Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाले पाए विश्वासको मत पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै
देउवाले पाए विश्वासको मत पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ४, २०७८
rs-ktm4
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन् । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भई शपथ लिएका उनले नियुक्तिको पाँचौँ दिनमै संसदमा विश्वासको मत पाएका छन् । आइतबार संसदमा भएको मत विभाजनका क्रममा १३६ मत आवश्यक रहेकोमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । कुल २७१ सांसदमध्ये २१ जना भने अनुस्थित रहेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका छन् । प्रधानमन्त्री देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवाली पार्टीका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । नेकपा एमालेका केही सांसदले विश्वासको मत दिएको थियो भने एमाले संस्थापन पक्षका सांसदहरूले मात्र प्रस्तावको विपक्षमा मतदान गरेका थिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेम आले र किसान श्रेष्ठलगायतले देउवाको पक्षमा मतदान गरेका थिए । विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर, प्रधानमन्त्री मोदीले भने बधाई दिएका थिएनन् । २२ एमाले सांसदको मत प्रधानमन्त्री देउवाले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ७ जेठमा १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरेका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले पनि आफूहरूलाई १५३ ना सांसदको समर्थन रहेको पत्रसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले दुवैको दाबी अस्विकार गरेकी थिइन् । त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीको संसद विघटन गर्ने निर्णयविरुद्ध संसद पुनस्र्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । त्यसअघि राष्ट्रपति कार्यालयमा समर्थन गर्दा एमालेका माधवकुमार नेपाल पक्षका २६ सांसदले समर्थन गरेकोमा अदालत जाँदा भने २३ जना सांसदले मात्र हस्ताक्षर गरेका थिए । आइतबार संसदमा फरक दृश्य देखियो । यसअघि देउवाको समर्थनमा हस्ताक्षर गरेर राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतसम्म पुगेको सांसदहरू अनुपस्थित हुँदा यसअघि अध्यक्ष ओलीको पक्षमा खुलेको केही सांसदले देउवालाई विश्वासको मत दिएका छन् । एमालेका कुल २२ सांसदले देउवालाई विश्वासको मत दिएका छन् । एमाले माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसानले देउवालाई विश्वासको मत दिएका छन् । त्यस्तै, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । देउवालाई विश्वासको मत दिने एमाले सांसदमध्ये आले यसअघि ओली सरकारमा वनमन्त्री थिए । त्यस्तै, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, पार्वती विशुंखे, समिना हुसेन, हिरा केसी, बिना बुढाथोकी र गोपाल बम ओलीनिकट थिए । तर, यसअघि नेपाल पक्षमा खुलेका १० सांसदहरू भने मतदान प्रक्रियामा सहभागी भएनन् । प्रधानमन्त्री देउवाको विपक्षीमा एमाले ओली पक्षका ८२ र नेपाल मजदुर किसान पार्टीका एक गरी ८३ सांसदले मतदान गरेका छन् । राप्रपाका एक सांसद भने तटस्थ बसेका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत पाएलगत्तै एमाले अध्यक्ष वरिष्ठ नेता नेपालले निरंकुश प्रवृत्तिमा अंकुश लागेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपाले भने, ‘आजको प्रतिनिधिसभाको घटनाले निरंकुश प्रवृत्तिमा अंकुश लगायो ।’ सर्वोच्चको फैसलाको जित भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ । ‘सर्वोच्चको फैसलाको जित भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक–पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट साबित भएको छ,’ उनले भने । ठाकुर पक्षको पनि समर्थन प्रधानमन्त्री देउवाले विश्वाको मत लिनेबेलासम्म एमाले अध्यक्ष ओलीको साथमा रहेको जसपाको महन्थ ठाकुर पक्षले आइतबार देउवालाई समर्थन गरेको छ । शनिबार एमाले अध्यक्ष ओलीलाई बालकोेटमा भेटेर सहकार्यको प्रस्ताव राखेको जसपाको ठाकुर पक्षले आइतबार देउवाले लिखितरूपमा समर्थन माग गरेको र आफूहरूको माग पूरा गर्ने आश्वासन दिएकाले समर्थन दिएको बताएको छ । यद्यपि ठाकुर पक्षमा रहेका २० सांसदमध्ये धेरैले देउवालाई समर्थन गर्ने घोषणा गरेपछि दबाबमा परेको ठाकुर पक्षले पनि अन्तिममा आएर देउवालाई विश्वासको मत दिने घोषणा गरेको बताएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP