Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आन्दोलनमा पौडेलको ऐक्यवद्धता
आन्दोलनमा पौडेलको ऐक्यवद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेस १४औँ महाधिवेशनको सम्मुखमा छ । आगामी १६ भदौदेखि १९ सम्मका लागि तय गरिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा महाधिवेशन हुनेमा आशंका पनि सुरु हुन थालेको छ । महाधिवेशनमा केन्द्रित हुनुपर्ने सभापति शेरबहादुर देउवाले गत २९ असारयता मुलुकको कार्यकारी भार सम्हालेकाले उति ध्यान दिन पाएका छैनन् । कांग्रेसमा हालसम्म क्रियाशील सदस्यता विवाद नै मिलिसकेको छैन । विवाद मिलाउन गठन गरिएको समितिका सदस्य नै कार्यकर्ताबाट कुटिएबाट विवाद कति गहिरो छ भन्ने प्रष्ट हुन्छ । क्रियाशील सदस्यता विवादको विषयलाई दिएर केही कार्यकर्ता आन्दोलित नै भएका छन् । पार्टी केन्द्रीय कार्यलयमा अनसन सुरु भइसकेको छ । हुन त यसअघिको महाधिवेशनको सम्मुखमा पनि सानेपामा अनसन बसिएकै थियो । तर, यसपटकको अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन जनाएका छन् । सोमबार उनले अनसनस्थलमा पुगेर क्रियाशील सदस्यताका लागि पार्टीभित्र भइरहेका आन्दोलनप्रति समर्थन जनाएका हुन् । देशभर निष्ठावान् कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको आरोप लगाउँदै उनले पार्टी कार्यालय सानेपामा जारी ‘अनसन’ प्रति ऐक्यबद्धता रहेको जनाए । ‘देशभरिका कांग्रेसजन आज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिँदै छ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यवद्धता छ,’ पार्टी कार्यालयमा भइरहेका आन्दोलनमा समर्थन जनाउन सानेपा पुगेका पौडेलले भने । कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरूले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धर्ना दिइरहेका छन् । धनुषाका कांग्रेस नेता पूर्वसांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक आमरण अनसनमा बसेका छन् । त्यस्तै बारा, सर्लाही, मकवानपुरलगायत जिल्लाका कांग्रेस कार्यकर्ताहरू पनि सानेपामा धर्नामा बसिरहेका छन् । उनीहरूले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण भएको, विधान र निर्देशिका उल्लंघन गरिएकोलगायत आरोप लगाउँदै आएका छन् । कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले विवाद निरूपणको जिम्मा पाएपनि अहिलेसम्म टुंग्याउन सकेको छैन । यी सबै विवादका बीच कांग्रेसको आगामी महाधिवेशन हुनेमा आशंका उब्जिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०२:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले सोमबार, भदौ २३, २०८२
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस आइतबार, भदौ २२, २०८२
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस
 सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्दै : कांग्रेस आइतबार, भदौ २२, २०८२
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल
सरकारका कामलाई प्रभावकारी बनाए पार्टी बलियो हुन्छः महासचिव पोखरेल आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत
एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP