश्न उठाएका हुन् । पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताकै विषयमा धनुषा, बारा र सर्लाहीका नेता कार्यकर्ता धर्ना र आमरण अनशनसमेत बसेका छन् । क्रियाशील सदस्यता विवादले महाधिवेशन पनि तोकिएको समयमा हुनेमा संशय देखिएको नेताहरूले बताएका छन् । त्यसैले क्रियाशील सदस्यताको विवाद नलम्ब्याउन उनीहरूले माग गरेका छन् । पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्ने भए पनि उनीहरूको उपयुक्त व्यवस्थापन गर्ने दायित्व पनि पार्टीको भएको युवा नेताको मत छ । ‘तर एकैचोटी पुराना साथीहरूको विस्थापन हुने गरी जथाभावी गर्नु हुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरूको विधिसंगत र तार्किक समाधान गर्नुपर्ने उनीहरूले बताएका छन् । त्यस्तै, कांग्रेस केन्द्रीय डा.शेखर कोइरालाले मापदण्डविपरीत वितरण गरिएको क्रियाशील सदस्यता स्वीकार नगर्ने दृढता व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा धर्नामा बसेका विभिन्न जिल्लाका नेता कार्यकर्तालाई मंगलबार भेट्दै कोइरालाले फर्जी सदस्यता स्वीकार्य नहुने धारणा राखेका हुन् । ‘पार्टीको विधान र मापदण्डभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ कोइरालाले भने, ‘विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ ।’ उनले धर्नामा बसेका नेता कार्यकर्ताको मागमा ऐक्यवद्धता जनाउँदै मापदण्ड अनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिए । ‘डिजिटल भोटिङ’ कांग्रेसको आगामी १४औँ महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ प्रविधि तयार गरिएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधि तयार गरिएको जनाएको छ । विभाग प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप दिएको छ । केन्द्र र सातै प्रदेशको निर्वाचन ‘डिजिटल भोटिङ’ का माध्यमबाट गर्न सकिने गरी प्रविधि तयार गरिएको विभागका सचिव दीपेश थापा मगरले जनाएका छन् । ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिकरूपमै आयोजना गर्न सकिने आसाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो प्रविधि प्रयोग गरेर ७७ जिल्ला कार्यालयबाटै प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । यससँगै ‘डिजिटल भोटिङ’ को जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरको नेटवर्क तयार गरिएको उनले जनाएका छन् । आगामी महाधिवेशनमा प्रयोगका लागि यस सम्बन्धी प्रगति प्रतिवेदन कांग्रेस केन्द्रीय कार्यसमितिमा पठाउने विभागले निर्णय गरेको छ । केन्द्रको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध गरिने जनाइएको छ । कांग्रेसको प्रविधि संयोजन उपसमिति संयोजक इन्जिनियर दीपेश विष्टको टोलीले यो प्रविधि तयार गरेको हो ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP