Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आन्दोलनमा पौडेलको ऐक्यवद्धता
आन्दोलनमा पौडेलको ऐक्यवद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेस १४औँ महाधिवेशनको सम्मुखमा छ । आगामी १६ भदौदेखि १९ सम्मका लागि तय गरिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा महाधिवेशन हुनेमा आशंका पनि सुरु हुन थालेको छ । महाधिवेशनमा केन्द्रित हुनुपर्ने सभापति शेरबहादुर देउवाले गत २९ असारयता मुलुकको कार्यकारी भार सम्हालेकाले उति ध्यान दिन पाएका छैनन् । कांग्रेसमा हालसम्म क्रियाशील सदस्यता विवाद नै मिलिसकेको छैन । विवाद मिलाउन गठन गरिएको समितिका सदस्य नै कार्यकर्ताबाट कुटिएबाट विवाद कति गहिरो छ भन्ने प्रष्ट हुन्छ । क्रियाशील सदस्यता विवादको विषयलाई दिएर केही कार्यकर्ता आन्दोलित नै भएका छन् । पार्टी केन्द्रीय कार्यलयमा अनसन सुरु भइसकेको छ । हुन त यसअघिको महाधिवेशनको सम्मुखमा पनि सानेपामा अनसन बसिएकै थियो । तर, यसपटकको अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन जनाएका छन् । सोमबार उनले अनसनस्थलमा पुगेर क्रियाशील सदस्यताका लागि पार्टीभित्र भइरहेका आन्दोलनप्रति समर्थन जनाएका हुन् । देशभर निष्ठावान् कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको आरोप लगाउँदै उनले पार्टी कार्यालय सानेपामा जारी ‘अनसन’ प्रति ऐक्यबद्धता रहेको जनाए । ‘देशभरिका कांग्रेसजन आज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिँदै छ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यवद्धता छ,’ पार्टी कार्यालयमा भइरहेका आन्दोलनमा समर्थन जनाउन सानेपा पुगेका पौडेलले भने । कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरूले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धर्ना दिइरहेका छन् । धनुषाका कांग्रेस नेता पूर्वसांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक आमरण अनसनमा बसेका छन् । त्यस्तै बारा, सर्लाही, मकवानपुरलगायत जिल्लाका कांग्रेस कार्यकर्ताहरू पनि सानेपामा धर्नामा बसिरहेका छन् । उनीहरूले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण भएको, विधान र निर्देशिका उल्लंघन गरिएकोलगायत आरोप लगाउँदै आएका छन् । कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले विवाद निरूपणको जिम्मा पाएपनि अहिलेसम्म टुंग्याउन सकेको छैन । यी सबै विवादका बीच कांग्रेसको आगामी महाधिवेशन हुनेमा आशंका उब्जिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०२:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP